राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

 न्यूज विराट
राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी हुन् ।

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर राजनीतिक दल विभाजन गर्न मिल्ने अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

यसअघिराजनीतिक दलसम्बन्धी ऐनमा रहेको व्यवस्थामा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या पुर्‍याउनु पर्ने प्रावधान थियो । तर, सरकारले त्यो प्रावधानलाई खुकुलो बनाउँदै केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याए दल विभाजन गर्न सकिने व्यवस्था अध्यादेशमार्फत गरिएको छ ।

सम्बन्धित समाचार

उत्कृष्ट विद्यार्थीलाई कान्तिपुर कलेजको सम्मान

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजले विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । कलेज परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको हो ।कलेजले अतिरिक्त क्रियाकलाप अन्तर्गत निबन्ध लेखन, कान्तिपुर क्विज, कविता...

मोरङ ४(१) मा काँग्रेसका घिमिरेको सुरुवाती अग्रता

विराटनगर । मोरङ क्षेत्र नं. ४(१) प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका गुरुप्रसाद घिमिरेले सुरुवाती अग्रगता कायम गरेका छन् । प्रदेशतर्फ २ हजार १ सय ३९ मत गणना हुँदा घिमिरेले ९ सय ७ मत ल्याएका छन् ।...

उदयपुरमा कोरोना पुष्टिपछि घोडेटार बजार पूर्ण रूपमा बन्द

भोजपुर, ९ वैशाख-छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ । उदयपुरमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो जिल्लासंँग जोडिएका नाका बन्द...

न्यायलयको पुनर्सरचना आवश्यक

विराटनगर । संघीयताको मर्म अनुसार न्यायलयको पुन संरचना आबश्यक रहेको न्याय क्षेत्रका विज्ञहरूले बताएका छन् ।आज विराटनगरमा आयोजित कोशी प्रदेशका अधिबक्ताहरूका लागि संवैधानिक कानुन सम्बन्धी विशिष्टीकृत तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै न्याय क्षेत्रका विज्ञहरूले संघीयताको...

उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ

आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो...

गठबन्धन कार्यदलकाे पहिलाे बैठक आज

आगामी चुनावका लागि सिटको बाँडफाँट गर्न गठित सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दैछ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा तालमेल गरेर अगाडि बढ्ने सहमति पाँचदलीय सत्ता गठबन्धनले गरिसकेको छ...

नवनियुक्त तीन मन्त्रीले पनि लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले तीन सदस्य मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार शपथ लिएसँगै मुख्यमन्त्री थापाले तीन सदस्य मन्त्रीमण्डल वितरण गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले बुधबार नै मन्त्री पदको शपथ लिएका छन्...

मध्य असारमा कोशी प्रदेशमा १३.७१ प्रतिशत रोपाइ

विराटनगर । कोशी प्रदेशको कुल धानखेती हुने क्षेत्रमध्ये १३.७१ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । गत वर्ष यस अवधिमा १६ दशमलव ९६ प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष भने गतवर्षको तुलनामा कम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्