कांग्रेसमा फेरि विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

 न्यूज विराट
कांग्रेसमा फेरि विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

काठमाडौं, फागुन २२–महाधिवेशन मिति सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मंसिर २६ देखि पुस ११ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार र्गयो। सभापति शेरबहादुर देउवाले बहुमतबाट महाधिवेशन मितिलगायतका महत्त्वपूर्ण निर्णय गरे।

पार्टी सभापति एकलौटी रुपमा अगाडि बढ्न खोजेको भन्दै पौडेल समूह थप चिढियो। शीर्ष नेताहरुबीच माघ १० गते महाधिवेशनको आन्तरिक कार्यतालिका परिमार्जनलगायत भ्रातृसंस्थामा भागबण्डा गर्ने विषयमा सहमति भएपछि कांग्रेसभित्रको विवाद मत्थर भएको थियो। तर डेढ महिना नपुग्दै कांग्रेसभित्र फेरि पुरानै विवाद बल्झिएको छ।

सभापति देउवाले कार्यकालको अन्तिममा केन्द्रीय विभाग गठन, केन्द्रीय सदस्य मनोनीत गर्नुका साथै पार्टीका सांगठनिक संरचना गठन तथा विस्तार गर्न थालेपछि पौडेल पक्ष फेरि रुष्ट बनेको हो।

आफूहरुको असहमतिका बीच सभापति देउवाले महाधिवेशनलाई प्रभावित पार्ने गरी विभाग गठन र केन्द्रीय सदस्य मनोनीत गरेको आरोप पौडेल समूहको छ। पौडेल समूहले महाधिवेशनबाहेकका विषयमा सभापति देउवाले बोलाएको केन्द्रीय समिति र अन्यय कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ। अन्नपूर्ण पोष्टबाट

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College