विराटनगरको शिक्षादीप कलेज सधै अब्बल

 न्यूज विराट
विराटनगरको शिक्षादीप कलेज सधै अब्बल

विराटनगर । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक – शिक्षक नै मुख्य रुपमा कुनै पनि शैक्षिक संस्था सफल हुन चाहिने पूर्व सर्त हुन् । यही व्यवस्थापकीय विज्ञान र कला अनि यसका आधारभूत ज्ञान विद्यार्थीमा सञ्चारित गराउँदै आएको एक अब्बल शैक्षिक संस्था हो, शिक्षादीप कलेज ।

विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्ने गरेकोे यो कलेज विराटनगर–९ मा अवस्थित छ । २०६५ सालमा स्थापित शिक्षादीप शिक्षामा एक अब्बल शैक्षिक संस्था बन्न सफल भएको पुष्टि गर्न प्रसस्तै प्रमाणहरु छन् । स्थापनाको पहिलो वर्षमा नै कक्षा ११को वार्षिक परीक्षाको परिणाममा प्रबिना ढकालले पूर्वाञ्चल प्रथम गरिन् । अर्को वर्ष जुन समयमा विद्यार्थी पास प्रतिशतले कलेजको स्तर निर्धारण गर्दथ्यो, कक्षा १२ को परिणाममा ९९.९९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भए । २०६८ सालमा कक्षा १२ मा डेनिस गौतम नेपाल प्रथम र पर्वत पौडेल नेपाल तृतीय भए । यो परिणामबाट विराटनगरले काठमाण्डौलाई चुनौती दियो साथै विराटनगर शैक्षिक हब हो, कक्षा १२ सम्मको पढाइको लागि काडमाण्डौ जान पर्र्र्दैन भन्ने सन्देश दियो । वास्तवमा त्यसपछिका वर्षहरुमा पूर्व क्षेत्रका विद्यार्थीहरु विराटनगर आउने क्रम बढी र यहाँका काठमाण्डौ जाने क्रम कम भएको महसुस गरिएको छ । २०६९ सालमा रोशना अधिकारीले पूर्वाञ्चल प्रथम भएर कीर्तिमानी थपिन् ।

२०७० मा कक्षा ११ मा पूर्वाञ्चलमा सबैभन्दा बढी विशिष्ट श्रेणीमा विद्यार्थी उत्तीर्ण गराएर कलेजले अर्को कीर्तिमानी कायम गर्यो । २०७१ मा पूर्वाञ्चलबाट शिक्षादीप कलेजका मात्र विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएसमा नाम निकाले (गौरव नेपाल) । २०७२ मा कक्षा १२ को वार्षिक परीक्षामा सन्तोषबाबु यादव पूर्वाञ्चल प्रथम भए । २०७३ सालमा आएर हजारौँ विद्यार्थीलाई पछि पार्दै एमबीबीएसको प्रवेश परीक्षामा एकै व्याचका तीन जना विद्यार्थीहरुले पहिलो प्रयासमा नै अग्रस्थानमा नाम निकाले । सोही वर्षमा व्यवस्थापन संकायका १८ जना विद्यार्थीले विभिन्न बैँकहरुमा खुल्ला प्रतिस्पर्धाबाट सफल भएर जागीरे जीवन सुरु गरे । २०७४ सालमा प्रजेश श्रेष्ठ सर्वोत्कृष्ट विद्यार्थी घोषित भए । २०७५ सालमा अर्को उल्लेखनीय अभिलेख तयार भयो कि वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान् धरानमा सुजन पुरी प्रथम स्थानमा र अरु दुईले एमबीबीएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकाले । त्यसपछिका उपलब्धीहरु पनि सबै उत्तिकै उल्लेख्य र महत्वपूर्ण छन् । व्यवस्थापन संकायका कम्तीमा १० जना विद्यार्थी कक्षा १२ पास गरेर सालिन्दा बैँकिक क्षेत्र र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुमा करिअर सुरु गरिरहेका छन् ।

हुन त विगत वर्षहरु देखि नै इन्जिनियरिङको पढाइमा सयौँ विद्यार्थीहरुले पूर्ण छात्रवृत्तिमा नाम निकालिरहेका थिए यद्यपि २०७८ सालमा आएर शुभम झा र प्रियश साहले भारत सरकारको आईसीसीआरअन्तर्गत छात्रवृत्तिमा नाम निकालेर अर्को ऐतिहासिक अभिलेख स्थापित गरे । २०७९ सालमा कृपानन्द यादवलगायतले इन्जिनियरिङ अध्ययनका लागि अग्रस्थानमा नाम निकालेर शिक्षादीपको विरासतलाई निरन्तरता दिएका छन् । २०७९ मै चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा १८ हजारभन्दा बढी विद्यार्थीलाई उछिन्दै शिक्षादीपकी अदितीकुमारी जैन छात्रातर्फ टपर भइन् । उनी २०० पूर्णाङ्कमा १७१.५ अंकसहित सर्वोत्कृष्ट भएकी थिइन् । उनले शिक्षादीपबाट विज्ञान संकायबाट ३.७९ जीपीए ल्याएर १२ कक्षा उत्तीर्ण गरेकी थिइन् ।

