काठमाडौं, ६ जेठकोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको रहेको समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो । बैठकमा क्वारेन्टाइनमा व्यवस्थापनको विषयमा छलफल हुने बताइएको छ ।
केही दिनयता नेपालमा संक्रमितको संख्या ह्वात्तै बढेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको व्यवस्थापनमा चुनौती थपिएको छ । आज बिहानसम्म नेपालमा ३ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३७ जना उपचारपछि घर फर्कंदा २ जनाले ज्यान गुमाएका छन् । सोमबार मात्रै नेपालमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।