
काठमाडौं, ९ पुस-विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेताहरुले आफ्नो ‘कित्ता क्लियर’ पार्ने क्रम जारी छ । यसै क्रममा ओली समूहको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका नेता शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहमा फर्किएका छन् ।
यसअघि प्रचण्ड–माधव समूहमा आएका स्थायी कमिटी सदस्य रघुवीर महासेठ ओली समूहमा फर्केका थिए । तामाङ कार्की पार्टी प्यालेसमा आज बस्ने प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटि बैठकमा सहभागी हुने भएका छन् । उनकी पत्नी उषाकला राईले पनि ओली पक्षले दिएको केन्द्रीय सदस्यको जिम्मेवारी अस्वीकार गरेकी छन् ।