राशिफल

३७ अंकले घटेर बन्द भयो शेयरबजार

 न्यूज विराट
३७ अंकले घटेर बन्द भयो शेयरबजार

साताभर नै उतारचढावपूर्ण रहेको शेयरबजार अन्तिम दिन भने दोहोरोे अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से सूचक ३७.८७ अंकले घटेर २३७६.७४ अंकमा पुगेर बन्द भएको हो । योसँगै सेन्सेटिभ परिसूचक पनि ५.८८ प्रतिशतले घटेर ४५३.५३ अंकमा पुगेको छ ।

बिहीबार कारोबारमा आएका २ सय २४ कम्पनीको ५३ लाख ७९ हजार ८ सय ६० कित्ता शेयर २ अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँको शेयर किनबेच भएको हो । बुधबार ४ अर्बभन्दा माथि रहेको कारोबार बिहीबार पुन: खस्किएको हो ।

खस्किएको बजारमा म्युुचुअल फण्डबाहेक सबै समूहका सूचक घटेका छन् । कम्पनीगत रूपमा नेपाल बंगलादेश बैंकले सर्किट लेबलमा शेयरमूल्य बढाउन सफल बनेको छ भने स्वाभिमान लघुवित्तको ५.३५ प्रतिशतले बढेको छ । योबाहेक अन्य १६ कम्पनीको पनि आज शेयरमूल्य बढेको हो । यता घट्नेमा भने १६९ कम्पनी छन् । जसमा ग्रीन लाइफ हाइड्रो, मैलुङ खोला जलविद्युत् र हिमालयन पावरको सर्वाधिक मूल्य घट्न पुगेको छ । यी तीन कम्पनीको ७ प्रतिशतको दरमा शेयरमूल्य घटेको हो ।

कारोबारमा भने आज प्रभु बैंक अगाडि छ । यो बैंकको आज ९ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । योसँगै नेपाल बंगलादेश बैंक, समृद्धि फाइनान्स, अपी पावर कम्पनीलगायतको कारोबार आज सर्वाधिक भएको छ ।

सम्बन्धित समाचार

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको काज सरुवा, दिपक पोखरेल आउँदै

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) शान्तिराज कोइरालाको काज सरुवा भएको छ । अपराध नियन्त्रण, अनुसन्धान र द्धन्द्ध व्यवस्थापनमा अब्बल देखिएका कोइरालाको मोरङबाट नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौं सरुवा भएको हो । करिब...

सीएनआई कोशी एक्स्पोमा आज सविन राईले तताउने

विराटनगर । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा आज शुक्रबार साँझ युवा पूस्तामाझ लोकप्रिय गायक सविन राईले प्रस्तुती रहने भएको छ । गीत संगीतका माध्यमबाट ‘क्राउड क्रिएटर’ को छवि बनाएका सविन राई र उनको चर्चित ब्याडको...

सीएनआई कोशी एक्स्पो सुरू (फोटो फिचर)

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...

डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगर – १३ मा रहेको डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू भएको छ । स्कुल परिसरभित्र स्पोर्ट्स मिट सुरू भएको हो ।आइतबारसम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू रहेको डिएभी स्कुलका प्रिन्सिपल...