राशिफल

भन्सार छलेर ल्याइँदै गरेको ५० लाख मूल्यबराबरका लत्ताकपडा बरामद

 न्यूज विराट
भन्सार छलेर ल्याइँदै गरेको ५० लाख मूल्यबराबरका लत्ताकपडा बरामद

विराटनगर, फागुन २–इलामको पशुपतिनगर नाकाबाट भन्सार छलेर ठूलो परिमाणको लत्ताकपडा भित्रिइरहेको खुलासा भएको छ । साता दिनअघि इलाका प्रहरी कार्यालय पशुपतिनगरले करिब १५ लाख मूल्यबराबरको लत्ताकपडा बरामद गरेको घटाना सेलाउन नपाउँदै झापा प्रहरीले शुक्रबार करिब ५० लाख मूल्यबराबरको लत्ताकपडासहित एउटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेची राजमार्ग्स्थित मेचीनगर– १२, धाइजनबाट इलाम पशुपतिनगरबाट झापातर्फ आउँदै गरेको मे१ज १८०७ नम्बरको पिकअप भ्यानसहित सो मूल्यबराबरको लत्ताकपडा बरामद गरेको हो ।

झापा प्रहरीले शुक्रबार पत्रकार सम्मलेन गर्दै बरामद गरिएको लत्ताकपडाका बारेमा जानकारी गराएको हो । बरामद गरिएका सामानमा नेट, सुती तथा फेन्सी साडी, कुर्ता सलवार, सर्ट तथा थान कपडा गरी १६ प्रकारका लत्ताकपडा रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

बिलमा सामानको मूल्य १४ लाख २८ हजार उल्लेख गरिएको र भीसीटीएस सिस्टमबाट सामान पठाउनुपर्नेमा त्यो पनि नभेटिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सामानको पोकामा ‘भूपाल इटहरी’ लेखिएको छ । बरामद गरिएका सामानको ५० लाख ३१ हजार १ सय र भ्यानको १० लाख गरी ६० लाख ३१ हजार १ सय मूल्य कायम गरी आवश्यक कारबाहीका लागि इटहरीस्थित राजस्व अनुसन्धान विभागमा पठाइसकिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...