राशिफल

विराटमा दुर्लभ उपचार, समय अगावै जन्मिएका ७०० ग्राम तौल भएका नवजात शिशुको सफल उपचार

 न्यूज विराट
विराटमा दुर्लभ उपचार, समय अगावै जन्मिएका ७०० ग्राम तौल भएका नवजात शिशुको सफल उपचार

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा प्रिटम अर्थात् समय अगावै जन्मिएका कम तौल भएका नवजात शिशुको सफल उपचार भएको छ । हस्पिटलमा आएको २६ हप्ताको ७ सय ग्राम तौल भएको नवजात शिशुको सफल उपचार भएको हो ।
कम तौल भएको नवजात शिशुको सफल उपचार हस्पिटलका नवजात शिशु तथा बालरोग विशेष डाक्टर दिप राज उपाध्यय अधिकारी, बाल सर्जन डा. हिरामणी पाठक, स्त्री तथा प्रसूती रोग विशेष डा. मोनाप्रिया दर्शनीको टिमले गरेको छ ।
गत वैशाख २१ गते सुनसरी धरान १६ की २३ वर्षीया पवित्रा खड्का बिराट नर्सिङ होम आएकी थिइन् । उनी २६ हप्ताको गर्भवती थिईन् । विपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा नियमित चेपअप गरिरहकी उनको पाठेघरमा पानी कम थियो । त्यो भन्दा जटिल स्थिति सालमा देखिएको समस्याले आमाले खाएको खाने कुरा शिशुले लिन नसक्दा बृद्विविकास रोकिएको थियो । त्यसपछि उनी विराट नर्सिङ्ग होम आएकी हुन् ।

स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर दर्शनीका अनुसार पवित्राको गर्भवती अवधि महिनावारीका हिसाबले २९ हप्ता भएको थियो । ‘भिडियो एक्स–रे मा भने २६ हप्ता देखिन्थ्यो । बच्चाको तौल ७०० ग्राम मात्रै रहेकाले समस्या थियो । यस्तो अवस्थालाई मेडिकल भाषामा आईयुजिआर (इन्ट्रा–युरेटाईन ग्रोथ रिटार्डेशन) भनिन्छ,’ उनले भनिन्, ‘आमाको स्वास्थ ठिकठाक भएपनि पेटमा शिशुको विकास हुन सकेन । यो अवस्थालाई आइडियोप्याथी भनिन्छ । किन यहि समस्या हो भन्न सकिदैन तर खासमा आमा र शिशुलाई जोड्ने सालले राम्रो काम नगर्दा खाना आदनप्रदान हुदैन । जसको कारण गर्भमा शिशुको बृद्विविकास रोकिन पुग्छ ।’

बिराटमा भएको विशेषज्ञ चिकित्सकको टिमले सात सय ग्राम तौल जन्मिएको नवजात शिशुको सफल उपचार गरेको कारणले अहिले तौल बढदै गएको नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर अधिकारीले बताए । ‘गर्भमा भएको शिशुको फोक्सोले श्वास लिने र फाल्ने अवस्थालाई मजबुत बनाउनका लागि सर्फ्याटिन प्रोटिनको प्रयोग बढाईयो,’ उनले भने, ‘बिराटमा फोर लेभलको एनआईसियु रहेको छ । सुरक्षित प्रसुतीपछि शिशुलाई भेन्टिलेटरमा राख्न जोमिख थियो । सि–पाप (कन्टिन्यु पोजेटिभ एयरवे प्रेसर) विधि प्रयोग गरियो । जसले शिशुलाई आवश्यक पर्ने अक्सिजन सप्लाई गर्दथ्यो । यो मेथडले शिशुको शरीरका अंगमा असर गर्दैन । यदि भेन्टिलेटरमा राख्नु परेको भए शिशुको आँखामा समस्या आउन सक्दथ्यो ।’ डाक्टर अधिकारीका अनुसार अहिले नवजात शिशुको स्वास्थ्य धेरै राम्रो भएको बताए । ‘आँखामा पनि कुनै समस्या छैन,’ उनले भने, ‘तौल पनि वृद्धि भइरहेको छ । अहिले ८ सय ५० ग्राम तौल पुगेको छ । १ केजी ४ सय ग्राम तौल भएपछि नवजात शिशुलाई डिस्चार्ज गर्नेछौं ।’
हस्पिटलले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर नवजात शिशुको उपचारमा कुनै समस्या आउन नदिने बताएका छन् । २३ वैशाखमा प्रसूती भएपछि जन्म भएको नवजात शिशुको आँखा तथा कानमा समेत कुनै असर देखिएको छैन । सबै शारीरिक विकास भइरहेको चिकित्सक अधिकारीले बताए ।

सामान्यतः ३७ देखि ४० हप्तामा शिशु जन्मनुलाई समय पुगेको मानिन्छ । ३५ देखि ३७ हप्तामा लेस प्रिटम भनिन्छ । यो अवधिमा शिशुको वजन नर्मल भए यसलाई नराम्रो मानिने छैन । तर एककेजी भन्दा कम वजन भएका शिशु जन्मनुलाई अत्याधिक कम तौल मानिन्छ ।
विराटमा अहिले आमा पवित्राले आफ्नो पहिलो सन्तानलाई छातिमा टँसाएर बस्छिन् । यसलाई कङ्गारु मदर लभ भनिन्छ । दैनिक चार घण्टा पवित्राले यसरी खुशी साट्ने गरिरहेकी छिन् ।

सम्बन्धित समाचार

कोशी प्रदेशमा माओवादीका पूर्वाधार र पर्यटनमन्त्रीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । मंगलर माओवादीको...

कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीद्धार फिर्ता गर्ने निर्णाय, हिक्मत कार्कीको सरकार अल्पमतमा

विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णाय गरेको छ । आज दिउँसो माओवादी केन्द्र कोशी प्रदेशको पदाधिकारीको बैठकले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णाय गरेको हो...

कोशी प्रदेश सरकार छाडन आज औपचारिक निर्णय गर्दै माओवादी

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज दिउँसो ११ बजे बस्ने संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो ।...

माओवादी कोशी प्रदेश संसदीय दलको बैठक सुरू, समर्थन फिर्ताको सक्भावना

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । आज सुरू भएको बैठकमा सरकारबारे छलफल हुने भएको हो । माओवादी कोशी प्रदेशका एक सांसदका अनुसार बैठकमा सरकार छाड्ने विषयमा छलफल...