दिलिप महतोका हत्यारालाई फाँसीको माग गर्दै प्रदर्शन

 न्यूज विराट
दिलिप महतोका हत्यारालाई फाँसीको माग गर्दै प्रदर्शन

जनकपुर, पुस २६–अवैध उत्खननविरुद्ध सामाजिक रुपमै अभियान चलाएका युवा अभियन्ता दिलीपकुमार महतोको हत्याको विरोधमा जनकपुरधामका युवाहरुले शनिबार प्रदर्शन गरेका छन् । जनकपुरधामको रामानन्द चोकमा प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका युवाहरुले हत्यारालाई फाँसी दिनुपर्ने माग राखेका छन् । धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरका दिलीपको शुक्रबार बिहान हत्या भएको थियो । हत्याको आरोपमा उद्योगी विपिन महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

ढल्केबरस्थित चुरियामाई बालुवा गिट्टी प्रशोधन केन्द्रका सञ्चालक विपिन महतोले नै हत्या गराएको पीडित परिवारको आरोप छ । विपिन महतोलाई शनिबार बिहान १० बजे जनकपुरधाम–१, भानु चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । भारतको भोपालमा मेकानिकल इन्जिनियरिङको अन्तिम वर्षमा अध्ययनरत दिलिप १६ पुसमा विदामा घर आएका थिए । उनी पछिल्लो ५ वर्षदेखि समाजमा रहेका बेथितिविरुद्ध आवाज उठाउँदै आएका थिए । ‘दाई समाजमा रहेका बेथितिविरुद्ध आवाज उठाउँदै आएकाले क्रसर उद्योगीहरुको आँखामा कसिंगर बनिसकेका थिए’, बहिनी लक्ष्मीकुमारी महतोले बताइन् । लक्ष्मीका अनुसार साथी प्रकाश यादवको फोन आएपछि दिलीप बिहान ४ बजे घरबाट निस्किएका थिए । घरबाट निस्केको १५ मिनेट नबित्दै उनको हत्या भएको खबर प्राप्त भएको थियो

‘खबर सुन्ने बित्तिकै म खोला तर्फ दौडिएँ’ लक्ष्मीले भनिन्, ‘दाईलाई पहिल्यै हातपात गरेर हत्या गरिएको थियो, त्यसपछि दुर्घटनाजस्तो देखाउन ट्रिपरले किचिएको छ ।’ क्रसर उद्योगी विपिन महतो, स्थानीय प्रशासन, स्थानीय जनप्रतिनिधि, नगर प्रमुखको मिलेमतोमा विपिनको हत्या गरिएको पनि उनले दाबी गरिन् । दिलीपसँगै क्रसर उद्योगहरुको अवैध उत्खननविरुद्ध आवाज उठाउँदै आएका उनका साथी रोशनले भने भागेर ज्यान जोगाएको दिलिपकी कान्छी आमाका छोरा रजनीशकुमार महतोले बताए । दिलिपलाई पहिल्यैदेखि पटकपटक क्रसर उद्योगको विरोध बन्द नगरे हत्या गर्ने धम्की आउने गरेको पनि उनले बताए । दिलिपको हत्या भएपछि मिथिला नगरपालिका शुक्रबारबाट तनावग्रस्त छ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्