इटलीको अवस्था झनै बिग्रिदै, एकै दिनमा ७ सय ९३ को मृत्यु

 न्यूज विराट
इटलीको अवस्था झनै बिग्रिदै, एकै दिनमा ७ सय ९३ को मृत्यु

कोरोना भाइरसको नयाँ केन्द्र बनेको इटलीको अवस्था झनै बिग्रदै गएको छ । चीनपछि सबैभन्दा बढी संक्रमित रहेको इटलीमा मृत्यु हुनेको संख्या भने चीनमा भन्दा करिब २ हजार बढी हुन लागेको छ ।

इटलीमा पछिल्लो २४ घन्टामा मात्रै ७ सय ९३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण इटलीमा एकै दिन मृत्यु भएको यो अहिलेसम्मकै बढी मृत्यु हो ।

इटलीमा पछिल्लो २४ घन्टामा मात्रै ६ हजार ५ सय भन्दा बढीमा नयाँ संक्रमण देखिएपछि संक्रमितको संख्या ५३ हजार ५ सय नाघेको छ । इटलीमा कोरोनाका कारण ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ । यो संख्या चीनमा भन्दा यो १ हजार ५ सय ६४ ले बढी हो ।

इटलीको लोम्बार्डी कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ । त्यहाँमात्र अहिलेसम्म ३ हजार ९५ जनाको मृत्यु भइसकेको छ । स्थिति भयावह बनेपछि इटली सरकारले थप कडाइ गरेको छ ।

शनिबार अबेर राति जारी गरिएको नयाँ नियमानुसार, सबै किसिमका खेल तथा शारीरिक गतिविधिमा रोक लगाइएको छ भने भेन्डिङ मेसिनको प्रयोगमा पनि निषेध गरिएको छ ।

इटलीपछि स्पेनमा पछिल्लो २४ घन्टामा २ सय ८५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १ हजार ३ सय ७८ पुगेको छ । यस्तै इरानमा १ सय २३, फ्रान्समा १ सय १२, बेलायतमा ५६, नेदरल्यान्ड र बेल्जियममा ३०–३० जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरसका कारण १३ हजार ५४ जनाको मृत्यु भएको छ भने ३ लाख ७ हजार ७ सय २० जना संक्रमित भइसकेका छन् । जसमध्ये ९५ हजार उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित समाचार

सर्जिकल मास्क र सेनिटाइजरको कालोबारी गर्ने अग्रवाललाई म्याद थप

विराटनगर, चैत ११–कोरोना भाइरस (कोभिड १९) को प्रकोपको बेला विराटनगरमा सर्जिकल मास्क र सेनिटाइजरको बजारमा अभाव देखाएर कालोबारी गर्ने विराटनगरका एक व्यापारीलाई कालोबजारी ऐन अन्तर्गत म्याद थप गरिएको छ । अनुचित लाभ लिने उद्देश्यले मास्क...

प्रदेश १ सरकारले ३५ अर्वको बजेट ल्याउँदै

विराटनगर, १ असार -प्रदेश १ सरकारले सोमबार करिव ३५ अर्वको वजेट प्रस्तुत गर्दै छ । चालु आर्थिक वर्षको तुलनामा करिव ७ अर्व घटाएर दिउँसो ३ वजे प्रदेश सरकारको तेश्रो वजेट प्रस्तुत गर्ने भएको छ ।...

७ जिल्ला कोरोना फ्रि, ३ मा ५ सयभन्दा बढी संक्रमित

काठमाडौं, ५ साउन-शून्य कोरोना संक्रमित भएका जिल्लाको संख्या ७ पुगेको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ७ जिल्ला कोरोना फ्रि भएको बताए । उनका अनुसार...

लकडाउनको मोडालीटी परिवर्तन गर्न विज्ञसँगको छलफलमा उच्चस्तरीय समिति

काठमाडौं, २२ वैशाख-झण्डै डेढ महिना लामो बन्दाबन्दीको कारण जनवीवन प्रभावित भएपछि बन्दाबन्दीको मोडालिटी परिवर्तनका विषयमा सरकारले छलफल सुरु गरेको छ । सोमबार कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वयन समितिले विज्ञहरूसँग राय मागेको छ । उपप्रधानमन्त्री तथा...

एसइई परीक्षा दिने विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा शुभकामना दिएको छ । सोमबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा...

विराटनगरका ब्यूटिसियनलाई ‘ब्राइडल मेकअप’ र ब्राइडल हेयर ट्रेनिङ

विगराटनगर । विराटनगरका ब्यूटिसियनहरुलाई निःशुल्क एक दिने ‘ब्राइडल मेकअप’ र ब्राइडल हेयर ट्रेनिङ दिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनगरले मंगलबार एक दिने निःशुल्क ‘ब्राइडल मेकअप’ र बाइडल हेयर ट्रेनिङ दिएको हो...

म्याद सकिएको औषधी बेच्ने साईकृष्ण मेडिकल हलमा शिलबन्दी

विराटनगर । म्याद सकिएको औषधी विक्री वितरण गरेको पाइएपछि औषधी व्यवस्था विभाग विराटनगरले एउटा फार्मेशी शिलबन्दी गरेको छ ।अमित कुमार चौधरीले संचालन गरेको विराटनगर १२ नहरचोक रानीपथमा रहेको साईकृष्ण मेडिकल हलले म्याद सकिएको औषधी विक्री...

प्रदेश १ मा २३७ जनामा कोरोना संक्रमण

विराटनगर, २७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३७ जनामा कोरोना संक्रमण भएको छ । ७७३ जनाको पीसीआर परीक्षण गर्दा १९१ र २८४ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्