नेकपाका गाउँपालिका अध्यक्षको अपहरण

 न्यूज विराट
नेकपाका गाउँपालिका अध्यक्षको अपहरण

डडेल्धुरा, माघ १७–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ । उनलाई अज्ञात समूहले आज अपहरण गरी कुटपिट गरेको हो । आलिताल गाउँपालिका –३ को वडा बैठकमा सहभागी हुन बैठकस्थलतर्फ जाने क्रममा उनलाई अपहरण गरी कुटपिट गरेको प्रहरीले जनाएको छ ।

आलितालभन्दा करिब ५ सय मिटरमाथि चौरवण्डले भन्ने स्थानबाट मुकुण्डोधारी समूहले अपहरण गरी कुटपिट गरेर गम्भीर घाइते बनाएको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीले जानकारी दिए । अज्ञात समूहको कुटपिटबाट जोशी गम्भीर घाइते भएका छन् । उनको खुट्टा भाँचिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ । उनलाई एम्बुलेन्समार्फत धनगढी लगिएको छ । जोशी सवार से ६ प ७९२६ नम्बरको मोटर साइकलमा पनि तोडफोडा गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकमा आगजनीको समेत प्रयास गरिएको छ ।

जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्र बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएकी छन् । प्रहरीले मुकुण्डो धारी समूहको खोजीकार्य तीव्र पारेको छ । भित्रीमधेस क्षेत्र सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको प्रभाव क्षेत्रका रूपमा पनि लिइन्छ ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College