मोरंगको पथरीमा जग्गा बिबादमा आमाको हत्या , हत्या आरोपमा छोरा पक्राउ

 न्यूज विराट
मोरंगको पथरीमा जग्गा बिबादमा आमाको हत्या , हत्या आरोपमा छोरा पक्राउ

विराटनगर, १८ माघ । मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

यही माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गरेको ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले हिजो दिउँसो श्रेष्ठलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा बनाएको र उक्त कुरा आमा लगायत अन्य भाईहरुलाई जानकारी भए पश्चात अदालतमा मुद्धा समेत परेको तथा अदालतले उक्त जग्गा मध्ये  ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको हुँदा रिशको आवेगमा आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार

अब नेपाल एयरलाइन्सकाे टिकटबाटै युरोप, अस्ट्रेलियाकाे यात्रा गर्न पाइने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अस्ट्रेलिया र एसियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता...

विराटनगरमा रथयात्राको तयारी तीब्र

विराटनगर । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ ।बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा रथ घुमाउने रुटमा पर्ने केवल, नेट, विद्युतको तार र सडकको अवस्थाका विषयमा निरीक्षण गरिएको छ । रथ घुमाउन...

मौद्रिक नीति प्रति विराटनगरका उद्योगी सकारात्मक

विराटनगर । नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । कुनै पनि देशको केन्द्रीय बैंकले ल्याउने बृहत आर्थिक नीतिलाई मौद्रिक नीति भनिन्छ । मुलुकभित्र हुने पैसा (मुद्रा) को व्यवस्थापन,...

लागुऔषधसहित ८ जना पक्राउ

काठमाडौं, २० पुस । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ठूलो मात्रामा लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिका साथबाट करिब पाँच हजार लागुऔषध एम्पुलका क्याप्सुल बरामद गरेको छ । उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट...

युवा र खेलकुद क्षेत्रलाई एमालेले मात्र प्राथमिकतामा राख्छ :अध्यक्ष पोखरेल

  विराटनगर । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले खेलकुद र युवालाई उच्च प्राथमिकतामा राख्ने पार्टी नेकपा एमाले मात्रै रहेको बताउनुभएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजना तथा नेपाल खेलकुद महासंघ...

यातायातमा ६२ करोड भ्रष्टाचार प्रकरण : तत्कालीन प्रमुखसहित पाँच जना गए कारागार

विराटनगर । राजस्व रकम हिनामिनासम्बन्धी मुद्दामा दोषी ठहर भएर कैद सजाय तोकिएका यातायात कार्यालयका पाँचजना पूर्वकर्मचारी पक्राउ परेका छन्।यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालीन प्रमुख नयराज नेपाल र लेखापाल मणिराज दाहालसहित पाँचजनालाई जिल्ला प्रहरी...

मोरङ ४ मा अमनलाल मोदीको अग्रता कायमै

विराटनगर । मोरङको क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले आफ्नो अग्रता बढाएका छन्। २ हजार १ सय ४४ मत खसेको मध्ये २ हजार १० मत सदर भएको मोरङ क्षेत्र नं. ४ का निर्वाचन...

बढी मूल्यमा नुन बेच्दा २ लाख जरिमाना

काठमाडौं, १२ वैशाख-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई २ लाख रुपैयाँ जरिमाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्