एनसीडिए मोरङको निर्वाचन, ढकाल समूहको चुनावी अभियान आक्रमक

 न्यूज विराट
एनसीडिए मोरङको निर्वाचन, ढकाल समूहको चुनावी अभियान आक्रमक

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको आगमी पुस २८ गते हुने निर्वाचनको मिति नजिकिएसँगै चुनावी अभियान तिव्र भएको छ । एनसीडिए मोरङको निर्वाचनमा दुई समूह बनाए चुनावी मैदानमा उत्रिएपछि माहोल तातिएको छ । मतदातालाई आफ्नो पक्षमा रिझाउन उम्मेदवारहरु अहिले औषधी व्यवसायीको घरदैलोमा अभियान सुरु गरेका हुन्।

संघको निर्वाचनमा वर्तमान उपाध्यक्ष देशबन्धु ढकाल र औषधी व्यवसायी सुदिन ध्वज श्रेष्ठले आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा छन् । ढकाल समूहको चुनावी अभियान आक्रमक देखिएको छ । मोरङको पूर्वी क्षेत्रमा अध्यक्षका उम्मेदवार ढकालसहित पदाधिकारी र सदस्यहरु औषधी व्यवसायीहरुको पसलमा पुगेर एक चरणको भोट माग्ने अभियान सकेका छन् । मोरङको पूर्वी क्षेत्रमा भोट माग्ने काम सकिएपछि आइतबारदेखि विराटनगर केन्द्रीत अभियान सुरु गरिएको अध्यक्षका उम्मेदवार ढकालले बताए । ‘पहिलो चरणमा पूर्वी क्षेत्रमा रहेका औषधी व्यवसायीहरुको पसलमा पुगेर हाम्रो एजेन्डासहित आगमी योजनाहरु सुनाएर भोट माग्ने काम सकिएको छ,’ उनले भने, ‘अहिले विराटनगर केन्द्रीत अभियान सुरु भएको छ ।’

ढकालको समूहबाट वरिष्ठ उपाध्यक्षमा हरिराज रेग्मी, थोक उपाध्यक्षमा अनिल शर्मा, खुद्रा उपाध्यक्ष पुष्पराज पोखरेल, महासचिबमा प्रकाश धिमाल, कोषाध्यक्षमा बेदबहादुर (गणेश) थापा, सचिबमा सरिता चौधरी, उप कोषाध्यक्षमा तुलसा विश्वकर्माको उम्मेदवारी रहेको छ । यसैगरी थोक सदस्यमा राजेश कुमार मण्डल, खुद्रा सदस्य सुनिल कुमार चौधरी, सदस्यहरु भेष कुमार महतो, डिल्ली प्रसाद दाहाल र किशोर कुमार मल्लीक रहेका छन् । उनीहरु अहिले भोट माग्दै आफ्नो एजेन्डा सुनाउँदै अगाडी बढेका छन् । ढकालको समूहबाट पदाधिकारीमा उम्मेदवारी दिएका बर्तमान कार्यसमितिमा रहेर काम गरेका अनुभवी व्यवसायीहरु छन् ।

२०५३ सालदेखि औषधी व्यवसायी क्षेत्रमा आबद्ध भएका ढकाल प्रथम अधिवेशनमा उपाध्यक्षमा सर्वाधिक मत २९९ ल्याएर निर्वाचित भएका थिए । उनले अहिले अध्यक्षमा उम्मेदवार दिएका श्रेष्ठलाई पराजित गरि ढकाल उपाध्यक्षमा निर्वाचित भएका थिए । प्रथम अधिवेशनमा ढकालले २९९ मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठले १३५ मत पाएका थिए ।

व्यवसायीको हकहितमा लागि पर्ने, स्वच्छ र मर्यादित व्यवसाय सञ्चालन गरी औषधी व्यवसायीहरूलाई समाजमा हेर्ने दृष्टिकोण राम्रो बनाउन सधैँ लागि परेको कारण ढकाल औषधी व्यवसायीहरु माझ लोकप्रिय छन् । ‘पेशागत इमान्दारीता, व्यवसायीक एकता आजको आवश्यकता हो,’ अध्यक्षको उम्मेदवारी घोषणा गर्दै ढकालले भने, ‘मर्यादित, पारदर्शि र पेशागत हित सुनिश्चतताको लागि मैले अध्यक्षमा उम्मेदवारी दिएको छु ।’

एनसीडिए मोरङमा ४१५ जना सदस्यीय रहेका छन् ।

सम्बन्धित समाचार

प्रदेश प्रमुख अधिकारीलाई थप उपचारका लागि काठमाडौं लगियो

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण भई अक्सिजनको कमीका कारण आज अपराह्न थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । प्रदेश प्रमुख अधिकारी यही १२ मंसिरमा कोरोना संक्रमित भएर विराटनगरस्थित निवासमा...

कोरोनाबाट ६ जनाको मृत्यु

काठमाडौं, ३ भदौ=पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट देशभर निधन हुनेको संख्या १ सय २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा....

पछिल्लो २४ घण्टामा ११५८ मा कोरोना संक्रमण पुष्टि, १२ जना सङ्क्रमितको मृत्यु

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा १ सहजार १ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।...

आज १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण

काठमाडौं, १४ असोज-गत २४ घण्टामा नेपालमा १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा आज देशभर १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि भएको...

आज स्वस्थानी ब्रत समापन

पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका...

मिस कोशीमा १७ जना छनौट, दोस्रो र तेस्रो अडिसन पनि हुने

विराटनगर, ६ साउन । छैठौं संस्करणको मिस कोशी प्रतियोगिताकोमा पहिलो चरणको अडिसनबाट १७ जना किशोरी छनौट भएका छन् । विराटनगर र इटहरीमा भएको पहिलो चरणको अनलाइन र भौतिक रूपमा लिएको अडिसनमा ३१ जना किशोरी सहभागि...

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, को बन्दैछन् मुख्यमन्त्री ?

विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। सत्ता साझेदार दलहरुले आजै प्रदेश प्रमुखसामू मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्।प्रदेश १ को मुख्यमन्त्रीमा...

विराटनगर महागरपालिकाकी पूर्वउपमेयर इन्दीरा कार्कीविरुद्ध अख्तियामा भ्रष्टाचार मुद्धा

विराटनगर, २६ असार । विराटनगर महानगरपालिकाकी पूर्वउपमेर इन्दीरा कार्कीविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाका निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । विराटनगर–१५ स्थित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्