वुहानबाट ल्याइएका नेपालीलाई खरिपाटी क्वारेन्टाइन लगियो

 न्यूज विराट
वुहानबाट ल्याइएका नेपालीलाई खरिपाटी क्वारेन्टाइन लगियो

काठमाडौं, फागुन ४–कोरोनो भाइरसको महामारी फैलिएको चीनको वुहान सहरबाट उद्दार गरी नेपाल ल्याइएका १७५ जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य परीक्षणपछि उनीहरुलाई क्वारेन्टाइनमा लगिएको हो । सो स्थानमा उनीहरुलाई बस्न विशेष व्यवस्था मिलाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै उनीहरूलाइ राखिने जनाएको छ।

विमानस्थलमा परीक्षणका क्रममा कसैको स्वास्थ्यमा पनि समस्या देखिएको छैन । तर, क्वारेन्टाइनमा बसेका सबैको हरेक दिन दुई पटक ज्वरो नाप्नुका साथै स्वास्थ्य परीक्षण गरिनेछ । क्वारेन्टाइनमा ज्वरो नाप्न पनि हरेकका लागि अलग थर्मोमिटरको व्यवस्था गरिएको छ। स्वास्थ्य मन्त्रालयबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले उनीहरु सबैको २४ घन्टाभित्र थ्रोट स्वाब (घाँटीको र्याल) को नमुना झिकेर प्रयोगशालामा पठाउने छन् भने १४ औं दिनमा पनि पुनः र्यालको नमुना परीक्षण हुनेछ ।

क्वारेन्टाईनमा करिब ६० कोठामा एक जनादेखि तीन जनासम्म बस्नेगरी व्यवस्था मिलाइएको छ भने ६ जनाले एउटा शौचालय प्रयोग गर्नेछन् । क्वारेन्टाईनमा खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, संक्रमण रोकथाम तथा नियन्त्रणको सबै व्यवस्थापन गरिएको छ। विशेष स्वास्थ्य जाँचका लागि क्लिनिकको व्यवस्था गरिनेछ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्