
प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले सुनसरीको बराहक्षेत्र नगरपालिका–८ कि ३८ वर्षीया महिलाको सोमबार मृत्यु भएको जानकारी दिएका छन् । उनमा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरि, तेह्रथुमकी २० वर्षीया युवतीको पनि उपचारका क्रममा मृत्यु भएको छ । रगत र श्वासप्रश्वास सम्बन्धी समस्याले पीडित युवतीमा ३० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि प्रतिष्ठानको आइसीयु कक्षबाट सोमबार कोभिड–१९ अस्पतालमा भर्ना गरिएकी उनको गएराति मृत्यु भएको हो ।