मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

 न्यूज विराट
मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

कास्की, २७ असोज-राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल) सडक आयोजनाले जनाएको छ ।

ढिलोमा आगामी माघ महिनाभित्रमा सम्पूर्ण काम सम्पन्न हुने दावी गरिएको छ । फेदीदेखि घट्टेखोलासम्मको दुई किमी सडकबाहेक अन्य सबै स्थानमा ‘अस्फाल्ट ’कालोपत्र सकिएको छ । सो स्थानमा कालोपत्रका लागि सबै काम तयारी अवस्थामा रहेको बताइन्छ ।

कालोपत्रपछि अहिले रोड मार्किङ लगायतका काम जारी छ । याम्दीदेखि सुुइखेतसम्म छ किमी र सुइखेतदेखि घट्टेखोला छ किमी २०० मिटर गरी दुई खण्डमा ठेक्का सम्झौता गरेर काम सुरु गरिएको थियो । सो सडकको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको पुष्पलाल (मध्यपहाडी)राजमार्ग आयोजनाका इञ्जिीनियर अनन्त बरालले जानकारी दिनुभयो ।

सुरुआतमा विद्युत् पोल र खानेपानीको पाइपको स्थानान्तरणको प्राविधिक समस्याले ढिलाइ भएको र पछि कोरोनाका कारणले आयोजना प्रभावित भएर तीन पटकसम्म म्याद थप गरिएको उहाँले बताउनुभयो । आयोजना निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा पोल र पाइप कसले स्थानान्तरण गर्ने भन्ने जिम्मेवारी तय नहुँदा सुरुमा लामो समय काम प्रभावित भएको दाबी आयोजनाको छ ।

इञ्जिीनियर बरालले भन्नुभयो, “सरकारले पछिल्लो पटक कोरोनाका कारण प्रभावित आयोजनाका लागि चैतसम्मको म्याद थप गरेको छ । तर यस आयोजनाको बाँकी काम त्यस भन्दा अघिनै ढिलोमा माघभित्रमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गरेका छ ।” असोजदेखि बाँकी रहेको स्थानमा कालोपत्र गर्ने योजना रहेपनि नियमितजस्तो वर्षा भएकाले काम सुरु गर्न नसकिएको बताइन्छ ।

सडकको ‘मेडियन’का कारण सडकमा पानी आउँदा सडक छिट्टै जीर्ण हुने भएकाले अहिले मेडियनको ढलानको काम भइरहेको छ । त्यसबाहेक सडक सौन्दर्यकरणको कामसमेत चालू रहेको इञ्जिीनियर बरालले बताउनुभयो । विसं २०७६ असोज मसान्तभित्रमा सम्पन्न गर्ने गरी विसं २०७४ भदौमा आयोजनाको ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनीको ढिलासुस्तका कारणले काममा ढिलाइ भएको गुनासो स्थानीयवासीले गर्ने गरेका थिए । विगतमा बर्खायाममा हिलो र हिउँदमा धुलोले लामो समय प्रभावित बनेका सर्वसाधारण अहिले भने फराकिलो चिल्लो कालोपत्र सडक बनेपछि उत्साहित बनेका छन् । सो खण्ड ३० मिटर फराकिलो छ । निर्माण कार्य तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि विसं २०७६ असोजमा पहिलोपटक, पहिलो चरणको कोरोनाका बेला दोस्रो पटक र कोरोनाको दोस्रो चरणपछि तेस्रो पटक म्याद थप गरिएको थियो ।

“गत आर्थिक वर्षको असारभित्रमा आयोजनाको सबै काम सम्पन्न गर्ने लक्ष्य थियो ।” इञ्जिीनियर बरालले भन्नुभयो, “तराईका जिल्लामा लकडाउनमा कडाइले निर्माण सामग्री र विटुमिन समयमै ल्याउन सकिएन, यस वर्ष अर्लि मनसुनका कारणबाट पनि आयोजना निर्धारित समयमा पूर्णता पाउन सकेन ।” राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राजमार्गको कास्कीको पश्चिम खण्ड याम्दीदेखि कास्की पर्वत÷सीमाना नयाँपुलसम्म ३७ किमी पर्दछ ।

