
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेलाई साइजमै राख्न गठबन्धन गर्नुपर्ने बताएका छन् ।
सोमबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले चुनावमा गठबन्धन गर्नुपर्ने बताएका हुन् । पौडेलले असंवैधानिक कदम चालेका केपी ओली र एमालेविरुद्ध गठबन्धन गरेरै लड्नुपर्ने बताए ।
‘बारम्बार असंवैधानिक कदम चालेका केपी ओली र उनकाे दलविरुद्ध हामीसँगै लडेका हौँ,’उनले भने, ‘एमालेलाई साइजमा राख्न एकीकृत समाजवादी र माओवादी केन्द्रलाई भोट थपिदिनुपर्छ ।’