आज ५५ अंकले बढ्यो शेयर बजार, फाइनान्स क्षेत्रमा उत्साह - News Birat

आज ५५ अंकले बढ्यो शेयर बजार, फाइनान्स क्षेत्रमा उत्साह

न्यूज विराट

विराटनगर, १९ जेठ । दुई दिनदेखि लगातार ओरालो लागेको शेयर बजारमा बुधबार फेरी आफ्नो लयमा फर्किएको छ । बुधबार नेप्से परिसुचक दुई प्रतिशत अर्थात ५५ अंकले बढेर २८२७ पुगेको हो ।

विगत दुई दिनदेखि घट्दो नेप्से र कारोबार बुधबार बढेको हो । कारोबार रकम हिजोभन्दा आज बढेको छ । आज ११ अर्ब ३५ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । आज फाइनान्सको शेयर मुल्य बढेको छ । बुधबार २ करोड २६ लाख २९ कित्ताको शेयर किनबेच भएको छ ।

बुधबार फाइनान्स क्षेत्रमा सवैभन्दा उछाल आएको छ ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles