थ्री नेसन्स कप : बंगलादेशलाई हराउँदै नेपाल बन्यो विजेता - News Birat

थ्री नेसन्स कप : बंगलादेशलाई हराउँदै नेपाल बन्यो विजेता

न्यूज विराट

नेपाल थ्री नेसन्स कपको विजेता बनेको छ । सोमबार बेलुका दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ को गोल अन्तरले हराएको हो ।

नेपालका लागि १७ औं मिनेटमा संजोक राईले गोल गर्दै सुरुवाती अग्रता दिलाए । संजोकले  सुनिल बलको कर्नरमा डी बक्सभित्रबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । नेसन्स कपका लागि राष्ट्रिय टोलीमा परेका संजोकले डेब्यू गोल गरेका हुन् ।

खेलको ४१औँ मिनेटमा विशाल राईले गोल गरेपछि नेपाल बंगलादेशविरुद्ध पहिलो हाफमै २–० को अग्रता लिन सफल भयो । दोस्रो हाफमा बंगलादेशलाई जवाफी गोल फर्काएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles