विराटनगर, १५ असार । मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर धान रोपेका छन् ।
असार १५ राष्ट्रिय धान दिवसको अवसर पारेर सांसद पोखरेलले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा जनतासँग रमाउँदै खेतमा पुगेर धान रोपेका हुन् ।
शुक्रबार २० औँ राष्ट्रिय धान दिवसको अवसरमा मोरङको सुनवर्षी– ५ मा साना किसान सहकारी संस्थाले धान रोपाईँ कार्यक्रम आयोजना गरेको थियो । सोही अवसरमा सांसद पोखरेलले स्थानीय जनतासँग रमाउदै धान रोपेका हुन् ।
चर्चित नेता तथा भिआइपीहरुले असार १५ को दिन ‘फेसन’ का रुपमा धान रोपे पनि सांसद पोखरेलले भने खेतमै पुगि धान रोप्न हिलो बनाएर ‘दाँदे’ लगाएर धान रोपेका हुन् ।
सो अवसरमा बोल्दै उनले सरकारलाई कृषिमैत्री नीति ल्याउन आफुले सदनमा कुरा उठाउँदै आएको बताए । सांसद पोखरेलले कृषकलाई मल र विउको अभाव हुन नदिन सरकार लाग्नुपर्ने र त्यसका लागि आफुले खबरदारी गर्ने समेत बताए ।
उनीसँगै सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले पनि धान रोपे । सो अवसरमा बोल्दै मेयर राजवंशीले सुनवर्षी नगरपालिकाले कृषि क्षेत्रलाई प्रथामिकतामा राखेको बताए । उनले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न नगरपालिकाले सिँचाईका लागि विद्युत निःशुल्क गर्ने आफुले पहिलो निर्णय गरेका बताए ।
सुनवर्षी नगरपालिकाको सहयोगमा आयोजित धान रोपाईँ कार्यक्रममा सोही नगरपालिकाकी उपमेयर मिरादेवी दासको पनि सहभागीता रहेको थियो ।
सो धान रोपाईँ कार्यक्रममा स्थानीय कृषकहरुको बाक्लो उपस्थिति रहेको थियो । त्यसैगरी शुक्रबारनै सांसद पोखरेलले रतुवामाईमा पनि पुगेर धान रोपेका छन् । अखिल नेपाल किसान महासंघले आयोजना गरेको धान रापाईँ कार्यक्रममा सहभागी भएर सांसद पोखरेलले धान रोपेका हुन् ।
सो अवसरमा बोल्दै सांसद पोखरेलले कुनै समय विदेश निर्यात गर्ने नेपालले हाल कृषि उत्पादनमा परनिर्भर हुँदै जानु परेकोमा चिन्ता व्यक्त गर्दै खेतबारी बाँझो राख्न नहुने बताए ।
उनले अहिले मलको हाहाकार रहेपनि सरकारको ध्यान भने सत्ता टिकाउनेमै केन्द्रीत रहेको बताए ।
विराटनगर । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रका मागलाई चाँडो सम्बोधन गर्ने बताएका छन् । आन्दोलनरत उद्योगी व्यवसायीसँग बुधबार भएको भेटको क्रममा अर्थमन्त्री पौडेलले उनीहरूलाई यस्तो बताएका हुन् । बैंकको चर्को ब्याजको विरोधमा सडकमा उत्रिएका उद्योगी...
मोरङको उर्लाबारीमा नेकपा एमाले नगर कमिटीको विस्तारित बैठक विथोलिएको छ । फुटको संघारमा पुगेको एमालेको मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा संस्थापन पक्षले नगरस्तरीय विस्तारित बैठक बोलाएको थियो । बैठक सुरु हुनुअघि नै बैठकस्थलमा राखिएका कुर्सी...
विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र वालिका स्कुल फाइनलमा पुगेको छ । शुक्रबार भएको खेलमा लगातार चार खेलमा जित निकाल्दै सरस्तवी र बालिका स्कुल फाइनलमा पुगेको हो...
काठमाडौं, २४ कात्तिक-केन्द्रीय तथ्यांक विभागले १२ औँ जनगणनाका लागि ४३ हजार गणक र ९ हजार सुपरिवेक्षक कर्मचारीबाट तथ्यांक संकलन गर्ने भएको छ । विभागले जनगणनाको लागि तयारी अघि बढाएको जनाएको छ । संघीयतापछिको पहिलो जनगणनाका...
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । विराटनगर–१७ स्थित मदरसा अशरफिया इजरुल उलूम आधारभूत विद्यालयको १६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर...
विराटनगर । पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भारी मतअन्तरले हराउँदै मोरङको क्षेत्र नं. ३ बाट मेडिकल व्यवसायी तथा नेपाली काँग्रेसका उम्मेदवरा डा. सुनिल कुमार शर्मा विजयी भएका छन् । ढकाललाई २२ हजार ७ सय ३६ मत...
विराटनगर । विराटनगरस्थित केभिएम स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरमा आइतबार विद्यार्थीहरुले विज्ञान प्रर्दशनी गरेका हुन् । विद्यार्थीहरुले तयार पारेको विज्ञानसँग सम्बन्धीत दुई दर्जन बढी स्टल तयार पारी प्रर्दशन गरे । विद्यार्थीहरुले...
जनकपुर, ३० वैशाख-लकडाउनका बेला सिरहामा १ जनाको हत्या गरिएको छ ।सिरहाको लहानमा टाउको काटिएको अवस्थामा १ व्यक्तिको शव फेला परेको छ । लहान नगरपालिका-१७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको इलाका...