रुकुम घटना र सीमा विवादमा सांसदका चासो 

 न्यूज विराट
रुकुम घटना र सीमा विवादमा सांसदका चासो 

काठमाडौं, १९ जेठ-प्रतिनिधिसभाका सांसदहरुले सीमा विवाद समाधान र रुकुम  घटनाको छानबिन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले रुकुममा भएको अमानविय घटना र सीमा विवाद समाधानको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद अतहर कमाल मुसलमानले लिम्यिाधुरा, लिपुलेक र कालापानी समेतको नक्सा जारी गरेपछि सरकारले भूमिमाथिको स्वामित्व ग्रहण गर्नुपर्ने बताए । नक्सा मात्रै जारी गरेर नहुने उल्लेख गर्दै उनले दार्चुला तिंकर सडकको ८७ किलोमिटर ट्रयाक खोल्ने काम अझै हुन नसकेको बताए ।

सांसद गंगा चौधरी सत्गौवाले नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थालेको बताइन् । अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कुनै पनि हालतमा साँट्न नसकिने उल्लेख गरिन् ।

सांसद घनश्याम खतिवडाले कुटनीतिक वार्ताबाट समस्या सुल्झाउन भारत तयार नभएर पूर्वमा काँकडा र पश्चिममा टिष्टासम्मको भूमि दावि गर्नुपर्ने बताए ।

 सांसद चन्दा चौधरीले रुकुम घटनाको विषयमा गृहमन्त्रालय किन चुप लागेको भन्दै प्रश्न गरिन् । दलित भएकै कारण रुकुममा अमानविय घटना भएको उनको जिकिर छ ।

सांसद अभिशेक प्रताप साहले चीनले मे २० मा सथरमाथाको उचाइ नाप्न नेपालको समन्वयमा टोली पठाएको हो कीह होइन भन्दै प्रश्न गरे ।

सांसद अमरेसकुमार सिंहले विपद व्यवस्थापनको काम गृहमन्त्रालय ऐनले निर्धारण गर्ने भएपनि सरकारले सेना परिचालन गरेको प्रति असन्तुष्टि व्यक्त गरे । नेपाली सेना मार्फत जनतालाई दबाएर लोकतन्त्र कमजोर बनाउन खोजिएको उनको भनाई छ ।

सांसद अमृता थापाले सरकारले विदेशबाट नेपाली नागरिक ल्याउन गरेको निर्णयको स्वागत गरिन् । सांसद आशाकुमारी विकले जाजरकोटको घटना जातिय विभेदकै कारणले भएको उल्ल्ेख गर्दै संसदिय छानविन समिति गठन गरी, घाइतेलाई उपचार गर्न र पिडितलाई राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद उमाकान्त चौधरीले तराई क्षेत्रमा निर्माण भएका क्वारेन्टाइनहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित रहेको उल्लेख गर्दै संक्रमणको दर बढेको बताए ।

सांसद उमा रेग्मीले सुत्केरी महिला र डायलासिसि तथा केमो थेरापी गर्न गएका विरामीलाई अस्पतालहरुले पीसीआर रिपोर्ट ल्याउन फर्काइएकोले त्यस्ता अस्पतालहरुलाई कारवाही गर्न माग गरिन् ।

सांसद गगन थापाले संविधानले स्वतन्त्रता, समानता, आत्मसम्मान, बाँच्न पाउने हक, मर्यादित जीवन जिउन पाउने हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक र  दलितको हकका कुराहरु लेखिएपनि रुकुम घटनाले लज्जित बनाएको बताए । सांसद गौरी शंकर चौधरीले लकडाउनको कारण आत्महत्याको घटना बढिरहेको प्रति सरकारको ध्यानाकर्षण गराए ।

सम्बन्धित समाचार

विराटनगरको उपमेयर उम्मेदवार कार्कीविरुद्धको उजुरीमा छानबिन थालियो

विराटनगर, १४ वैशाख ।नेकपा एमालेबाट विराटनगर महानगरपालिकामा उपमेयर पदकी उम्मेदवार शिल्पा कार्कीविरुद्ध परेको उजुरीमाथि छानबिन सुरु भएको छ । उजुरीमा निर्वाचन अधिकृतको कार्यालयले छानबिन थालेको हो । उपमेयर उम्मेदवार कार्कीसहित पाँचजना उमेदवारविरुद्ध उजुरी परेको मुख्य...

इटलीको अवस्था झनै बिग्रिदै, एकै दिनमा ७ सय ९३ को मृत्यु

कोरोना भाइरसको नयाँ केन्द्र बनेको इटलीको अवस्था झनै बिग्रदै गएको छ । चीनपछि सबैभन्दा बढी संक्रमित रहेको इटलीमा मृत्यु हुनेको संख्या भने चीनमा भन्दा करिब २ हजार बढी हुन लागेको छ । इटलीमा पछिल्लो २४...

आइतबार १ सय ६८ कम्पनीका लगानीकर्ताले कमाए शेयरबजारबाट नाफा

काठमाडौं, १८ पुस । आइतबार शेयर बजारबाट १ सय ६८ कम्पनीका लगानीकर्ताले नाफा  कमाएका छन् । यस दिन नेप्से ६०.४१ अंकले बढेर २५८४.९१ अंकमा बन्द हुँदा कारोबारमा आएका प्राय: कम्पनीका लगानीकर्ताले शेयरमूल्य बढाउन सफल बनेका हुन्...

रंग पत्रकार प्रेम देवान सम्मानित

विराटनगर । रंग पत्रकार प्रेम देवान सम्मानित भएका छन् । विराटनगरमा सम्पन्न भएको चलचित्र महोत्सवमा नेपाल चलचित्र पत्रकार महासंघ मोरङका अध्यक्ष समेत रहेका देवा सम्मानित भएका हुन् । चलचित्र क्षेत्रको विकासमा रंग पत्रकार देवानले उल्लेखिनय...

सधैं इमान जोगाएर अघि बढ्नुपर्नेमा मन्त्री घिमिरेको जोड

विराटनगर, फागुन १६–प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जनप्रतिनिधिहरुले सधैं इमान जोगाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । मन्त्री घिमिरेले शुक्रबार मोरङको पथरी शनिश्चरेको नगरसभाको उद्घाटन् गर्दै जनप्रतिनिधिहरुले आफने इमान जोगाउने परीक्षामा सधैं उतीर्ण हुनुपर्ने...

दिल्लीको एक अदालतमा गोली हानाहान, तीन जनाको मृत्यु

एजेन्सी, ८ असोज । भारतको राजधानी दिल्लीस्थित एक अदालतमा फाइरिङ भएको छ । उक्त गोली हानाहानमा परी तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार दिल्लीस्थित 'रोहिणी कोर्ट'को कोर्ट नम्बर एकबाहिर फाइरिङ...

नेपाली नागरिकको भारतमा गोली हानी हत्या

जनकपुर, फागुन १–भारतमा एक नेपाली नागरिककोे गोली प्रहार गरी हत्या गरिएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका– १०, खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो । उनी बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै...

कोशी हस्पिटमा पाए राईले नयाँ जीवन : तीन महिना अगाडीको मतिष्कमा जमेको रगत शल्यक्रिया गरेर निकालियो

विराटनगर । खोटाङ्गको जन्तेढुङगा गाउँपालिका – ६ का ६९ वर्षीया प्रताव सिंह राई रूखबाट लडेर तीन महिना अगाडी टाउँको चोट लागेको थियो । उनले स्थानीय स्वास्थ्य चौकीमा प्राथामिक उपचार गरेपछि घरमै बसे । भित्री चोट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्