क्वारेन्टाईनका लागि होस्टल एसोसिएसनले हजार बेड उपलब्ध गराउने

 न्यूज विराट
क्वारेन्टाईनका लागि होस्टल एसोसिएसनले हजार बेड उपलब्ध गराउने

काठमाडौं, १ वैशाख-नेपालका होस्टल व्यवसायीहरूले सरकारलाई क्वारेन्टाईन स्थल निर्माणमा सहयोग गर्ने भएका छन् । नेपाल होस्टल एसोसिएसनका अध्यक्ष भक्ति पाठकद्वारा सोमबार जारी गरिएको शुभकामना मन्तव्य तथा सार्वजनिक आव्हानसहितको वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।

‘हामीले राज्यले आवश्यक ठानेको खण्डमा कोभिड–१९ का सम्भावित सङ्क्रमितको लागि आवश्यक पर्ने क्वारेन्टाइन निर्माणको लागि आवश्यक पर्ने बेड तथा भवनहरू समेत सरकारलाई उपलब्ध गराउने निर्णय गरेका छौँ’ पाठकले जारी गरेको वक्तव्यमा लेखिएको छ,  ‘नेपाल सरकारलाई यसै सन्देश मार्फत आवश्यक परे हाम्रो तर्फबाट जस्तोसुकै सहयोग उपलब्ध हुने समेत जानकारी गराउन चाहन्छौँ ।”

उनले सरकारलाई भौतिक सहयोग गर्ने निर्णय एसोसिएसनको अनलाइन बैठकले गरेको समेत उल्लेख गरेका छन् । आफूहरूको निर्णयबारे स्पष्ट पार्दै पाठकले भने, ‘यो बेला सबै क्षेत्र, वर्ग, व्यवसायी र समुदायले सरकारलाई सहयोग गर्ने समय भएकोले कर्तब्यबोध गर्दै यो निर्णय गरिएको हो ।’

एसोसिएसनका केन्द्रीय सल्लाहकार दीपक बरालले सरकारलाई आवश्यक परेको खण्डमा तीन सय भन्दा बढीलाई क्वारेन्टाइनमा राख्न सक्ने गरिको संरचना उपलब्ध गराउन आफू स्वयम् समेत तयार रहेको जानकारी दिए । उनले यो विषम परिस्थितिमा होस्टल व्यवसायीहरूले थोरै सहयोग गर्दा समेत त्यसले राज्यलाई महत्त्वपूर्ण सहयोग पुग्ने ठहर गरी यस्तो निर्णय गरेको बताए ।

सम्बन्धित समाचार

भिरबाट जङ्गलमा झरेर छटपटिएका कैलाशमको आर्या न्यूरो हस्पिटलमा सफल उपचार

विराटनगर । उपचार नपाएर पाँच दिनदेखि धरानको जङ्गलमा छटपटिएका कैलालीको टिकापुर ६ का ४० वर्षीय कैलाश चौधरीको सफल उपचार भएको छ । चौधरीको विराटनगरस्थित आर्या न्युरो हस्पिटलमा सफल उपचार भएको हो । लेभर काम गर्ने...

भन्सार छलेर ल्याइँदै गरेको ५० लाख मूल्यबराबरका लत्ताकपडा बरामद

विराटनगर, फागुन २–इलामको पशुपतिनगर नाकाबाट भन्सार छलेर ठूलो परिमाणको लत्ताकपडा भित्रिइरहेको खुलासा भएको छ । साता दिनअघि इलाका प्रहरी कार्यालय पशुपतिनगरले करिब १५ लाख मूल्यबराबरको लत्ताकपडा बरामद गरेको घटाना सेलाउन नपाउँदै झापा प्रहरीले शुक्रबार करिब...

विराटमा दुर्लभ उपचार, समय अगावै जन्मिएका ७०० ग्राम तौल भएका नवजात शिशुको सफल उपचार

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा प्रिटम अर्थात् समय अगावै जन्मिएका कम तौल भएका नवजात शिशुको सफल उपचार भएको छ । हस्पिटलमा आएको २६ हप्ताको ७ सय ग्राम तौल भएको नवजात शिशुको सफल उपचार भएको...

विवादित अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सकारात्मक

काठमाडौं, ११ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विवादित अध्यादेश फिर्ता लिन सकारात्मक बनेका छन् । बिहीबार बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डसँगको भेटमा उनी अध्यादेश फिर्ता लिन सकारात्मक भएको उच्च...

राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी हुन् । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी...

धरानस्थित बीपी प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु

सुनसरी, २ मंसिर-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उपचारका क्रममा सुनसरी र तेह्रथुमका दुई महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले...

हतियारसहित २ जना पक्राउ

जनकपुर, ४ जेठ-धनुषाबाट हतियारसहित २ युवक पक्राउ परेका छन् । उनीहरू जिल्लाको शहिदनगर नगरपालिका-३ झण्डा चौकबाट पक्राउ परको हुन् ।पक्राउ पर्नेमा कमला नगरपालिका ८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २०...

कोशी प्रदेशमा ३ असारबाट खेलकुदको कार्यक्रम सुरु, तेह्रथुमबाट हुँदैछ उद्घाटन

विराटनगर । कोशी प्रदेशमा असार ३ गतेबाट खेलकुदका प्रतियोगिताहरु सुरु हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले विभिन्न १२ खेलका प्रतियोगिताहरु असार ३ गतेदेखि सञ्चालन गर्न लागेको हो । तेह्रथुममा एक भव्य कार्यक्रम आयोजना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्