नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडपपछि रूकुम पश्चिममा निषेधाज्ञा - News Birat

नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडपपछि रूकुम पश्चिममा निषेधाज्ञा

न्यूज विराट

रूकुम पश्चिममा साँझ ५ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । मंगलबार नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएर स्थिति तनावग्रस्त  बनेपछि जिल्ला प्रशासन कार्यालय मुसीकोट रूकुम पश्‍चिमले निषेधाज्ञा जारी गरेको हो ।

पूर्वमा घारी खोला, पश्चिममा ठूलीभेरी, उत्तरमा दाजे र दक्षिणमा सीम बजार क्षेत्रसम्म सीमा तोकेर प्रशासनले निषेधाज्ञा जारी गरेको हो । अत्‍यावश्‍यक उपभोग्‍य वस्तु विक्री गर्ने पसल र औषधि पसलबाहेक सम्पूर्ण पसल, उद्योग व्‍यावसाय बिहान ६ बजेदेखि १० बजेसम्‍म मात्र खोल्‍न दिइने बताइएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न नपाइने विज्ञप्तिमा उल्‍लेख गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles