विराटनगर । रंग पत्रकार प्रेम देवान सम्मानित भएका छन् । विराटनगरमा सम्पन्न भएको चलचित्र महोत्सवमा नेपाल चलचित्र पत्रकार महासंघ मोरङका अध्यक्ष समेत रहेका देवा सम्मानित भएका हुन् ।
चलचित्र क्षेत्रको विकासमा रंग पत्रकार देवानले उल्लेखिनय योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो । सम्मानित भएका देवानलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्भ अधिकारीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । सम्मानित भएका देवान विराटनगरको लोकप्रिय अनलाइन आवर विराटनगर डटकमा निर्देशक पनि हुन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज प्रदेशका कोषाध्यक्ष पनि रहेका छन् । शुक्रबार सम्पन्न भएको महोत्सवमा लामो समयदेखी सिने क्षेत्रमा योगदान पुर्याउने २ दर्जन बढी कलाकार, निर्मता , निर्देशकहरुलाई पनि सम्मान गरियो ।
दीर्घ साधना सम्मानबाट लक्ष्मी नाथ शर्मा, साथै कोशी प्रदेशलाई फिल्म क्षेत्रमा विशेष योगदान पुर्याउने शिव श्रेष्ठ , मोहन निरौला, रविन्द्र खड्का, नविन सुब्बा, छविराज ओझा, रमेश बुढाथोकी, सुचित्रा श्रेष्ठलाई विशेष सम्मान सहित कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी गायक सुमित खड्का, श्रीकृष्ण लुईटेल, विरेन्द्र झा, फिल्मी क्षेत्रमा आवद्ध केशव रायमाझी, कुबेर शर्मा, चिरन्जीवी बस्नेत, सबुरलाल चौधरी, लाखमान योन्जन, विपिन प्रसाई, सुवास मेचेलाई सम्मान गरिएको थियो ।
सम्मानित हुने सबैेलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लव अधिकारीले सम्मान गरेका थिए । त्यसैगरी कार्यक्रममा चलचित्र अवार्ड समेत प्रदान गरिएको थियो । कोशी प्रदेशमा रहेर लघु, वृत्त तथा कथानक चलचित्र निर्माण गर्ने टिमहरुलाई अवार्ड प्रदान गरीएकोे थियो । साथै कार्यक्रममा विविध सास्कृति कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा फिल्म निर्देशक अरुण कुमार प्रधानले आफुले निर्माण गरेको १२ नेपाली एक चिहान फिल्म यसैबर्षको भदौ १४ अल नेपाल प्रदर्शनमा आउने घोषणा गरेका गरेका छन् ।
विराटनगर । विराटनगर १३ मलायरोडमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटलमा आँखाको सम्पूर्ण उपचार गर्ने आँखा विभाग संचालनमा आएको छ । १५ शैय्याको यो हस्पिटलमा आइतबारदेखि आँखाको सम्पूर्ण उपचार सेवा सुरु हुने भएको...
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ,...
काठमाडौं, २५ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट पक्षका २० जना स्थायी कमिटीका सदस्यले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भेला गरेका छन् । २० गते बसेको सचिवालयले २५ गते स्थायी कमिटीको बैठक बोलाएको थियो ।...
विराटनगर, ३१ असार –प्रदेश १ मा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । ३ पुरुष र २ महिलामा संक्रमण देखिएको छ । आज संक्रमण देखिएकामा इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको...
संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतको चैत महिनाको तलबबाट कोरोना भाइरस उपचार कोष कट्टी गरेको छ । सचिवालयले सभामुख, अध्यक्ष उपाध्यक्ष, नेकपाका सांसद सचिवालयका कर्मचारी लगाएको कोष कट्टी गरी एक करोड एक लाख ३२...
काठमाडौं, ५ माघ-राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका...
प्रहरी सेवामा रहेर काम गर्न चाहनेका लागि माैका आएकाे छ । प्रहरी प्रधान कार्यालयकाे मानवस्राेत विकास विभागले जनपदतर्फकाे सहायक निरीक्षक (असई) पदमा ४ सय ४३ जना मागेकाे हाे । प्रहरी जवानका रूपमा काम गर्न चाहने थप २ सय...
काठमाडौं, १ साउन-राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य–सचिव पदका लागि २७ जनाले आवेदन दिएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट हुन लागिएकोमा सो पदका लागि २७ जनाले...