ज्येष्ठ नागरिकलाई राहतस्वरुप मासिक १० हजार दिइने

 न्यूज विराट
ज्येष्ठ नागरिकलाई राहतस्वरुप मासिक १० हजार दिइने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहतस्वरुप ३ महिनाका लागि मासिक १० हजार रुपैयाँ दिने तयारी गरेको छ ।

विश्वभरि नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेको अवस्थामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका करिब १ हजार ५ सय ज्येष्ठ नागरिकलाई उक्त राहत दिने तयारी गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कुरा गर्दै भने, ‘ज्येष्ठ नागरिकको रोगसँग लड्न प्रतिरोधात्मक क्षमता पनि कम हुन्छ, उनीहरूलाई राम्रो खानपानका लागि राहतस्वरुप मासिक १० हजार दिने तयारी गरेको हो ।’ मन्त्रालयको उक्त प्रस्तावलाई कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पास गरेपछि काम अघि बढ्ने छ ।

मन्त्रालयले उक्त भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि पशुपति वृद्धा आश्रम, खगेन्द्र नवजीवन केन्द्र, मङ्गला सहाना पुनःस्थापना केन्द्रलगायत ठाउँमा र अपाङ्गता भएका व्यक्ति र अनाथलयमा स्यानिटाइजर, मास्क, साबुनलगायत सुरक्षासँग सम्बन्धित सामग्री वितरण आवश्यक व्यवस्था मिलाएको छ ।

‘रोगसँग लड्ने क्षमता ज्येष्ठ नागरिकमा कम हुन्छ, अपाङ्गता भएका व्यक्ति, सुत्केरीलाई विशेष व्यवस्था गर्न विशेष मन्त्रालयले आह्वान गरेको छ’ मन्त्री गुरुङले भने, ‘संवेदनशील व्यक्तिलाई घरमा पनि छुट्टै कोठामा राख्न आग्रह गर्छु, बाहिरबाट गएका व्यक्तिको सम्पर्कमा नआउन र सरसफाइ ध्यान दिन आग्रह गर्छु ।’

मन्त्रालयका उपसचित भरतराज शर्माका अनुसार देशभरिको वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई ३ महिनाको राहत उपलब्ध गराउने तयारी भएको र सोही अनुपातमा अपाङ्गता भएका, बालगृहमा बसेका बालबालिका र मानव बेचबिखनमा परेकालाई राहत उपलब्ध गराउन तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । मन्त्रालयले महिला तथा बालबालिका विभागमार्फत कोरोना हेल्थ डेस्क सञ्चालन गरिहेको छ भने मन्त्रालयको मोबाइल टोलीले काठमाडौं, भक्तपुर र ललितपुरमा सेवा दिइरहेको छ । रासस

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्