अब मलामीले बाहेक अरूले पास नपाउने

 न्यूज विराट
अब मलामीले बाहेक अरूले पास नपाउने

काठमाडौं, ३ वैशाख-कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामको लागि लागू भएको लकडाउनको अवधीमा पास लिएर गुड्ने सवारी साधनले पासको दुरुपयोग पनि गरेको पाइएको छ ।

लकडाउन अवधिमा पास लिएरसमेत धेरै संख्यामा सवारी साधन गुड्ने गरेकाले जिल्ला प्रशासन कार्यालय ले कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृत्य संस्कारमा जाने व्यक्तिबाहेकलाई पास नदिने जनाएको छ ।

पासको दुरुपयोग गरी लकडाउनको उल्लंघन हुन अवस्था सिर्जना भएपछि वैशाख ३ गतेदेखि परिवारका सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूलाई बाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने प्रशासनले सूचना जारी गरी बताएको छ ।

प्रशासनले लकडाउनमा अत्यावश्यकीय सवारी साधन सञ्चालनका लागि पास वितरण गर्दै आएको थियो । गृह मन्त्रालयले मंगलबारदेखि अनलाइनमार्फत ई–पास लिन सक्ने व्यवस्था गरेपछि अत्याधिक माग बढेको र यसले लकडाउनको उल्लंघन हुनसक्ने भन्दै मृत्यु संस्कारमा सहभागि हुन बाहेकका लागि पास वितरण नगर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

रुसमा सङ्क्रमण बढ्यो, एकैदिन एक हजारभन्दा बढीको मृत्यु

मस्को, ७ कात्तिक-रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १...

थप २७४ जनामा काेराेना संक्रमण पुष्टि, २२७ जना निकाे भए

काठमाडौं, १५ साउन-पछिल्लो २४ घण्टाको अवधिमा २ सय ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) काे संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा...

प्रधानन्यायाधीशले बाेलाए फुलकोर्ट

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । आज दिउँसो २ बजे बस्नेगरि फुलकोर्ट बोलाइएको हो । बैठकमा प्रधानन्यायाधीशसहित २० जना बस्ने छन् । यसअघि बुधबार...

४१ करोड लगानीमा नमस्ते पे : इन्टरनेटदेखि विद्युत र पानीसम्मकाे बिल भुक्तानी गर्न सकिने

काठमाडौं, २९ भदौ । सरकारी दूर-सञ्चार सेवाप्रदायक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सह लगानीमा मंगलबार नमस्ते पे सञ्चालनमा ल्याइएको छ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले आजदेखि नमस्ते पे औपचारिक रुपमा सञ्चालनमा ल्याइएको जानकारी...

दाङमा कोरोना संक्रमण नियन्त्रण तयारी

दाङ, ३ बैशाख-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रणमा दाङका स्वास्थ्य संस्थालाई पूर्ण तयारी अवस्थामा राखिएको छ । जिल्लामा सरकारी, निजी समेत गरेर १३ अस्पताल छन् । यस्तै, प्रदेश सरकारले छोटो समयमा निर्माण गरेको कोरोना बिशेष अस्पतालमा...

स्थानीय सरकारको सक्रियता, वडा नं. ४ मा विकासले तीव्रता पायो

[caption id="attachment_47222" align="alignnone" width="1000"] पथरीशनिश्चरे वडा नं. ४ राधाकृष्ण मन्दिर दक्षिण सख्वारा जाने सडकमा पर्ने कल्भर्टको शिलान्यास गर्दै वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, वडा सचिव दीर्घराज रायलगायत उपभोक्ता समिति ।[/caption] शनिश्चरे । केही दिनअघि कुशलबजार पूर्व पिप्ले...

संवैधानिक नियुक्ति विवादः सभामुख सापकाेटाकाे रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

संवैधानिक निकायमा पदाधिकारी नियुक्तिविरुद्ध सभामुख अग्नि सापकाेटाले दिएकाे रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाकाे एकल इजलासले संवैधानिक आयोगको नियुक्तिबारे परेको मुद्दामा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा संवैधानिक परिषद्को कार्यालयसहित विपक्षीका...

हिमालय दर्शन कलेजको पुल पार्टी, विद्यार्थीले गरे रमाईलो

विराटनगर । होटल म्यानेजमेन्टमा विराटनगरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित हिमालय दर्शन कलेजका विद्यार्थीहरूले बिहीबार साँझ विराटनगरमा भव्य पुल पार्टी आयोजना गरेका छन् । कलेजको सहयोगमा विराटनगर एयरर्पोट लाईनमा रहेको होटल एशियाटिकको स्विमिङ पुलमा विद्यार्थीहरूले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्