विराटनगर । ताप्लेजुङमा नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण चार जनाको ज्यान गएको छ । सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जीप दुर्घटना हुँदा चालकसहित तीन यात्रुको मृत्यु भएको हो ।
सोमबार बिहान पाथीभरातर्फ जाँदै गरेको मे १ ज ३०११ नम्बरको जीप पाथीभरा क्षेत्रको सेवारो चोकमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएपछि आगलागी र दुर्घटना भएको थियो । दुर्घटनामा चालक ताप्लेजुङको फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई, यात्रुहरू ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल र उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेलको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले बताए । यस घटनामा ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य गम्भीर घाइते भएकी छिन् भने उनको १० वर्षीय छोरा भबिमय आचार्य पनि घाइते छन् । घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका प्रमुख सुरेश प्रसाद चौधरीले गएरातिको वर्षा र चट्याङले तारको पिन फुटाएका कारण तार लत्रिएको दाबी गरेका छन् । ‘चट्याङले हुनसक्छ, तारको पिन फुटाएको रहेछ,’ उनले भने, ‘हामीले पहिल्यै थाहा पाएनौं । बिहानै यस्तो दुर्घटना भयो ।’ नेपाल विद्युत प्राधिकरणका कोशी प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले भने घटनालाई ‘दुर्घटना’ भन्दै प्राधिकरणको यसमा कुनै दोष नरहेको दाबी गरेका छन् । उनले घटनाका लागि प्राकृतिक कारणलाई जिम्मेवार ठह¥याए ।
विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा उपभोक्ताको भिड लागेको छ । सोमबारमात्रै झण्डै २५ हजार टिकट विक्री भएको आयोजकले दाबी गरेको छ । एक्स्पोमा दिउँसो कृषिजन्य र औधोगिक उत्पादनको कारोवार उल्लेख्य हुने...
विराटनगर । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक – शिक्षक नै मुख्य रुपमा कुनै पनि शैक्षिक संस्था सफल हुन चाहिने पूर्व सर्त हुन् । यही व्यवस्थापकीय विज्ञान र कला अनि यसका...
विराटनगर, बैशाख २२ नेपाल औषधी व्यवसायी संघ मोरङले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको क्रममा अग्रपंक्तिमा खटिएको दक्षिण पूर्वि मोरङका सुरक्षाकर्मीलाई आइतबार स्वास्थ्य सामाग्री प्रदान गरेको छ । करिब ६ हप्तादेखि मुलुक...
कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारीलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त गाैशालाकाे टाेलीले सोधपुछका लागि अधिकारीलाई नियन्त्रणमा लिएको हो । सेन्ट लरेन्सका आन्दोलित विद्यार्थीहरू प्रहरी...
काठमाडौं, ९ पुस-विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेताहरुले आफ्नो ‘कित्ता क्लियर’ पार्ने क्रम जारी छ । यसै क्रममा ओली समूहको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका नेता शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहमा फर्किएका छन् ।...
चितवन, २४ जेठ-नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ-मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो ।...
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ । बानेश्वरस्थित एक होटलमा बसेको नेपाल समूहको बैठकले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने...
एजेन्सी, बैशाख २२-भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको छ । यहाँ यस संक्रमणबाट मृत्यु हुनेको...