पथरी । तिमल्सिना समाज नेपाल मोरङले पथरीशनिश्चरे नगरपालिकाका सूचना संयोजक पत्रकार भूपेन्द्र तिम्सिना सहित ९ जनालाई सम्मानित गरेको छ ।
तिमल्सिना समाज नेपाल जिल्ला कार्यसमिति मोरङको दोस्रो चुनावी साधारण सभाका अवसरमा आज बेलबारीको भाउन्नेमा सम्पन्न कार्यक्रममा समाजका संरक्षक कल्याणकुमार तिम्सिनाले पत्रकार तिम्सिना सहितलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गर्नुभएको हो ।
सभामा जिल्ला तदर्थ समिति संयोजक हरिप्रसाद तिम्सिना, महिला अग्रणी विराटनगरकी भारती तिम्सिना, इटहरीका कलाकार विक्रमश्रि तिम्सिना, राजनीति एवम् समाजसेवा क्षेत्रकी बेलबारीकी गीता तिम्सिना, खेलकुद क्षेत्रका विराटनगरका मनिष तिम्सिना समेत सम्मानित हुनु भएको छ ।
त्यस्तै, तिमल्सिना समाजको कार्यालय निःशुल्क उपलब्ध गराउने सुन्दरहरैंचाका खगेन्द्र तिम्सिना, उत्तरपूर्वी मोरङका सामुदायिक विद्यालयहरुमा खानेपानी व्यवस्थापना सघाउने उर्लावारीका लालबहादुर तिम्सिना र सुन्दरहरैंचाका समाजसेवी छत्रपति तिम्सिनालाई पनि सम्मानित गरिएको छ ।
सभाले पुनः सञ्जय तिम्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
विराटनगर । विराटनगर महानगरपालिका १० नम्बर वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई ह्युलचियर सहित अन्य विभिन्न समाग्रीहरु वितरण गरिएको छ । विराटनगर –१० स्थित जेसिज भवनमा एक कार्यक्रम आयोजना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्युलचियर सहित अन्य विभिन्न...
विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जिवन हताजु राई पनि पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई विराटनगरको देबकोटा चौकमा रहेको एक होटलमा चिया खाएर बाहिर निस्किएपछि...
काठमाडौं, २५ वैशाख-सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते मात्रै प्रस्तुत गर्ने भएको छ । संसद् सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्ततु गर्ने सम्भावित कार्यसूची तय गेको छ...
काठमाडौं, १० कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन् । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका...
विराटनगर, ६ कात्तिक-पछिल्लो २४ घण्टामा प्रदेश १ मा मात्र कोरोना भाइरसको संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । संक्रमणका कारण चार महिला र पाँच पुरुषको मृत्यु भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना...
विराटनगर, १६ माघ-नेकपा प्रचण-माधव नेपाल समूहका नेता भीम आचार्यले प्रदेशमा अल्पमतमा भएको सरकारलाई फाल्नका लागि अविश्वास प्रस्ताव दर्ता गरिएको बताएका छन् । विराटनगरमा सो समूहले आयोजना गरेको विरोधसभामा बोल्दै नेता आचार्यले कुनै हालतमा प्रदेश सरकार...
विराटनगर । मोरङको धनपालथानबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका – ७ राजकुमार सिंहको ग्वालीबाट १ हजार ५ सय...
विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभूवन आर्मीले जितेको छ । विराटनगर जुट मिलको खेल मैदानमा आइतबार सम्पन्न भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि...