आज २१०३ जनामा कोरोना पुष्टि, १७ संक्रमितको मृत्यु - News Birat

आज २१०३ जनामा कोरोना पुष्टि, १७ संक्रमितको मृत्यु

न्यूज विराट
काठमाडौं, ४ मंसिर-गत २४ घण्टामा २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज २ हजार ८ सय ५८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ । बिहीबार १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles