सवारी दुर्घटनामा प्रहरी जवानसहित २ जनाको मृत्यु

 न्यूज विराट
सवारी दुर्घटनामा प्रहरी जवानसहित २ जनाको मृत्यु

परासी, १९ वैशाख-नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र बाँके जिल्लामा बिहीवार राती भएका २ छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा २ जना घाइते भएका छन्।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ त्रिवेणी जाने भित्री सडकखण्डको केराबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा १२ च २००९ नम्बरको कार बिहीवार साँझ अचानक अनियन्त्रित भएर सडक छेउको बिजुलीको खम्बामा ठक्कर खाँदा करेन्ट लागेर कार चालक बर्दघाट–४ का ५२ वर्षीय हरि भुर्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा कारमा सवार सोही स्थानका ३९ वर्षीय गोकर्ण शर्मा र ४२ वर्षीय रामप्रसाद पाण्डे घाइते भएका छन्। शर्माको टाउको र पाण्डेको ढाडमा चोट लागेको र उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ। त्यस्तै, बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुममा गएराती सवारी दुर्घटना हुँदा १ प्रहरी जवानको ज्यान गएको छ ।

सम्बन्धित समाचार

विद्यार्थीको रोजाइमा सगरमाथा 

विराटनगर । विराटनगर– ११ पाञ्चालीमा रहेको सगरमाथा स्कुल स्थापना कालदेखि नै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको रोजाइमा परेको छ । २०५३ सालमा स्थापित यस स्कुलले छोटो समयमानै...

एनसीडिए मोरङको निर्वाचन, ढकाल समूहको चुनावी अभियान आक्रमक

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको आगमी पुस २८ गते हुने निर्वाचनको मिति नजिकिएसँगै चुनावी अभियान तिव्र भएको छ । एनसीडिए मोरङको निर्वाचनमा दुई समूह बनाए चुनावी मैदानमा उत्रिएपछि माहोल तातिएको छ ।...

३७ अंकले घटेर बन्द भयो शेयरबजार

साताभर नै उतारचढावपूर्ण रहेको शेयरबजार अन्तिम दिन भने दोहोरोे अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से सूचक ३७.८७ अंकले घटेर २३७६.७४ अंकमा पुगेर बन्द भएको हो । योसँगै सेन्सेटिभ परिसूचक पनि ५.८८ प्रतिशतले घटेर...

विराटनगरका मेयर क्वारेन्टाइनमा

विराटनगर, २९ भदौ–प्रमुख प्रशासकीय अधिकृत र सवारी चालकलाई कोरोना संक्रमण भएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली क्वारेन्टाइनमा बसेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल र मेयर पराजुलीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि...

स्पार्क हस्पिटलको वार्षिकोत्सवमा रक्तदान र स्वास्थ्य शिविर, १ सय बढी विरामीले गरे परीक्षण

विराटनगर । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले सातौँ वार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान र स्वास्थ्य शविर आयोजना गरेको छ । हस्पिटल परिसरमा आइतबार स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको हो । स्वास्थ्य...

होम आइसोेसनमा संक्रमितको मृत्यु

विराटनगर, २२ असोज–कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै राखिएका विराटनगर–५ का एक पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । विराटनगर ५ का ८२ वर्षीय वृद्धको ६ः३० बजेतिर मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।...

विराटनगरमा ‘मास्क’ को कालोबजारी, ५ रुपैयाँको मास्कलाई ५० रुपैयाँ सम्म

विराटनगर, फागुन २२–विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिममा समावेश गरेपछि मुलुकभर यतिबेला ‘मास्क’ को कृतिम अभाव सृजना भएको छ । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सतर्कता अपनाउँदै सवैले ‘मास्क’ को प्रयोग गर्न थालेपछि...

विराटनगर उच्च अदालत छेउमा इटा उद्योगी माथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

विराटनगर, १० असोज । विराटनगरमा एकजना उद्योगि माथि दिउँसै खुकुरी प्रहार भएको छ । भक्तपुरस्थित सुर्यविनायक नगरपालिका वडानम्बर ८ का ३२ बर्षिय कलामसिंह लामा माथि खुकुरी प्रहार भएको हो । आज दिउसो साढे ११ बजे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्