हालसम्म शिक्षादीपबाट कक्षा ११ र १२ पास गरी हजारौँ विद्यार्थीहरु चिकित्सा, इन्जिनियरिङ, आईटीलगायत अन्य प्राविधिक र वित्तीय क्षेत्रमा अध्ययन गरिरहेका छन्, कतिपयले अध्ययन पूरा गरी नोकरी तथा स्वरोजगारीमा लागिसकेका छन् ।
स्थापनाकालदेखि नै शिक्षादीप पढाइका अतिरिक्त पाठ्यक्रमलाई सहयोग गर्ने क्रियाकलापमा पनि उत्कृष्ट रहँदै आएको छ । स्थानीय, प्रादेशिक तथा राष्ट्रिय स्तरका खेलकुद तथा अन्य प्रतिस्पर्धामा सर्वोत्कृष्ट घोषित भई दर्जनौ पुरस्कारहरु हासिल भएका छन् । विज्ञान र व्यवस्थापन दुबै संकाय बेग्ला–बेग्लै अत्याधुनिक सुविधा सम्पन्न भवनमा भयरहित वातावरणमा पढाइ हुने गरेका छन् । शुद्ध पिउने पानी, स्वस्थकर क्याफेटेरिया, सबै कक्षा कोठाहरुमा सीसीटिभी,अन्तर्राष्ट्रिय स्तरका आवश्यक सामग्रीले पूर्ण फिजिक्स, केमेष्ट्री, बोटानी, जुलोजी, कम्प्युटर, होटेल मेनेजमेन्टका प्रयोगशालाहरुको व्यवस्था गरिएको छ । विद्यालयले स्थानीय र टाढाका विद्यार्थीको सहजताको लागि एक दर्जन बसमार्फत् यातायात व्यवस्था गरेको छ ।

उत्कृष्ट शैक्षिक वातावरण, असल अनुशासन, समर्पणभावसहितका लगनशील दक्ष शिक्षक, एडेक्वेट क्यारियर डेभलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण शिक्षादीपको सफलताको सूत्र भएको प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए । ‘एक उत्कृष्ट शैक्षिक संस्थाको मापन गर्ने माध्यम उक्त संस्थाबाट पास भएर गएका विद्यार्थीहरु हुन्,’ प्रिन्सिपल खड्काले भने, ‘शिक्षादीप पढेर गएका विद्यार्थीहरुले देश विदेशमा हासिल गरेको सफलता नै हाम्रो लगनशीलताको उपलब्धी हो । यहाँबाट पासआउट भएका विद्यार्थी विभिन्न ओहदामा पुगेका छन् । समयको माग अनुसारको शिक्षा, विद्यार्थीको उन्नयनको लागि सधै नयाँ योजना ल्याउनुले पनि शिक्षादीप अग्रणी संस्था बन्न सकेको हो ।’ ‘उच्च शैक्षिक वातावरण रहेको र विद्यार्थीलाई करिअर डेभलपमेन्ट अवसरको प्रचुर सम्भावना रहेको यो कलेज हाल पनि काठमाडौं बाहिरका उत्कृष्ट कलेजमा पर्दछ,’ कलेजका प्रिन्सिपल खड्काले भने, ‘दक्ष, उत्प्रेरक,अनुभवी र सधैँ माया र हौसला दिने शिक्षकहरु रहनु पनि यो कलेजको सफलता हो ।’ अहिले पनि शिक्षादीपबाट पास भएका विद्यार्थीहरु देश विदेशमा चम्किरहेका छन् ।
विद्यार्थीलाई नियमित मूल्यांकन गरी हरेक त्रैमासिक तथा वार्षिक परीक्षामा उत्कृष्ट हुनेहरुलाई नगद पुरस्कारसहित सम्मान गरिने गरिएको छ । मूल्यांकनमा कमजोर ठहरिएकाहरुलाई अलग्गै कोचिङ कक्षाहरुको व्यवस्था गरिएको छ । चिकित्सा –मेडिकल) र इन्जिनियरिङ पढ्न चाहनेहरुका लागि कक्षा ११ देखि नै विशेष तयारी कक्षाहरुको व्यवस्था गरिएको छ जुन कक्षामा काठमाण्डौका ख्यातिप्राप्त शिक्षकहरुले समेत भौतिक रुपमा यहाँ आई शिक्षण गर्नुहुन्छ । यस्ता तयारी कक्षा लिने विद्यार्थीहरुको साप्ताहिक परीक्षामार्फत् मूल्यांकन गरी उत्कृष्टहरुलाई नगद पुरस्कारले पुरस्कृत गरिन्छ । गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण विराटनगरका मात्र नभएर पूर्व मेचीदेखि मधेश प्रदेशको जनकपुर, सिरहा, सप्तरी, वागमती प्रदेश र अन्य विभिन्न जिल्लाहरूका विद्यार्थीको रोजाइमा शिक्षादीप नै पर्ने गरेको छ ।

