भिरबाट जङ्गलमा झरेर छटपटिएका कैलाशमको आर्या न्यूरो हस्पिटलमा सफल उपचार
आइतबार, १२ कार्तिक, २०८०,
न्यूज विराट
विराटनगर । उपचार नपाएर पाँच दिनदेखि धरानको जङ्गलमा छटपटिएका कैलालीको टिकापुर ६ का ४० वर्षीय कैलाश चौधरीको सफल उपचार भएको छ । चौधरीको विराटनगरस्थित आर्या न्युरो हस्पिटलमा सफल उपचार भएको हो ।
लेभर काम गर्ने चौधरी कामको सिलसिलामा भदौको पहिलो साता तेह्रथुम जाने भनेर घरबाट हिँडेका थिए । उनी भदौ १२ गते सार्वजनिक सवारी साधन चढेर धरानबाट उकालो लागे । भेडे टारदेखि मुनिको जङ्गलमा शौच लागेपछि गाडी रोकेको थियो । शौच गर्न गएका चौधरीलाई रिगाटा चलेपछि जङ्गलको भिरबाट खोल्सीमा झरे । भिरबाट झरेपछि उनी बेहोस भए । दुई दिनसम्म होस आएन । भिरबाट लडेको पाँचौँ दिन जङ्गल घाँस काट्न गएका स्थानीयले उनी लडेको देखेपछि उद्धार गरेर धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा ल्याए । उक्त हस्पिटलमा उपचार सम्भव नहुने भएपछि थप उपचारको लागि विराटनगर लैजान सुझाव दिए । त्यसपछि चौधरीलाई विराटनगर ३ कन्चनबारीस्थित आर्या न्युरो हस्पिटलमा लिएर आए । आर्यामा ल्याउँदा ठाउँमा चोट लागेर किरा परेको थियो ।
‘घाउमा किरा पलाएको थियो । मेडिकल भाषामा ‘म्यागोस’ पलाएको थियो । यो किरा कुहिएको चिजमा लाग्ने किरो हो,’ उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डाक्टर पंकजराज नेपालले भने, ‘ यहाँ ल्याएपछि तीन दिन लगाए घाउ सफा गरियो । घाउमा किरा थियो । मस्तिष्कमा किराको फुलहरू थियो । हामीले प्लास्टिक सर्जरी गरेर कैलाशलाई बचाउन सफल भयौँ । ’ छारे रोगले एटायक गर्दा पनि यस्तो हुने उनले बताए । ‘एक्कासि रिगाटा लागेर ढलेको हुनाले छारे रोगले एट याक गरेको हुनसक्छ,’ डाक्टर नेपालले भने, ‘हस्पिटलमा बैलेमा ल्याएकोले हामीले उपचार गरेर बचाउन सक्यौँ ।’ लामो समयसम्म उपचार गरेपछि चौधरी ठिक भएकाले डिस्चार्ज गरिएको उनले बताए । ‘डिस्चार्ज गर्दा घाउ एकदमै राम्रो भाको छ,’ उनले भने, ‘रिकभर राम्रो भएपछि अहिले कैलाशलाई घर पढाएको छ । ’
कैलाशकी श्रीमती सविताले श्रीमानले आर्या न्युरो हस्पिटलमा नयाँ जीवन पाएको बताइन् । ‘पाँच दिनदेखि जङ्गलमा पानी मात्र खाएर बसेका श्रीमानलाई जङ्गल गएका कृषकले उद्धार गरेर हस्पिटल ल्याउनुभएको रहेछ । यहाँ ल्याएपछि श्रीमानले राम्रो उपचार पाउनुभयो । अहिले निक्कै ठिक हुनुभएको छ । उपचार गरेर श्रीमानलाई पुनः जन्म दिने हस्पिटल र चिकित्सकप्रति आभारी छु,’ उनले भनिन् ।
विराटनगर, १७ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण भएको छ । ९७४ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना संक्रमण देखिएको...
एजेन्सी, बैशाख १५-विश्वभर नै तेलको भण्डारण क्षमता समाप्त हुँदै गएको छ । कोरोना भाइरसका कारण तेलको मागमा अत्यधिक कमी तथा मूल्यमा गिरावट आइरहे पनि उत्पादन कटौती नहुँदा भण्डारण क्षमता सकिँदै गएको हो । तेल उत्पादन...
काठमाडौं, ७ जेठ । संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका छन् । राष्ट्रपतिले प्रतिनिधिसभाका दुई वा...
विराटनगर, २७ असार । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन शनिबार सम्पन्न भएको छ । भर्चुअल अनलाईन विधिबाट गरिएको क्लबको १७ औँ साधारणसभा तथा नयाँ नेतृत्पको पदस्थापन समारोहमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर...
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको तीन ठाउँको सडकमा ‘जेब्रा क्रसिङ्ग’ मा रङ लगाएको छ । विराटनगर – ९ ट्राफिक चोकसहित मुख्य क्षेत्रको सडकहरूमा सोमबार जेब्रा क्रसिङ्गमा रङ लगाएको हो । ट्राफिक चोकसहित...
काठमाडौं, १२ असार-काठमाडौं उपत्यकासहित देशकमा विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का विभिन्न स्थानमा वषा भइरहेको हो । हाल...
काठमाडौं, ३ जेठ-महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनै पनि अस्पतालकर्मी कोभिड–१९ बाट सङ्क्रमित नभएको जनाएको छ । शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खण्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले हालसम्म कोही...
सुर्खेत, ७ असार-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख अमरबहादुर मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्यालय कर्मचारी नियुक्ति गर्दा अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन...