लकडाउनको मौका छोपी चोरीतस्करी, ८ जना समातिए

 न्यूज विराट
लकडाउनको मौका छोपी चोरीतस्करी, ८ जना समातिए

जनकपुर, ४ वैशाख-लकडाउनको मौका छोपी जंगलबाट चोरीतस्करी गर्नेविरुद्ध प्रदेश–२ मा वन कार्यालयले विशेष अभियान चलाएका छन् । यही अभियान अन्तर्गत बाराको चैतापुर वनबाट गएराती ८ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा २३ वर्षीय शिवनारायण माझी, २५ वर्षका रमेश माझी, ३० वर्षीय भजेन्द्र साह, ३२ वर्षीय यादव घिमिरे, २२ वर्षीय दीपक भण्डारी, ३२ वर्षीय परमेश माझी, २९ वर्षका बमभोली सहनी, ३८ वर्षीय नारायण चौधरी रहेका छन् ।

पक्राउ परेका सबै बाराको जितपुर सिमरा–१७ का रहेका जिल्ला वन कार्यालय बाराका अधिकृत मनजुर अहमदले वताए । उनीहरुको साथबाट भाला, बन्चरो, टर्च, जाल बरामद गरिएको वन अधिकृत अहमदले बताए ।

गस्ती टोली आएको थाहा पाएछि १ जना भने भाग्न सफल भएका र उनको खोजी भइरहेको बताइएको छ । प्रदेश–२ का उद्योग, वन, पर्यटन महानिर्देशनालयका अधिकृत सुरेश शर्माले प्रत्येक जिल्लामा वन तस्करविरुद्ध विशेष अभियान चलाइएको वताए ।

यो प्रदेशमा जम्मा ३.९९ प्रतिशत मात्रै वन क्षेत्र छ । जबकी एफआरएको तथ्यांक अनुसार प्रदेश १, ३, ४, ५, ६ र ७ मा क्रमशः १७.१६, १६.५, १२.३६, १४.७४, १७.९० र १७.३४ प्रतिशत वन क्षेत्र रहेको छ ।

सम्बन्धित समाचार

‘ह्वाइट मुन’ सेनेटरी प्याड बजारमा

विराटनगर । विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले नयाँ प्रोडक उत्पादन सुरु गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका – २ टंकिसनवारीमा रहेको इन्डष्ट्रिजले उच्च गुणस्तरको सेनेटरी प्याड बजारमा ल्याएको हो । ‘ह्वाइट मुन’ नाम दिएको सेनेटरी...

आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं, साउन २९ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग,...

मोरङ कारागारमा देवीको मन्दिर बन्दै

विराटनगर । विराटनगरस्थित मोरङ कारागार भित्र देवीको मन्दिर बन्ने भएको छ । कारागारभित्र महिलातर्फको ब्लकभित्र देवीको मन्दिर बन्ने भएको हो । नयाँ बन्ने मन्दिरको शिलान्यास शुक्रवार भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल,...

आगलागी प्रभावितलाई राहत प्रदान

लुम्बिनीमा गत बिहीबार भएको आगलागी प्रभावितलाई राहत सामग्री वितरण गरिएको छ । राष्ट्रियसभामा सत्ता पक्षका प्रमुख सचेतक खिमलाल भट्टराईको पहलमा खाद्यान्नलगायत राहत सामग्री शनिबार वितरण गरिएको हो । विद्युत चुहिएर लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४...

पाँच दलीय समन्वय समितिको बैठक बस्दै

काठमाडौं, ६ माघ । स्थानीय तहको निर्वाचन मिति लगायतका विषयमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समितिको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बैठक बस्न लागेको हो...

नेपालमा एकैदिन २१४ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८...

विश्व बाताबरण दिबसमा बुद्धोदय सहकारीद्धारा वृक्षारोपण

विराटनगर । विश्व बाताबरण दिबसको अबसरमा बुद्धोदय बचत तथा ऋण सहकार संस्था लि. लिे वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । विराटनगर ३ मा रहेको सहकारीले बुधबार वृक्षारोपण गरेको हो । सहकारीले अन्य विभिन्न संघसंस्थाको आयोजनामा...

‘चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गराएर मात्रै काममा लगाउनू’

काठमाडौं, २८ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनिवार्य पीसीआर परीक्षण गराएर कामकाजमा लगाउन अस्पतालहरूलाई निर्देशन दिएको छ । मन्त्रालयलेका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोभिड-१९ को संक्रमण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्