विराटनगरमा पहिचानवादीको जनलहर (फोटो फिचर)

 न्यूज विराट
विराटनगरमा पहिचानवादीको जनलहर (फोटो फिचर)

विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरण गरिनुपर्ने माग राख्दै असन्तुष्ट बनेका आदिवासी जनजाति संघ संगठनहरुले आज विराटनगरमा भव्य प्रदर्शन गरेका छन् । उनीहरुले विराटनगरमा भएको प्रदर्शनमा २० हजार मानिस सहभागी भएको दाबी गरेका छन् । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी पहिचानवादीहरुले आन्दोलन विराटनगर केन्द्रीत गरेका थिए ।

विराटनगरमा आज हुने प्रदर्शन लक्षित कार्यक्रमहरु विगत १५ दिन अगाडिदेखि गरिरहेका थिए । दुई दिन अगाडि मात्रै प्रदेशको नाम कोशी खारेजको माग गर्दै प्रदेशसभा अगाडि आयोजित पहिचानका लागि सडक साहित्य यात्रा कार्यक्रममा सहभागीलाई प्रहरीले धरपकड गरेको थियो । प्रहरीले प्रदेशसभा भवन अगाडि नै कार्यक्रम नगर्न र केही पर गर्न भनेपनि त्यही कविता भन्न थालेपछि पत्रकार जनकऋषि राईसहित अर्का साहित्यकार तथा पत्रकार सञ्जय याख्खा पनि पक्राउ गरेको थियो । त्यसबाट झनै आक्रोशित बनेका पहिचानवादीहरुले प्रदर्शनलाई सशक्त बनाउन बाध्य भए ।

त्यति मात्रै होइन प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीलाई हेपाहा तरिकाले व्यवहार गर्ने गरेको कतिपय बताउँछन् । त्यही कारण पनि प्रदर्शनको क्रममा पनि मुख्यमन्त्री कार्की विरुद्धको आक्रोश, नाराबाजी र पुत्ला दहन गरिएको थियो ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले स्थानीय प्रशासनले घोषणा गरेको रोडशेषस्थित मुख्यमन्त्री कार्यालय अगाडिको निषेधित क्षेत्र जान खोजे । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । झडपमा दुई जना प्रहरी घाइते भएभने प्रहरीले चार जना आन्दोलनकारीलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई प्रहरीले अबेर छोडिदिएको छ । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले चार राउण्ड हवाई फायर तथा दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रशासनले जारी गरेको निषेधित क्षेत्र तोडेर आन्दोलनकारी अगाडि बढेपछि भीड नियन्त्रणमा लिन हवाइ फायर र अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए । झडपपछि प्रदर्शन विराटनगरस्थित महेन्द्र चोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने पहिचानवादी नेताहरूले कोशी प्रदेश सरकारका विरुद्धमा चर्को आक्रोश व्यक्त गरेका छन् । उनीहरुले काँग्रेस, एमाले र माओवादी नेताहरुप्रति चर्को आलोचना र विरोध पनि गरे । पहिचानवादी नेता गोपाल किराँतीले श्री ५ लेखेको बोर्डहरु फालिए जस्तै कोशी लेखिएको बोर्ड फाल्ने चेतावनी दिए ।

‘हामीलाई कुल्चँदैछन् । अब कोशी प्रदेश सरकार लेख्ने तयारी पक्कै पनि होला । हामीलाई के थाहा छ भने हामी त्यो पुस्ताका क्रान्तिकारी कार्यकर्ता हौं । नेपालको हरेक टोलटोलमा श्री ५ को सरकारको साइन बोर्ड हुन्थ्यो । आज खोई रु सबै उप्काएर मिल्काइयो । श्री ५ को सरकारलाई जसरी जनताको बलमा आन्दोलनमार्फत मटिया मेट गरियो, त्यसरी नै कोशी प्रदेश सरकारको साइनबोर्ड पनि मिल्काउँछौं । त्यसको सुरुवात हुँदैछ,’ किरातीले भने, ‘हामीले दीर्घकालिन तयारी गर्नुपर्छ । सामाजिक आन्दोलनले मात्रै राज्यसत्ता प्राप्त हुँदैन । त्यसकारण नयाँ राजनीतिक आन्दोलनको तयारी गर्नुपर्छ ।’ उनले पहिचानको आन्दोलनलाई दबाउने कोशिष गरिए बन्दुक उठ्ने चेतावनी पनि दिए ।

यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले पहिलो चरणको आन्दोलन कास्टिङ मात्रै भएको बताउँदै दोस्रो चरणमा मुख्यमन्त्री कार्यालय र प्रदेशसभालाई एक महिनासम्म घेराउ गर्ने चेतावनी दिए ।

‘कोशी नाम गुुण्डागर्दी शैलीमा राखियो । संविधानमा ७२ घण्टा अगाडि सबै राजनीतिक दल र सरोकारवालालाई सार्वजनिक गर्नुपर्ने विषय गोप्य ढंगले किन गरियो रु हामी आपत्ती जनाउँछौं,’ उनले भने, ‘प्रदेश नम्बर २ मा किन गोप्य मतदान गरियो । प्रदेश १ मा हिक्मत कार्कीले खुल्ला मतदान गर्न लगाए । सांसदलाई कारबाहीको धम्की दिइयो । यो गुण्डागर्दीप्रति हाम्री खेद व्यक्त गर्दछौं । यो निर्णय उल्ट्याउनु पर्छ ।’

विराटनगरको आजको प्रदर्शनमा २० हजार मानिस आएको दाबी गर्दै उनले दोस्रो चरणको आन्दोलनका लागि गाउँ–गाउँमा कोणसभा गरेर एक महिनासम्म मुख्यमन्त्री कार्यालय र संसद घेर्ने योजना रहेको पनि बताए । ‘हामी खुट्टा कमाउँदैनौं, कमाएका पनि छैनौं, एक हप्तापछि वारपार हुने गरी लड्ने विचार छ,’ उनले भने ।

कोणसभामा विद्रोह गर्ने चेनावनी दिँदै आङ्काजी शेर्पाले पहिचानसहितको प्रदेश माग्दा नदिए देशका लागि विद्रोह गर्ने बताए । ‘हामीले मागेको पहिचान हो । यो दिनलाई गाह्रो पर्नेछ भने प्रदेश होइन हामी देश माग्छौं । शान्तिपूर्ण आन्दोलन पर्याप्त नभए हामी विद्रोह गर्नेछौं,’ उनले भने । प्रदर्शनका क्रममा अन्य पहिचान पक्षधरहरू नेताहरुले पनि विद्रोह र आन्दोलनकै भाषा बोलेका थिए ।

सम्बन्धित समाचार

विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक समाग्री वितरण

विराटनगर,७ साउन । अपाङ्गता भएका व्यक्तिहरुलाई सहजरुपमा दैनिक जिवनको कार्य गर्नका लागि आज यहाँ सहायक समाग्री(ह्वील चियर) वितरण गरिएको छ । सामथ्र्य समाज नेपाल र समन्वयद्वारा आज यहाँ आयोजित अपाङ्गता भएका व्यक्त्तिहरुको सवालमा जनप्रतिनिधिहरु र...

सुस्मिताको परिवारबाटै हत्या भएको प्रहरीको निष्कर्ष

हेटौंडा, १४ असार-हेटौंडाकी २२ वर्षीया सुस्मिता केसी (थापा) को हत्या परिवारकै सदस्यबाट भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । १३ दिन लामो अनुसन्धानपछि मकवानपुर प्रहरीले परिवारबाटै उनको हत्या भएको निष्कर्ष निकालेको हो । यद्यपी...

प्रदेश १ मा कामदारका लागि दक्षता परियोजना सुरु

विराटनगर, २५ पुस-प्रदेश १ मा कामदारको शिप विकाससँगै उनिहरुको दक्षता अभिबृद्धिका लागि परियोजना सुरु भएको छ । शुक्रबारदेखी उद्घाटन् गर्दै प्रदेश १ का तीन जिल्लामा दक्षता परियोजना सुरु भएको हो । बेरोजगार युवारुमा दक्षता तथा...

तिलोत्तमा हत्या प्रकरणः क्षतिपूर्तिको माग गर्दा मृतकको पोष्टमार्टम हुन सकेन  

बुटवल, २८ जेठ-रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा रहेको गंगादेवी पशु फार्ममा सोमबार राती हत्या भएका ५ जनाको अझै पोष्टमार्टम हुन सकेको छैन । मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै पोष्टमार्टमका लागि अनुमति नदिँदा पोष्टमार्टम हुन नसकेको प्रदेश...

मदन भण्डारी दौड प्रतियोगिता भोली

विराटनगर । मदन भण्डारी सडक दौड प्रतियोगिता हुने भएको छ । नेकोस राष्ट्रिय एथलेटिक्स संघको आयोजनामा विराटनगरमा बुधबार विहान मदन भण्डारी सडक दौड प्रतियोगिता हुने भएको हो । मदन भण्डारीको ७३ औं जन्म जयन्तीको अवसरमा...

थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

काठमाडौं २९ साउन-नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  पछिल्लो २४ घन्टामा महोत्तरीका...

प्रदेश १ मा ४२१ जनामा कोरोना संक्रमण

विराटनगर, ७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

बुटवलको कोरोना विशेष अस्पतालमा थप १ काेराेना संक्रमितको मृत्यु

रूपन्देही, १९ भदौ-बुटवलको कोरोना विशेष अस्पतालमा थप १ संक्रमितको मृत्यु भएको छ । मृतक बुटवल उपमहानगरपालिका- ८ का ७८ वर्षीय पुरुष हुन् ।   अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार ४ भदौमा अस्पताल भर्ना भएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्