प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

 न्यूज विराट
प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल र विष्णु कटुवाल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

हातपातबाट इप्रका बानाका प्रहरी हवल्दार सन्तोष राई घाइते भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र बानामा उपचार हुन नसकेपछि उनलाई संखुवासभा जिल्ला अस्पताल ल्याइएको छ ।

बिहीबारे बजारमा बिहीबार मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको भन्ने खबर स्थानीयले गरेपछि प्रहरी टोली खटिएको थियो । पक्राउ परेका तीनै जनालाई ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नलाई मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ बमोजिम अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने तयारी छ ।

सम्बन्धित समाचार

नेपालको विकास सुरुङयुगमा प्रवेश गर्‍यो : ओली

नेकपाका अध्यक्ष केपी ओलीले नेपाल विकासको सुरुङमार्गमा प्रवेश गरेको बताएका छन् । ओली समूहको नेकपाले आयोजना गरेको बृहत् सभामा बोल्दै ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विकासले तीव्रता लिएको बताएका हुन् । चीनसँग नेपाललाई जोड्न...

कोरोना बीमाकाे भुक्तानी एक साताभित्रै गर्न बीमा समितिको निर्देशन

काठमाडौं, १९ कात्तिक-कोरोना बीमाको दाबी भुक्तानी सात दिनभित्र दिन बीमा कम्पनीलाई बीमा समितिले निर्देशन दिएको छ । कोरोना बीमाको दावी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बीमा कम्पनीलाई दाबी परेको सात दिनभित्रै भुक्तानी...

पथरीशनिश्चरेमा भव्य रथयात्रा हुने

[caption id="attachment_47547" align="alignnone" width="1100"] पथरीशनिश्चरे–४ स्थित राधाकृष्ण मन्दिरबाट सुरु हुने कृष्ण रथयात्राका लागि रथ तयार गर्दै कालिगढहरु ।[/caption]   अर्पणा के.शी शनिश्चरे । मोरङको पथरी शनिश्चरे–४ जरायोडोलमा रहेको राधाकृष्णको मन्दिरमा विगत वर्षहरुमा झैँ यस वर्ष...

१६ खर्ब ३० अर्बको बजेट ल्याउने तयारी

 काठमाडौं, २१ वैशाख-सरकारले आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको तुलनामा करिब १ खर्ब रूपैयाँले बढाउने भएको छ । चालू वर्षको बजेटमा ६ प्रतिशतसम्मको बजेट वृद्धि गर्न सकिने र सोही सिलिङभित्र बसेर बजेट तयारीको काम...

सरकारविरुद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं, २४ असार-कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना भाइरस (कोभिड–...

पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने आयल निगमको संकेत

काठमाडौँ, ३० कात्तिक । नेपाल आयल निगमले अहिलेकै मूल्यमा अब इन्धन खरिद गर्नका लागि भारतीय आयल कर्पोरेसन (आइओसी)लाई भुक्तानी गर्न नसक्ने जनाएको छ । अहिले पाक्षिक नोक्सानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको भन्दै निगमले...

कोरोना भाइरसबाट जोगिन ट्रम्पले खान थाले मलेरियाको औषधि

एजेन्सी, जेठ ६-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै कोरोना भाइरसबाट जोगिनका लागि भन्दै हाइड्रोक्लोरोक्विन औषधि सेवन गर्न थालेका छन् । हालसम्म वैज्ञानिकहरुले यो औषधि कोरोना भाइरसका लागि प्रभावकारी नहुने र गम्भीर साइड इफेक्ट हुनसक्ने बताइरहेका बेला...

पछिल्लो २४ घण्टामा २२४८ जना कोरोनामुक्त

आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा कुल १२ हजार ५ सय १६ नमूना परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सो मध्ये ९ हजार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्