लकडाउन लम्बिने संकेत, ५ जेठपछि मोडालिटी परिवर्तन हुने

 न्यूज विराट
लकडाउन लम्बिने संकेत, ५ जेठपछि मोडालिटी परिवर्तन हुने

काठमाडौं, जेठ २-कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ ।समितिको शुक्रबार बसेको बैठकले ५ जेठपछि लकडाउनको मोडालिटी परिवर्तन गरेर जाने निर्णय गरेकाे हो । स्वास्थ्य क्षेत्रका विज्ञहरूसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले बताए ।

जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेका क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्र पहिचान गरी मोडालिटी परिवर्तनको तयारी गरिएको उनले जानकारी दिए ।

त्यसैगरी, समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकलाई चार्टर्ड फ्लाइटमार्फत पठाउने निर्णय पनि गरेको छ । सचिव बिडारीले लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आईडीप्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रक्रिया पूरा गरी पठाउने निर्णय भएको बताए ।

सम्बन्धित समाचार

चीनसँगको तनावबीच अचानक लेह पुगे मोदी

एजेन्सी, असार १९-भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहान अचानक लेह पुगेका छन् । मोदीले १५ जुनमा भारत र चीनका सेनाबीच भएको झडपपछिको अवस्थाबारे मोदीको उपस्थितिमा समीक्षा हुने बताइएको छ । १५ जूनको राति चिनियाँ सेनासँगको भिडन्तका...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४४१ डिस्चार्ज, ३६८ संक्रमित थपिए

विराटनगर, २६ कात्तिक–प्रदेश १ मा बुधबार ४ सय ४१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४ सय ३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट छ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या...

नेपाली भूमिबाट भारतीय सेना हटाउन राप्रपाको माग 

काठमाडाैं, ३२ जेठ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमिबाट भारतीय सुरक्षाकर्मी हटाउने प्रक्रिया थाल्न सरकारसँग माग गरेको छ । आइतबार पार्टी अध्यक्ष पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले भूमि फिर्ताका लागि बाँकी...

टीकाको उत्तम साइत बिहान १०ः१९ बजे

काठमाडौं, १५ असोज-नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमी लगायत दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ साल १ कात्तिक शनिबारदेखि नेपालीको महान् चाड बडा दसैँ सुरु हुँदैछ ।  दुर्गा पक्षसमेत भनिने...

२० जना विद्यार्थीलाई सुमनदेवी गोयल छात्रवृत्ती प्रदान

विराटनगर । विराटनगर – ७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा अध्ययरत २० जना जेहन्दार छात्रछात्रालाई छात्रवृत्ती प्रदान गरिएको छ ।स्वर्गीय श्रीमती सुमनदेवी गोयलको नाममा स्थापना भएको १४ लाखको छात्रवृत्ति कोषबाट बिहीबार स्कुल परिसरमा एक कार्यक्रमको बीच...

सप्तरीमा आगलागीबाट तीन घर जलेर नष्ट

सप्तरी, माघ १–सप्तरीको तिलाठी कोलाडी गाउँपालिकामा आज बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । वडा नं ७ मा स्थानीय देवनारायण साहको घरबाट अचानक सल्केको आगो निजको एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको...

विराटनगरबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरीले गाँजासहित दुई जना युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी (बिओपी) रानीले विराटनगर १६ हुलास चौकबाट गाँजासहित दुई जना युवालाई मङ्गलवार पक्राउ गरेको हो । स...

सीसीटीभीमा देखिए बम राख्ने दुई जना

काठमाडौं, ६ फागुन । काठमाडौंको कलंकीमा गएराति प्रेसर कुकर बम राखेर भाग्ने दुई जना सीसीटीभी फुटेजमा देखिएको थानकोट प्रहरीले जनाएको छ । प्रहरी नायब निरीक्षक रमानन्द चौधरीका अनुसार कलंकीमा मध्यराति हिँडिरहेका शंकास्पद दुई व्यक्तिलाई  सोधीखोजी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्