जसमा घट्टेखोला–नयाँपुलको २५ किमी सडकको काम यसअघिनै सम्पन्न भएको छ । जिल्लाको पूर्वी खण्डको भैँसेदेखि याम्दीसम्मको ‘सडक एलाइनमेन्ट’ अझै निश्चित भएको छैन । आयोजनाले याम्दी–सुइखेत खण्ड निर्माणका लागि विसं २०७४ भदौमा स्वच्छन्द इलाइट जेभीसँग रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ मा र सुइखेत–घट्टेखोला खण्ड शर्मा एण्ड कम्पनीसँग रु ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा ठेक्का सम्झौता गरेको थियो ।

सम्बन्धित समाचार

निर्माण सुरु गरेको ८ वर्षपछि जनकपुर विमानस्थलको टर्मिनल भवन सञ्चालनमा

निर्माण सुरु भएको आठ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार उक्त भवनको उद्घाटन गरेका हुन् । टर्मिनल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

राहतमा विवाद हुँदा सिरहामा झडप

जनकपुर, ९ जेठ-सिरहाको नरहा गाउँपालिका–१ देविपुरमा राहत विषयमा झडप हुँदा डेढ दर्जन व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई उपचारका लागि विराटनगर पठाइएको छ भने अन्यको सिरहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...

सुनवर्षीमा अक्सिजनसहित २० बेडको आइसोलेन केन्द्र सञ्चालन

विराटनगर, ५ जेठ । नयाँ भेरियन्टको कोरोना संक्रमण समुदायस्तरमा फैलँदै गएपछि मोरङको सुनवर्षी नगरपालिकाले सुविधासम्पन्न आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलँदै गएपछि नगरपालिकाले वडा नं. २ स्थित अमरदह स्वास्थ्य चौकीमा अक्सिजनसहितको...

‘क्यान्सर प्राणघातक रोग हो, यसबाट बच्न सक्नुपर्दछ’: कलाकार मदनकृष्ण श्रेष्ठ

विराटनगर । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको रोकथाम र नियन्त्रण गर्न जनचेतना गर्न जरुरी रहेको बताएका छन् । क्यान्सरबाट श्रीमती यसोदा श्रेष्ठको मृत्यु भएको चर्चा गर्दै उनले यो रोग लाग्न नदिन सचेतना अभियान चलाउन...

विराटनगरमा भदौ ११ गतेदेखि दादुरा–रुवेलाको खोप अभियान सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिने भएको छ ।स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप...

गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

काठमाडौं, ३ साउन-गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । महासङ्घका महासचिव वंशलाल तामाङले आज विज्ञप्ति जारी गरी शुक्रबार गाउँपालिकाको कार्यालयमा...

दियाली बन्धु सेवा समाजको सातौ साधारणसभा झापाको दमकमा सम्पन्न, अध्यक्षमा पुनः मानबहादुर दियाली

किशोर दियाली/विराटनगर, २९ चैत । दियाली बन्धु सेवा समाजको सातौँ साधारणसभा तथा तेस्रो महाधिवेशन सम्पन्न भएको छ । झापाको दमकस्थित कन्काई पार्टी प्यालेसमा शनिबार देशभरका दियाली बन्धुहरुको सहभागितामा भव्यताका साथ साधारणसभा तथा महाधिवेशन सम्पन्न भएको...

परीक्षा मर्यादित र व्यवस्थित बनाउन सरोकारवालाको जोड

विराटनगर । यस वर्षको चैत १५ गतेबाट सुरू हुने एसइइको परीक्षा मर्यादित बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । एजुकेसन हेल्पलाईनको आयोजना तथा राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशको समन्वय ग्लोबल एकेडेमी र मनकामना स्कुलको आयोजनामा विराटनगरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्