कोरोना देखिएपछि सिल गरिएको धनकुटा अस्पताल आइतबारदेखी संचालन गरिने

 न्यूज विराट
कोरोना देखिएपछि सिल गरिएको धनकुटा अस्पताल आइतबारदेखी संचालन गरिने

विराटनगर, जेठ ९–अस्पतालकै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि जेठ ४ गतेदेखि बन्द रहेको धनकुटा अस्पताल आइतबारदेखि संचालनमा आउने भएको छ । १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरश मेहताले आज प्रेस विज्ञप्ति जारी गरि धनकुटा अस्पताल संचालनमा आउने जानकारी दिएका हुन् ।

जेठ ४ गते धनकुटा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जेठ ५ गते सामाजिक विकास मन्त्रालयका मन्त्री जीवन घिमिरे, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादव सहितको विज्ञ टोलीले अनुगमन तथा अध्ययन गरेको थियो । अस्पतालको स्थलगत अनुगमनपछि सरोकारवालाहरुको बैठक पछी धनकुटा अस्पताललाई तत्कालका लागि सिल गर्ने निर्णय गरेको थियो ।

जिल्ला अस्पताल सिल गरिएपछि मन्त्रालयले प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताको नेतृत्वमा धनकुटा अस्पतालको स्थलगत अध्ययन, कन्ट्याक ट्रेसिङ, टेष्टिङ, सिल गरिएको अस्पताल संवन्धि कार्ययोजना तय गर्न टोली पठाएको थियो । अस्पताल सञ्चालनका लागि आवस्यक जनशक्ति सामाजिक विकास मन्त्रालयको संयोजनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय तहबाट उपलब्ध गराउने निर्णयसमेत भएको छ । धनकुटाको अवस्था अहिले सामान्य तर्फ उन्मुख रहेको छ ।

धनकुटामा हाल सम्म १ सय ८० जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये ७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितहरुको अहिले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस विज्ञप्ती

सम्बन्धित समाचार

इलाममा आइटिएफ गठन, अध्यक्षमा किसान सुब्बा

विराटनगर । इलाममा आइ.टिएफ तेक्वान्डो एसोसिएसन संघ गठन भएको छ । समितिको अध्यक्षमा किसान सुब्बा खजुम रहेका छन् । समितिको उपाध्यक्षमा बबिता लिम्बु, सचिबमा मन प्रसाद लोङदम, कोषाध्यक्षमा तुलसी देवी खजुम र सदस्यहरूमा कमला लिम्बु,...

बीपीमा थप एक संक्रमितको मृत्यु

सुनसरी ४ कात्तिक-सुनसरीको धारनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु भएको छ । सोमबार राति ९.३० बजे प्रतिष्ठानको कोभिड अस्पतालमा इटहरीका ५६ वर्षीय पु्रुषको मृत्यु भएको हो । १ कात्तिकमा कोरोना पोजिटिभ...

चिकित्सकको लापरवाहीले विरामी मृत्यु भएको आरोप, सिटी हस्पिटलमा तनावग्रस्त

विराटनगर । चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाउँदै विराटनगरस्थित विराटनगर सिटी अस्पताल सोमबार तनावग्रस्त बनेको छ ।मोरङको जहदा गाँउपालिका – ४ की ३९ वर्षीया सन्जु मेहेताको शल्यक्रियाको क्रममा मृत्यु भएपछि अस्पताल आज दिनभरी तनावग्रस्त...

जनकपुरका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने

जनकपुर, २३ जेठ-प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ७३ दिनपछि आज (शुक्रबार) देखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । जनकपुरधामका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने निर्णय भएको बैठकका सहभागि चेम्बर अफ कमर्स जनकपुरधामका...

रविन थापाः युवा संघ वडा कमिटी सचिवदेखि एमाले मोरङको सचिवसम्म, यस्तो छ राजनीतिक इतिहाँस

विराटनगर । नेकपा (एमाले) मोरङ संगठन कमिटीको सचिवमा नेता रविन थापाले जिम्मेवारी पाएका छन् । उनलाई आइबार बसेको प्रदेश कमिटीको सचिवालय बैठकले जिम्मेवारी दिएको हो ।पार्टीको जनसंगठनको विभिन्न जिम्मेवारीमा रहेर महत्वपूर्ण र सफल नेतृत्व गरेका...

आज २१०३ जनामा कोरोना पुष्टि, १७ संक्रमितको मृत्यु

काठमाडौं, ४ मंसिर-गत २४ घण्टामा २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

पत्रकार प्रेम देवानलाई ‘आदर्श युवा सम्मान’

विराटनगर । विराटनगरका सक्रिय पत्रकार प्रेम देवान सम्मानित भएका छन् । विराट आदर्श साहित्य मञ्चले देवानलाई शुक्रबार ‘आदर्श युवा सम्मान’ २०८१ बाट सम्मानित गरेको हो । देवानलाई नगद १० हजार रुपैयाँसहित कदर पत्रले कार्यक्रमका अध्यक्ष...

विराटनगरमा पहिचानवादीको जनलहर (फोटो फिचर)

विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरण गरिनुपर्ने माग राख्दै असन्तुष्ट बनेका आदिवासी जनजाति संघ संगठनहरुले आज विराटनगरमा भव्य प्रदर्शन गरेका छन् । उनीहरुले विराटनगरमा भएको प्रदर्शनमा २० हजार मानिस सहभागी भएको दाबी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्