गत वर्ष सबैभन्दा बढी विद्यार्थी भर्ना हुने कलेजको सूचीमा पनि शिक्षादीप परेको राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी प्रदेशको अभिलेखमा देखिन्छ । प्रदेशमै सबैभन्दा बढी विद्यार्थी शिक्षादीपले एक हजार १७ जना विद्यार्थी कक्षा ११ मा भर्ना गरेको बोर्डले जनाएको छ । शिक्षादीप पछि दोस्रोमा अरनिकोले नौ सय ३० र तेस्रोमा कान्तिपुर कलेजले आठ सया ५२ जना विद्यार्थी भर्ना गरेको परीक्षा बोर्डको अभिलेखमा देखिन्छ । यसबाट पनि के प्रमाणित हुन्छ भने शिक्षादीप मुलुकको उत्कृष्टमध्येको एक कलेज त हो नै, यसले विराटनगरलाई शैक्षिक हब बनाउन ठूलो योगदान पु¥याएको छ ।

निरन्तर शैक्षिक परामर्श, विद्यार्थीहरूमा भएका प्रतिभा प्रस्फुटन गराउन अतिरिक्त क्रियाकलापहरूको साथै निरन्तर सिकाइ तथा विद्यार्थीको वृत्ति विकासका निमित्त प्रशिक्षण शिक्षादीपका अभिन्न अंगहरु हुन् । यसरी गुणस्तरीय शिक्षासँगै, समयसापेक्ष व्यवहारिक र रोजगारमुखी शिक्षा दिएको कारणले अभिभावक र विद्यार्थीको रोजाइमा शिक्षादीप परेको प्रिन्सिपल खड्काले बताए ।

सम्बन्धित समाचार

दैलेखमा २० महिने बालकसहित २२ जनाले जिते कोरोना

काठमाडौं, ३१ जेठ-दैलेखमा २० महिने बालकसहित २२ जनाले कोरोना जितेका छन् । जिल्लाको सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालय तरताङ आइसोलेशन वार्डमा उपचाररत २२ जनाले कोरोना जितेका हुन्  । कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएका उनीहरुले कोरोना...

चिकित्सकलाई कारबाहीका लागि कोशी अस्पतालले काट्यो पत्र

विराटनगर, २० असार । समयमा चिकित्सक नभेटिएपछि कोशी अस्पतालले कारबाहीकाे लागि पत्र काटेको छ। अस्पतालमा निर्धारित समयमा समेत बिरामीलाई छाडेर चिकित्सक अन्यत्र निजी क्लिनिकमा उपचारमा व्यस्त हुने गरेको गुनासोसँगै अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. यज्ञराज...

वीरगञ्जमा ८ चिकित्सकसहित २८ जनामा कोरोना संक्रमण

काठमाडौं, १६ साउन-वीरगञ्जमा २८ जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मापदण्डको पालना नगरेकाले स्वास्थ्यकर्मीमा संक्रमण देखिएको बताए । उनका अनुसार ८ चिकित्सक, ६...

कांग्रेस नेता कोइरालाले बालकोट पुगेर ओलीलाई भेटे

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटघाट गरेका छन् । नेता कोइराला मंगलबार ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल...

सौन्दर्यकर्मी युनियले मनायो १६ औं वार्षिक उत्सव (फोटो फचर)

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनिय नेपालको १६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरले बुधबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो । किसानहरुलाई मल विउपुजी...

विराटनगरको कोभिड–१९ अस्पतालमा आईसियु र भेन्टिलेटर सेवा शुरु

विराटनगर, ४ भदौ-प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा सुरु गरिएको छ । कोरोनाका लक्षण सहितका संक्रमितको उपचार गर्नेगरि आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको सामाजिक विकास...

कोरोना कोषमा कांग्रेस सांसदको साढे २२ लाख, ३ जनाले दिए १ महिनाको पारिश्रमिक

काठमाडौं, ३० वैशाख-कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा सङ्घीय  संसदबाट थप २८ लाख ९७ हजार रुपैयाँ जम्मा गरिएको छ ।  यस अघि संसद सचिवालयले   १ करोड १ लाख जम्मा गरेकोमा मंगलबार पुन सांसदहरुको २८...

भारतीय मिडियाको दाबीः प्रधानमन्त्री ओलीको कुर्सी खतरामा

काठमाडौं, १७ असार-नेपालबारे कममात्रै समाचार छापिने भारतीय सञ्चारमाध्यममा पछिल्लो समयमा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई नक्सामा समावेश गरेसँगै भारतीय सञ्चारमाध्यममा प्राथमिकता पाउन थालेका छन् । सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्