राशिफल

विराटनगरमा ‘मास्क’ को कालोबजारी, ५ रुपैयाँको मास्कलाई ५० रुपैयाँ सम्म

 न्यूज विराट
विराटनगरमा ‘मास्क’ को कालोबजारी, ५ रुपैयाँको मास्कलाई ५० रुपैयाँ सम्म

विराटनगर, फागुन २२–विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिममा समावेश गरेपछि मुलुकभर यतिबेला ‘मास्क’ को कृतिम अभाव सृजना भएको छ । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सतर्कता अपनाउँदै सवैले ‘मास्क’ को प्रयोग गर्न थालेपछि प्रदेश १ को राजधानी विराटनगरमा पनि ‘मास्क’ को कालोबजारी सुरु भएको छ । औषधी पशल सञ्चालक र मास्क विक्रेताहरुले चर्को मुल्य असुल्न कृतिम अभाव सृजना गरेको सरोकारवालाहरुले बताएका छन् ।

यतिबेला विराटनगरमा सामान्य मास्कको मुल्य समेत आकाशिएको छ । मास्क विक्रेता पशले र फार्मेशिहरुले सर्वसाधारणसँग मु्ल्य भन्दा ३ देखि १० गुणा बढी अशुल्ने गरेको पाइएको छ । विराटनगरका विभिन्न फार्मेशिहरुले कृत्तिम अभाव सृजना गरेर चर्कोमुल्य अशुल्ने गरेको सर्व साधारणले गुनासो गरेका छन् । कोरोना भाइरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने सर्जिकल माक्स मात्रै नभएर साधारण मास्क समेत बजारमा चर्को मुल्यमा विक्रिवितरण भइरहेको पाइएको हो ।

तीनै तहका सरकारले भाइरसबाट जोगिन उच्च सतर्कता अपनाई अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेपछी व्यपारीहरुले मास्कको मुल्य बढाएका हुन् । यतिवेला सवैले प्रायः मास्क लगाएर हिँड्न थालेका छन् । विभिन्न निजि तथा सामुदायीक विद्यालयहरुले पनि आफ्ना विद्यार्थीहरुलाई अनिर्वारुपमा विद्यालय आउँदा मास्कको प्रयोग गर्न लगाएको अभिभावकहरुले बताएका छन् ।

यतिवेला स्वास्थ्यको हव समेत रहेको विराटनगरका विभिन्न अस्पतालमा पनि सर्जिकल मास्कको अभाव भएको छ । मास्क अभाव हुन् थालेपछि बजारमा केहि व्यापारीहरुले कोरोना त्रासको फाईदा उठाउँदै महँगो मूल्यमा मास्क बेच्न थालेका छन् । ५ रुपैयामा पाईने मास्क अहिले २० देखी ५० रुपैयाँ सम्ममा बेच्ने गरेको पाइएको छ ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...