आइतबार १ सय ६८ कम्पनीका लगानीकर्ताले कमाए शेयरबजारबाट नाफा

 न्यूज विराट
आइतबार १ सय ६८ कम्पनीका लगानीकर्ताले कमाए शेयरबजारबाट नाफा

काठमाडौं, १८ पुस । आइतबार शेयर बजारबाट १ सय ६८ कम्पनीका लगानीकर्ताले नाफा  कमाएका छन् । यस दिन नेप्से ६०.४१ अंकले बढेर २५८४.९१ अंकमा बन्द हुँदा कारोबारमा आएका प्राय: कम्पनीका लगानीकर्ताले शेयरमूल्य बढाउन सफल बनेका हुन् ।

आइतबार ७१ लाख ६० हजार ७९ सय ८३ कित्ता शेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ रुपैयाँको कारोबार हुँदा १८ कम्पनीको शेयरमूल्य घटे र चारवटा कम्पनीको शेयरमूल्य यथावत् छ भने १ सय ६८ कम्पनीको शेयरमूल्य बढेको छ ।

बढ्नेमा हिमालयन डिस्टिलरी, मध्य भोटेकोसी जलविद्युत् र सूर्या लाइफ इन्स्योरेन्सको ९ प्रतिशतभन्दा धेरैले शेयरमूल्य बढेको छ । यता घट्नेमा भने गोर्खाज फाइनान्स अगाडि छ । यो कम्पनीको ५ प्रतिशतभन्दा बढीले शेयरमूल्य घटेको छ ।

कारोबारमा हिमालयन डिस्टिलरी नै अगाडि छ । यो कम्पनीको ४४ करोड ९४ लाख कित्ता शेयर किनबेच भएको छ । योबाहेक नबिल बैंकको २९ करोड र शिवम् सिमेन्टको २३ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार

बिहीबार साँझ घरघरमा दीप प्रज्वलन गर्न सरकारको आह्वान

काठमाडौं, २३ वैशाख-सरकारले बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप...

कोरोना महामारी : एकै दिनमा ६१ हजार संक्रमित, ४ हजारको मृत्युु

देखिएको करिव ४ महिना हुँदा समेत कोराना नियन्त्रणका अनेकौ प्रयासले अपेक्षित सफलता पाउन सकेका छैनन् ।अघिल्लो दुई महिनामा देखिएको संक्रमितको संख्या र मृत्यु भन्दा पछिल्लो २ दिनमा बढी छ । आजमात्रै कोरोनाको कारण विश्वभर करिव...

नाबुन दुहबीले मनायो जितिया पर्व

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल दुहबी नगर कमिटिले जितिया पर्व मनाएको छ । सुनसरीको दुहबीमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी जितिया पर्व मनाएको हो ।जितिया पर्वको अवसरमा नाबुन दुहबीले सांस्कृति कार्यक्रम पनि आयोजना...

केन्द्रीय सदस्य त्यागेर नेकपा एसका सरोज यादव एमालेमै फर्किए

काठमाडौँ, २३ माघ । नेकपा एकीकृत सामाजवादीका केन्द्रीय सदस्य सरोजकुमार यादव नेकपा एमालेमै फर्किनु भएको छ । माधवकुमार नेपाल नेतृत्वको समाजवादीमा जानु भएका उहाँ केन्द्रीय सदस्य त्यागेर एमालेमै फर्किनु भएको हो । नेकपा एमालेका नेता...

प्याब्सन स्पोर्टस मिट, पूर्वाञ्चल एकाडेमीको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको दोस्रो दिनमा मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको पूर्वाञ्चल एकाडेमीले अग्रता कायम गरेको छ । शनिबारसम्मको नतिजा अनुसार पूर्वाञ्चल एकाडेमीले ६ स्वर्ण, र २ कास्य पदकसहित आफ्नो...

नाट्टा कोशी प्रदेशको अध्यक्षमा पुण्य भट्टराई निर्विरोध निर्वाचित

विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा नाट्टाको शनिवार सम्पन्न भएको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई...

विराटनगरका क्लिनिकको ठगीधन्दा : चर्चित चिकित्सकको नाम बेच्दै बिरामी ठग्दैं

विराटनगर । खोटाङको दिक्तेल नगरपालिका–२ घर भएकी ३६ वर्षीया धनकुमारी श्रेष्ठको टाउकोमा समस्या भएपछि उपचारको लागि विराटनगर आइन् । मंगलबार दिउँसो विराटनगर आएकी उनले यसअघि पनि विराटनगरस्थित न्यूरो हस्पिटलको वरिष्ठ न्यूरो सर्जन डा यामबहादुर रोकासँग...

फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिइने

काठमाडाैं, ८ भदौ-काठमाडाैंकाे टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १ सय ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्