पहुँच र पावरको भरमा मात्र योजना छनौट नहोस् : सांसद मण्डल

 न्यूज विराट
पहुँच र पावरको भरमा मात्र योजना छनौट नहोस् : सांसद मण्डल

विराटनगर, बैशाख १९–पूर्वमन्त्री तथा प्रतिनिधसभाका सदस्य शिवकुमार मण्डलले पहुँच र पावरका आधारमा मात्र योजना छनौट नगर्न सरकारलाई सुझाव दिएका छन् ।

आगामी बजेटको विषयवस्तुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सांसदहरुसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र सांसदहरुबिच भएको छलफलमा उनले शक्ति र पहँुचका आधरमा एउटै निर्वाचन क्षेत्रमा बढी योजना पर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।

सांसद मण्डलले बिगतमा मन्त्रीहरुले आफ्नै निर्वाचन क्षेत्रमा मात्र अत्याधिक योजना पार्ने गरेकाले अबदेखि कुनै एक निर्वाचन क्षेत्रको मात्र नभई समग्र देशको मन्त्री बन्नुपर्नेमा जोड दिए ।

उनले योजना छनौट गर्दा देशको समग्र विकासका आधारमा योजनाहरुलाई सम्बोधन गर्नेगरी बजेट बिनियोजन हुनुपर्ने बताए । सांसद मण्डलले नितिगत समस्या र झण्झटिलो खरिद ऐनका कारण विकास निर्माणमा ढिलासुस्ती भइरहेको बताउँदै खरिद ऐन संशोधन र आवश्यक कानुनहरुमा भएको झन्झटिलो व्यवस्था अन्त्य गरिनुपर्नेमा समेत जोड दिए ।

सम्बन्धित समाचार

श्रममन्त्री यादवद्धारा ३ महिने कार्ययोजना सार्बजनिक

काठमाडौं, पुुस २२–श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तीन महिनामा आफूले गर्ने कामको विवरण सार्वजनिक गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई रोजगारी प्रदान...

कोरोनाभाइरसको संक्रमणबाट १७ प्रहरीको मृत्यु

काठमाडाैं, १४ वैशाख-कोरोनाभाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका छन् । अधिकारीहरूले यस हप्ताको सुरुमा नै...

भदौ २२ भित्र दल रोजिसक्नुपर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं, १३ भदौ । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय २२ भदौसम्मका लागि मात्रै उपलव्ध गराउने भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेशले विभाजित दलमा आवद्ध हुन २१ दिनको समय दिने व्यवस्था...

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं, ११ असार-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल आर पोम्पेओसँग टेलिफोन संवाद गरी द्विपक्षीय वार्ता गरेका छन् । संवादका क्रममा उनीहरूबीच दुवै पक्षले कोभिड-१९ महामारीको विरुद्ध लड्न अनुभव आदानप्रदान गर्दै महामारीका कारण...

प्याब्ससन स्पोर्टस मिट : फुटबलमा सनरे र हरैचा मोडल स्कुल फाइनलमा

विराटनगर । प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल र हरैचा मोडल स्कुल फाइनलमा पुगेको छ । सनरे स्कुल जुनियरतर्फबाट र हरैचा मोडल सिनियर तर्फबाट फाइनलमा पुगेको...

शेयर बजारलाई प्राथमिकता, कर्जाको सीमा ७० प्रतिशत पुग्यो

काठमाडौं, २ साउन-नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर धिर्तो कर्जाको सीमा ७० प्रतिशत पुर्‍याएको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक नीति तथा कार्यक्रममार्फत राष्ट्र बैंकलेशेयर धितो कर्जाको सीमा ५ प्रतिशतले बढाएको जानकारी गराएका हुन् ।...

नेपाल–भारत सीमानाकामा सीसीटिभी जडान गरिने

प्रदेश–२ सरकारले नेपाल–भारत सीमानाकामा सीसीटिभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका सिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न नाकामा सीसीटिभी जडान गर्न लागेको हो । प्रदेश सरकारका आन्तरिक मामिला...

भारतको विरोधमा उत्रिएका २५ जना बढी सामाजिक अभियन्ता पक्राउ

काठमाडाैं, २९ वैशाख-प्रहरीले २५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । भारतको उत्तराखण्ड पिथौरागढ जिल्लाको गर्वाधारहुँदै चीनको मानसरोवर जाने सडकको विरोधमा उत्रिएका सामाजिक अभियन्ता द्वारिकलाल ढुंगेलसहित २५ जना पक्राउ परेका हुन् । भारतले नेपालको कालापानी भूमि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्