अहिले चलिरहेका परीक्षाहरु रोकिँदैन: त्रिभूवन विश्वविद्यालय - News Birat

अहिले चलिरहेका परीक्षाहरु रोकिँदैन: त्रिभूवन विश्वविद्यालय

न्यूज विराट

काठमाडौं, २६ पुस । त्रिभुवन विश्वविद्यालयले अहिले चलिरहेका परीक्षाहरु नरोकिने बताएको छ । त्रिविका कार्यकारी सचिव सूर्य अधिकारीले हाल भइरहेको परीक्षा नरोकिने जानकारी दिए ।

‘अहिले भइरहेको परीक्षा रोकिँदैन । स्नातक चौथो वर्ष लगायतको परीक्षा अन्तिम चरणमा पुगेकोले पहिला यो सम्पन्न गराउँछौँ’, अधिकारीले शिलापत्रसँग भने, ‘पठनपाठनको हकमा परिस्थिति हेरेर केही दिनमा निर्णय गर्छौँ ।’

यता शिक्षा मन्त्रालयले भने माघ १५ सम्म स्कुलहरु बन्द गर्न निर्देशन दिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles