रविन थापाः युवा संघ वडा कमिटी सचिवदेखि एमाले मोरङको सचिवसम्म, यस्तो छ राजनीतिक इतिहाँस

 न्यूज विराट
रविन थापाः युवा संघ वडा कमिटी सचिवदेखि एमाले मोरङको सचिवसम्म, यस्तो छ राजनीतिक इतिहाँस

विराटनगर । नेकपा (एमाले) मोरङ संगठन कमिटीको सचिवमा नेता रविन थापाले जिम्मेवारी पाएका छन् । उनलाई आइबार बसेको प्रदेश कमिटीको सचिवालय बैठकले जिम्मेवारी दिएको हो ।
पार्टीको जनसंगठनको विभिन्न जिम्मेवारीमा रहेर महत्वपूर्ण र सफल नेतृत्व गरेका थापाले पार्टी जिल्ला संगठन कमिटीको सचिवको जिम्मेवारी पाएका हुन् । एमाले मोरङ जिल्ला अधिवेशनको केही समयपछि गत निर्वाचनमा पार्टीले टिकट नदिएको भन्दै तत्कालिन सचिव रुपेश खतिवडाले राजिनामा दिएपछि सो पद लामो समयदेखि रिक्त थियो ।
निर्वाचनको मुखमै नेतृत्वलाई विभिन्न आरोप र लान्छना लगाउँदै खतिवडाले पार्टीको सधारण सदस्यसमेत नरहने गरी राजिनामा दिएको घोषणा गरेका थिए । त्यसपछि एमाले मोरङ लामो समय सचिवविहिन रहेको थियो ।
एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल प्रतिनिधिसभा सदस्य र सार्बजनिक लेखा समितिको सभापति भएका कारण उपाध्यक्ष बाबुराम कार्कीलाई पार्टी जिल्ला संगठन कमिटीको अध्यक्ष बनाएर आफु विदा भएका थिए ।
पोखरेलले गत जेठ १८ गते कार्कीलाई आगामी ६ महिनाभित्र जिल्ला अधिवेशन गर्नेगरी संगठन कमिटीको अध्यक्षको जिम्मेवारी सुम्पिएका थिए । तर, अन्य पदाधिकारीहरुको टुंगो लागेको थिएन ।
आइतबार प्रदेश कमिटीको बैठकले एमाले मोरङ जिल्ला संगठन कमिटीको पदाधिकारीको टुंगो लगाएको हो । संगठन कमिटीको उपाध्यक्षमा शान्तिकुमारी लिम्बू, सचिवमा थापा, उपसचिवमा सन्तोष साह र सोमराज थापाले जिम्मेवारी पाएका हुन् ।
भर्खरै सचिवको जिम्मेवारी प्राप्त गरेका थपा एमाले मोरङको सचिवालय सदस्य र जनसंगठन समन्वय संयन्त्रको संयोजक थिए ।
को हुन् थापा ?
मोरङमा लामो समय राष्ट्रिय युवा संघको अध्यक्ष रहेका थापाले सोही संगठनको वडा कमिटी सचिव हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए । उनी २०५० साल तिर राष्ट्रिय युवा संघको तत्कालिन बाहुनी गाविस ९ नं. वडा कमिटीको सचिव भए ।
वडा कमिटीको सचिव भएपछि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेर देखाएका थापा त्यसपछि राष्ट्रिय युवा संघको बाहुनी गाउँ कमिटी अध्यक्षको जिम्मेवारी प्राप्त गरे ।
आफुले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्ने स्वभावका थापा पछि राष्ट्रिय युवा संघकै रमाइलो इलाका कमिटीको सचिव, अध्यक्ष हुँदै क्षेत्रीय कमिटीको अध्यक्षसम्म बने ।
क्षेत्रीय कमिटीको अध्यक्ष हुँदा राम्रो काम गरेर देखाएका उनै थापा राष्ट्रिय युवा संघ मोरङ जिल्ला कमिटी सदस्य, उप–सचिव, सचिव भए । त्यसपछि जिल्ला कमिटीको अध्यक्षको जिम्मेवारी पाएका उनले लामो समय सम्म सो कमिटीको नेतृत्व गरे ।
उनको नेतृत्वमा थुप्रै आन्दोलनहरु भए । जनताको जनजिविकाको सवालमा थापाको नेतृत्वमा भएका आन्दोन युवा संघप्रती हजारौँ युवाहरुको आकर्षणको केन्द्र बन्यो ।
थापा अध्यक्ष रहेकै बेला युवा संघले तत्कालिन माओवादीको युवा संगठन वाईसिएलको दबदवा र दादागिरी ध्वस्त पार्न सफल भयो । जातीय आन्दोलनले उग्र रुप लिएको बेला थापाकै नेतृत्वमा मोरङमा सदभाव र्याली निकालियो । उनकै नेतृत्वमा जातीय आन्दोलन र अतिवादलाई निस्तेज पार्न युवा संघ डटेर लड्न सफल भयो ।
युवा संघ मोरङको दुई कार्यकाल नेतृत्व गरेका थपाले संगठनलाई देशमै उत्कृष्ट बनाउन सफल भएका थिए । त्यसपछि केन्द्रीय सदस्य हुँदै केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका उनी उमेर हदका कारण युवा संघबाट विदा भए ।
युवा संघबाट विदा भएपछि भुगोलमा पार्टी काममा सकृय भएका थापा पार्टी जिल्ला कमिटी सदस्य र ३ नं. क्षेत्रको सह इन्चार्ज भए ।
थापा माआवादी केन्द्रसँग पार्टी एकतापछि बनेको नेकपाको बेलबारी नगर कमिटी सचिवको जिम्मेवारी पाए । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी पूर्ववत अवस्थामै फर्किदा थापा नेकपा (एमाले) बेलबारी नगर कमिटीको अध्यक्ष बनेर पार्टी निर्माणमा जुटे ।
बेलबारी नगर कमिटीको अधिवेशनबाट जिम्मेवारी हस्तान्तरण गरेका उनी पार्टी जिल्ला कमिटी जनसंठन समन्वय संयन्त्रको संयोजक भएर काम गरे । जनसंगठन समन्वय संयन्त्रको संयोजक भएका थापाले मोरङमा कृयाशिल पार्टीका २३ वटै जनसंठनहरुसँग समन्वय गरि संगठन सुदृढीकरण, सदस्यता विस्तार, राष्ट्रियता र जन जिविकाको पक्षमा उभिन अगुवाई गरे ।
थापाको नेतृत्वमा मोरङमा जनसंगठनहरु चलायमान बनेका छन् । जनसंठनका नेता कार्यकर्ताहरुलाई जनसंगठन समन्वय संयन्त्र मार्फत राजनैतिक तथा बैचारिक प्रशिक्षण समेत दिइएको छ ।
सचिवको जिम्मेवारी पाएपछि थापाले पार्टीलाई मोरङमा एकतावद्ध बनाई नयाँ उचाईमा पु¥याउन आफु लागि पर्ने बताएका छन् ।

सम्बन्धित समाचार

सधैं इमान जोगाएर अघि बढ्नुपर्नेमा मन्त्री घिमिरेको जोड

विराटनगर, फागुन १६–प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जनप्रतिनिधिहरुले सधैं इमान जोगाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । मन्त्री घिमिरेले शुक्रबार मोरङको पथरी शनिश्चरेको नगरसभाको उद्घाटन् गर्दै जनप्रतिनिधिहरुले आफने इमान जोगाउने परीक्षामा सधैं उतीर्ण हुनुपर्ने...

डा. गोविन्द केसीको समर्थन गर्दै साझा पार्टीद्धारा विराटनगरमा प्रदर्शन

विराटनगर, २२ असोज-डा. गोविन्द केसीको मागप्रती ऐक्यवद्धता जनाउँदै साझा पार्टी विराटनगरले प्रदर्शन गरेको छ । साझा पार्टी विराटनगर महानगर कमिटीले बिहिबार विराटनगरमा डा. केसीको मागप्रति ऐक्यवद्धता जानाउँदै शान्तिपूर्ण प्रदर्शन गरेको हो । सो पार्टीले सरकारलाई...

पशुपतिमा किरियापुत्री सेवा बन्द

पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् । धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुगे । विद्युतीय...

बीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित युवकको मृत्यु

विराटनगर, १६ वैशाख । सुनसरीको धारानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वषीय युवक रहेका छन् । ९ वैशाखमा कोरोना पोजिटिभ देखिएका उनको प्रतिष्ठानको कोभिड...

प्रदेश १ मा आज ४०९ जना संक्रमित थपिए

विराटनगर, २५ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार एक सय ४ जनाको पीसीआर परीक्षण गर्दा एक सय ३२ महिला र दुई सय ७७ जना...

आइटीमा पनि अब्बल बन्दै शिक्षादीप कलेज

विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा मात्र नभएर आइटिको क्षेत्रमा पनि दक्ष प्राविधिकहरू हायर गराएर विराटनगर– ९ मा रहेको शिक्षा दीप कलेज काठमाडौँ बाहिर मोफसलमा अब्बल साबित हुन अग्रसर भएर लागि परेको छ । काठमाण्डौंबाट दक्ष...

भ्रम फैलाउने १७ अनलाइन बन्द

कोरोना भाइरसबारे भ्रम फैलाउने गरी समाचार संप्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले १७ वटा अनलाइन सञ्चार माध्यम बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । काउन्सिलले १० चैतदेखि १६ चैतसम्मको अवधिमा भाइरसबारे विभिन्न भ्रम फैलाएको...

काठमाडौं उपत्यकामा ६१७४ सक्रिय संक्रमित

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकमा ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा २१४ महिला र २८८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्