सीएनआई एक्स्पोको आकर्षण, झिंगे माछाबाट बनेको स्वादिलो अचारमा भिड

 न्यूज विराट
सीएनआई एक्स्पोको आकर्षण, झिंगे माछाबाट बनेको स्वादिलो अचारमा भिड

विराटनगर । विराटनगर–२ की कविता कार्कीले घरमा खानका लागि मात्रै बनाउँदै आएको माछाको अचार स्वादका पारखीहरुका लागि रोजाई बनेको छ । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोका हरेकजसो अवलोकनकर्तालाई उनले स्थानीय झिंगे माछाबाट बनेको अचार चाख्न आग्रह गर्दै त्यसको स्वादको पनि प्रतिक्रिया लिइरहेकी छन् ।

कविताले यसअघि कहिल्यै यसरी अचार बनाएर बिक्री गरेकी थिइनन् । गृहिणीका रुपमा मात्रै रहेकी उनले माछाको मौलिक स्वादयुक्त अचारलाई प्रवद्र्धन गर्ने थलोका रुपमा एक्स्पोलाई प्रयोग गरिन् । मेहनत गरेर अचार बनाइन् । उनले बनाएको माछाको अचार चाख्ने जोसुकैले पनि मिठो अचार बनेको प्रतिक्रिया दिइरहेका छन् । जसका कारण उनले भविष्यमा यसैलाई उद्यमका रुपमा अगाडि बढाउने योजना समेत बनाइसकेकी छन् ।
‘पहिले घरपरिवारभित्रै खानका लागि बनाइन्थ्यो, हाम्रो परिवारमा सानैबाट यो अचार बन्दै आएको थियो, पाहुनाहरुले स्वाद पनि मन पराउनु हुन्थ्यो’ उनले भनिन्, ‘मैले माछाको अचार व्यवसायिक रुपमा यहि एक्स्पोबाट सुरु गरेको हो, सवैबाट प्रतिक्रिया राम्रो आइरहेको छ, पाँच सय प्याकेट जति बिक्री पनि गरिसकेको छु ।’

आफ्नो स्टल अवलोकनमा पुग्नेहरुलाई उनले पहिले अचारको स्वाद चखाउँछिन् । अनि स्वादबारे प्रतिक्रिया लिंदै भान्सामा यस्तो अचारको महत्वबारे बुझाउने प्रयास पनि गरिरहेकी हुन्छिन् ।

अचार बनाउन प्रयोग गरिएको माछा विराटनगरकै हाट बजारहरुमा चौधरी समुदायका दिदीबहिनीहरुबाट किन्ने गरेको उनले बताइन् । अचारलाई आफ्नै भान्जीको नामबाट ‘सीया अचार’ को नामबाट ब्राण्ड दिएको जानकारी दिइन् ।

उनले एक्स्पो अवलोकनकर्ताहरुले अचार चाखेर राम्रो प्रतिक्रिया दिएकोले एक्स्पोपछि यसैलाई ब्राण्डिङ गरेर उद्योगका रुपमा अघि बढाउने घोषणा गरिन् ।
एक्स्पोमा करीव चार सय स्टलहरु रहेका छन् । ठुला ब्राण्डदेखि साना, लघु तथा कृषि उद्यमीहरुका स्टलहरु पनि रहेका छन् । विशेष गरी साना उद्यमीहरुलाई प्रवद्र्धन गर्न एक्पो निकै महत्वपूर्ण अवसर बनेको नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ का उपाध्यक्ष कृष्णकुमार अग्रवालले बताए ।
साना तथा महिला उद्यमीहरुलाई एक्स्पोमा सहभागी हुन स्थानीय तहहरुले प्रवद्र्धकको भूमिका निर्वाह गरिदिएर ठुलो सहयोग पु¥याएको उनले सुनाए । परिसंघले विराटनगर–२ शंकरपुर मार्गमा पहिलो पटक आयोजना गरेको एक्स्पो ऐतिहाँसिक रुपमा सफल बन्न लागेको पनि उपाध्यक्ष अग्रवालले जानकारी दिए ।

सम्बन्धित समाचार

कुनै चमात्कारिक अवस्थाबाहेक यही सरकारको निरन्तरता पाउँछ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै चमात्कारिक अवस्थाबाहेक यही सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक...

अहिलेसम्म प्रदेशको नाम राख्न नसक्दा लाज लागेको छः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण गर्न ढिला भएको बताएका छन् । मुख्यमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयको सभाहलमा मंगलबार नामकरणका लागि आयोजित सर्वदलीय बैठकको सुरुवात गर्दै उनले चेतना र संख्याको हिसाबले प्रदेश अग्रणी भए...

विराटनगरमा १ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरू (फोटो फिचर)

विराटनगर । १ नं. प्रदेश स्तरीय सुरक्षा गोष्ठी विराटनगरमा सुरु भएको छ । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन प्रदेश स्तरीय गोष्ठी विराटनगरस्थित बीग होटलमा शनिबारदेखि सुरु भएको हो । गोष्ठीको उद्घाटन प्रदेश १ का...

३६ घण्टा व्रत बसेर सकियो जितिया पर्व 

धनुषा, २६ भदौ-मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् । सप्तमी, अष्टमी र...

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व विभागको छापा, भन्सार छली गरेको आशंका

विराटनगर । विराटनगर ११ जनपथटोलमा रहेको कपडाको हलसेल पसल गर्ने स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसधान विभागको टोलीले छापा मारेको छ । आइतबार विभागको टोलीले छापा मानेर सप्लायर्सको कागजपत्र बरामद गरेको छ । विभागले भन्सारबाट...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना संक्रमणमुक्त, १७७ संक्रमित थपिए

विराटनगर, १४ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट सात र मेची अस्पतालबाट एक जना संक्रमणमुक्त भएका...

तिब्बतबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग

चीनको स्वशासित क्षेत्र तिब्बतले कोरोना भाइरसका विरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।बुधबार सिन्धुपाल्चोकको तातोपानी नाकामा नेपाली पक्षलाई हस्तान्तरण गरिएका स्वास्थ्य सामग्री बिहीबार काठमाडौं ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । तिब्बतले १० हजार एन ९५ मास्क,...

कोशी प्रदेशको नामकरण छलफलको माध्यमबाटै टुंगिन्छ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार साझ संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘यो विषय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्