पोखरा महानगरले दियो कास्कीका ४ गाउँपालिकालाई पीपीई

 न्यूज विराट
पोखरा महानगरले दियो कास्कीका ४ गाउँपालिकालाई पीपीई

पोखरा, २ वैशाख-पोखरा महानगरपालिकाले कास्कीका ४ वटै गाउँपालिकालाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पीपीई प्रदान गरेको छ । पोखरा महानगरपालिकाले रूपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकालाई १०/१० थान पीपीई मंगलबार प्रदान गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरलाई पिपिई सामाङग्री हस्तान्तरण गरेका छन् । त्यसैगरी, उपप्रमुख मञ्जुदेवी गुरुङले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विक्रम गुरुङलाई र प्रमुख प्रशासकीय अधिकृत ध्रुवकुमार पोखरेलले रूपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेललाई पीपीई सामाग्री हस्तान्तरण गरेका हुन्।

यस्तै, मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटासमेतलाई सामग्री हस्तान्तरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख जिसीले कास्कीका स्थानीय तहको नेतृत्वदायी भूमिका निर्वाह गर्न र दुःखमा साथ दिन पोखरा महानगर साथमै छ भन्ने सन्देश दिन सामग्री हस्तान्तरण गरेको बताए ।

सम्बन्धित समाचार

डा. बालकृष्ण साह समानुपातिक सांसदमा सिफारिस

विराटनगर । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साह समानुपातिक सांसदमा नेपाली काँग्रेसले सिफारिस गरेको छ । डा. साहलाई सुनसरी क्षेत्र नं. २ को (ख) बाट समानुपातिक सांसदमा सिफारिस गरेको हो । स्वास्थ्य...

खोप परीक्षणका लागि स्वयंसेवकलाई सक्रिय कोरोना भाइरस 

एजेन्सी, ९ असोज-कोभिड–१९ विरुद्ध खोप परीक्षण गर्न स्वस्थ स्वयंसेवकहरूलाई सक्रिय कोरोना भाइरस दिने तयारी गरिएको छ । बेलायत स्वस्थ व्यक्तिलाई संक्रमित बनाउने पहिलो मुलुक बन्न सक्ने बताइएको हो । ‘च्यालेन्ज ट्रायल’ भनिने सो परीक्षण लन्डनमा...

कांग्रेस केन्द्रीय समितिको बैठक आज, यी विषयमा हुनेछ छलफल

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सेनपामा दिउँसो २ बजे बैठक बस्न लागेको हो । यसअघि २०७७ चैत ३० गते बैठक बोलाइएको थियो । तर, कांग्रेस वरिष्ठ...

झापाको दमकका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि

झापा,  २० असोज-झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला ओली र छोरा...

चोरीको झुठो सूचना दिने दुईजना पक्राउ

जनकपुरधाम । कार र नगद लुटेको भनेर झुठो सूचना दिने दुईजनालाई धनुषा प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका– ७ का दीपनारायण यादव र उनका साथी आशाराम चौधरी रहेका छन्...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको एमडी र एमएसको प्रवेश परीक्षा रद्द

पोखरा, फागुन ११–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर प्रवेश तहको परीक्षा रद्द भएको छ । परीक्षा समितिले आइतबार सूचना निकालेर एमडी र एमएस (स्नातकोत्तर) तहको प्रवेश परीक्षा रद्द भएको जनाएको हो । शनिबार भएको...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो ठेला रिक्सा

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न परिवारका महिलाहरुको आय आर्जनका लागि ठेला रिक्सा वितरण गरेको छ । एक कार्यक्रमकाबिच रोटरी क्लब अफ विराटनगर डाउनटाउनले दुई जना महिलाहरुलाई व्यापार सञ्चालन गरि जिविकोपार्जन गर्न दुई...

एमालेको उद्योग विभाग प्रमुख बने विराटनगरका मोती दुगड

विराटनगर, २ पुस । व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । दुगड केपी शर्मा ओली...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्