विद्यार्थीको रोजाइमा सगरमाथा 

 न्यूज विराट
विद्यार्थीको रोजाइमा सगरमाथा 

विराटनगर । विराटनगर– ११ पाञ्चालीमा रहेको सगरमाथा स्कुल स्थापना कालदेखि नै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको रोजाइमा परेको छ ।
२०५३ सालमा स्थापित यस स्कुलले छोटो समयमानै गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावकमाझ आफ्नो भिन्न पहिचान बनाउँदै पूर्वाञ्चलमा आम अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको हो ।

सहुलियत शुल्क तथा छात्रवृत्ति प्रदान गरेर न्यून आर्थिक अवस्थाका बालबालिकालाई समेत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सगरमाथा स्कुल आफूलाई हरेक क्षेत्रमा अब्बल साबित गरी नेपाल प्रथम, द्वितीय र लगातार पाँच पटक पूर्वाञ्चल प्रथम हुन सफल भएको स्कुल हो । २०६५ सालको एसएलसीमा नेपाल प्रथम भएको छ । २०६३, २०६४, २०६६ सालमा पूर्वाञ्चल प्रथम भएको यस स्कुलमा दक्ष अनुभवी र शिक्षा क्षेत्रमा लामो समयदेखि लागि परेका शिक्षकहरूबाट अध्यापन हुँदै आएको छ ।

प्ले ग्रुपदेखि कक्षा तीनसम्म पूर्ण मन्टेश्वरी विधिबाट पठनपाठन हुँदै आएको, शान्त र भयरहित बावतरणमा निर्धक्कताका साथ पठनपाठन हुने यस स्कुलको भौतिक पूर्वाधार सुविधायुक्त रहेको छ । २ बिघा क्षेत्रफल रहेको यस स्कुलमा विद्यार्थीहरूका लागि पर्याप्त मात्रमा फराकिलो खेलमैदान, एसी जडित कक्षा कोठाहरू भएको अत्याधुनिक सुविधा सम्पन्न भवन, प्रयोगशाला, ई–लाइब्रेरी विद्यार्थीहरूको लागि उपलब्ध छन् । जहाँ सुरक्षित तवरले शान्त वातावरणमा विद्यार्थीले अध्ययन गर्न पाउँछन् । टाढाबाट आउने विद्यार्थीहरूको सहजताको लागि छात्र र छात्राहरूका लागि छुट्टा–छुट्टै होस्टेलको व्यवस्था विद्यालयले गरेको छ ।

समग्रमा, विद्यार्थीहरूको सर्वोपरि विकास तथा प्रगतिका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरूको व्यवस्थापनमा विद्यालयले कुनै सम्झौता गरेको छैन । विद्यालयले  पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत राम्रो सफलता हासिल गर्दै आएको छ । देशकै एक नमुना विद्यालयको रूपमा दरिएको यस सगरमाथा स्कुलले भौतिक सुविधाका साथै विद्यार्थीमैत्री शैक्षिक वातावरण, संस्कार र सिपसहितको शिक्षामा विशेष जोड दिँदै आएको स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमले बताए । विद्यार्थीहरूको सुविधाका निम्ति फराकिला, स्तरीय फर्निचर तथा अत्याधुनिक उपकरण जडित कक्षा कोठाहरू, सुविधा सम्पन्न विज्ञान प्रयोगशालाहरू तथा उत्कृष्ट स्रोत केन्द्र स्तरको पुस्तकालयका साथै विद्यालयले आफ्नै उपचार केन्द्र, स्वास्थ्यकर्मी र परामर्शदाताको पनि व्यवस्था गरेको छ । सफा तथा स्वास्थ्यकर खाजा उपलब्ध हुने यस विद्यालयको चमेना गृहले विद्यार्थीको शैक्षिक गतिविधिलाई थप गतिशील तथा सकारात्मक बनाउन सहयोग गरेको छ । हालसम्म यस विद्यालयबाट एसएलसी र एसइई उत्तीर्ण गरेका करिब ३ हजारभन्दा बढी विद्यार्थीहरू मध्ये केही राष्ट्रको उच्च ओहोदामा पुगेका छन् भने धेरै विद्यार्थीहरू चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि, कानुन व्यवसायीलगायतका विभिन्न प्रतिष्ठित ठाउँमा पुगेका छन् ।

प्लस टुमा बढ्यो विद्यार्थीको आकर्षण 
सगरमाथा स्कुलले विज्ञान, कम्प्युटर विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा ११ र १२ सञ्चालन गरेको उच्च माविमा पनि विद्यार्थीको रोजाइमा परेको छ । विज्ञान, कम्प्युटर विज्ञान र व्यवस्थापन संकायमा विद्यार्थीको रोजाइमा परेको हो ।
कक्षा ११ मा भर्ना लिन सगरमाथाले लिएको प्रवेश परीक्षामा विद्यार्थीको उल्लेखिनय उपस्थीति रहेको प्रिन्सिपल त्रिलोचन गौतमलले बताए । प्रवेश परीक्षामा १ हजार भन्दा बढ विद्यार्थीले प्रवेश परीक्षामा सहभागि भएको उनले बताए ।

सम्बन्धित समाचार

संसारको सबैभन्दा गहिरो सुन खानीमा काम बन्द

एजेन्सी, जेठ १२-कोरोना भाइरसका १६४ संक्रमित देखिएपछि दक्षिण अफ्रिकाको पोनेन्ग सुन खानीमा काम बन्द गरिएको छ । पोनेन्ग संसारको सबैभन्दा गहिरो सुनखानी हो । एक महिना बन्द गरिएपछि गत महिनादेखि पुनः काम सुरु भएको थियो...

फर्जि काममा ‘अब्बल’ उमेश विश्वकर्मा, कोषाध्यक्षको हस्ताक्षरबिना लेखा परिक्षण प्रतिवेदन

विराटनगर, असार १८| फर्जि साधारणसभा, संस्थापक र साधारणसदस्यहरुको हस्ताक्षर किर्ते, आर्थिक अनियमितता, करछलीलगायतको पर्दाफास भएका विराटनगर स्थित मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा फेरी अर्को खुलासा भएको छ । दलित...

नेपाल प्रथम गर्ने दिया अग्रवाललाई मेरील्याण्डको सम्मान

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययनरत दिया अग्रवालले कक्षा १२ को परीक्षामा  नेपाल प्रथम भएपछि कलेजले नगद ५१ हजार रूपयाँ सहित सम्मान गरेको छ ।  कलेज परिसरमा सोमवार संविधान दिवसको अवसर...

विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक समाग्री वितरण

विराटनगर,७ साउन । अपाङ्गता भएका व्यक्तिहरुलाई सहजरुपमा दैनिक जिवनको कार्य गर्नका लागि आज यहाँ सहायक समाग्री(ह्वील चियर) वितरण गरिएको छ । सामथ्र्य समाज नेपाल र समन्वयद्वारा आज यहाँ आयोजित अपाङ्गता भएका व्यक्त्तिहरुको सवालमा जनप्रतिनिधिहरु र...

बटुल्नै नमिल्ने गरी खेतमै भिज्याे धान, किसानलाई भाेकमरीकाे चिन्ता

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् । दसैँ टीका लगाएर किसान...

विराटनगरमा २१ सहित प्रदेश १ मा ११२ संक्रमित थपिए

विराटनगर, १३ भदौ-प्रदेश १ मा शनिबार १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले...

प्रधानमन्त्री ओली फेरि शीतल निवासमा

काठमाडौं, ३ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नेकपा सचिवालय बैठक बस्नु केही समयअघि प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । प्रधानमन्त्रीले मंगलबार साँझ पनि राष्ट्रपतिलाई भेटेका थिए...

विराटनगरमा सडक महोत्सव सुरू, दैनिक सांस्कृतिक कार्यक्रम

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको विराट सडक महोत्सव सुरु भएको छ । माघ १४ गतेसम्म लाग्ने सडक महोत्सवको उद्घाटन बिहीबार गरिएको हो । तीनदिनसम्म संचालन हुने महोत्सवमा आदीवासि जनजाति सामुदायहरूको खानाको परिकारको साथै दैनिक सांस्कृतिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्