औषधी व्यवसायी संघद्धारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

 न्यूज विराट
औषधी व्यवसायी संघद्धारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

विराटनगर, बैशाख २२ नेपाल औषधी व्यवसायी संघ मोरङले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको क्रममा अग्रपंक्तिमा खटिएको दक्षिण पूर्वि मोरङका सुरक्षाकर्मीलाई आइतबार स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

करिब ६ हप्तादेखि मुलुक लकडाउनका कारण अत्यावश्यक तथा सम्पूर्ण घरायसी सामाग्री अभाव भइरहेको समयमा संघले इलाका प्रहरी कार्यालय रंगेली मातहतमा खटिएका नेपाल प्रहरीकोलागि हातमा लगाउने ग्लोब्स् , सेनिटाइजर, माक्सका साथै ज्वरो, रुघा,खोकी लगायतका रोगको औषधी प्रदान गरेको हो ।

उक्त स्वास्थ्य सामाग्री तथा औषधीहरु संघको तर्फबाट अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाले इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहाललाई एकमुस्ट रुपमा प्रदान गरेका थिए ।

संघका अध्यक्ष तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकाल, महासचिव दीनेश ठाकुर, सचिव हरिराज रेग्मी, सह–कोषाध्यक्ष पुष्पराज पोखरेल र सदस्य प्रकाश धिमाल सहितको औषधी व्यवसायीहरुको टोली रंगेली पुगेर प्रहरी निरिक्षक दाहाललाई उक्त स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।

आफ्नो जीवनको कुनै प्रवाह नगरी जनताको स्वास्थ्य सुरक्षाकालागि अहोरात्र सडकमा भोक तिर्खा नभनि खटिएका नेपाल प्रहरी कोरोना भाइरसको उच्च जोखिममा रहेकाले त्यसबाट जोगाउने उद्देश्यले स्वास्थ्य सामाग्री उपलब्ध गराएको संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले बताए ।

संघका अध्यक्ष तिम्सिनाले भारतमा दिनानुदिन कोरोना भाइरस संक्रमितहरु बृद्धि भइरहेको र खुल्ला सिमा क्षेत्रमा खटिने नेपाल प्रहरीका सुरक्षाकर्मीहरुलाई संघले सामाजीक उत्तरदायित्व वहन गर्ने क्रममा स्वास्थ्य सामाग्री प्रदान गरेको र आउने दिनमापनि सक्दो सहयोग गर्ने बताए ।

उनले संघले १० लिटर सेनिटाइजर, करिब २ सय थान मेडिकेयर माक्स, सोहि संख्यामा ग्लोब्स् र केहि औषधीहरु प्रदान गरेको जानकारी दिए । सोहि अवसरमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक दाहालले सिमा क्षेत्रमा खटिनु पर्ने हुँदा आफ्नो मातहतका १७ यूनिटमा खटिएका करिब १ सय ४० जना सुरक्षाकर्मीहरु कोरोना भाइरसको उच्च जोखिममा परिरहेको अवस्थामा औषधी व्यवसायीहरुले गरेको स्वास्थ्य सामाग्री प्रदानबाट ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस अघि पनि संघ तथा औषधी व्यवसायीहरुले लकडाउनका कारण दाताहरु र औषधीको अभाव हुनथालेको अवस्थामा दिर्घरोगको औषधी सेवन गरिरहेका तथा अन्य रोगबाट पिडित भएका विराटनगर महानगरपालीका –८ को विराटेश्वर बृद्धाश्रम तथा बुढीगंगा गाउँपालीका–१ को महिला जागृति तथा बृद्धाश्रमका जेष्ठ नागरिकहरुलाई एक महिनाको औषधी, स्वास्थ्य सामाग्री र खाद्यान्न प्रदान गरेका थिए ।

सम्बन्धित समाचार

विराट एक्स्पो सिंङ्गिङ आइडलको अडिसन सुरू

विराटनगर । विराटनगरमा मंसिर २९ गते देखि हुने विराट एक्स्पोको सिंगिङ आइलड प्रतियोगिताका लागि अडिसन सुरू भएको छ । सिङ्गिङ आइडल प्रतियोगिताका लागि बिहीबार देखि अडिसन सुरू भएको हो । सिंगिङ आइडल प्रतियोगिताका लागि सहभागिहरू...

प्रहरीको गोलीले ६ वर्षमा मारिए ७ हजारभन्दा बढी अश्वेत

एजेन्सी, जेठ २०-अफ्रिकी मूलका अमेरिकी नागरिकमाथि लामो समय विभेद हुँदै आएको छ । पछिल्लो समयमा फेरि एक जना अश्वेत अमेरिकी जर्ज फ्लाइडको हत्यापछि प्रदर्शन चर्किएको छ । मिनेसोटामा ४६ वर्षीय फ्लोइडको हत्याविरुद्धको प्रदर्शन राष्ट्रपति भवन...

सामाजिक विकास मन्त्री यादवद्धारा कोभिड अस्पतालको अनुगमन

विराटनगर, १२ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरको अनुगमन गर्नुभएको छ । कोभिड अस्पतालले दिईरहेको सेवा र आगामी दिनमा गर्नुपर्ने तयारीका विषयमा मन्त्री यादवले...

साउदी सरकारद्वारा रोजगारदातालाई कडाइ, जेल हाल्ने चेतावनी

साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ । साउदीको सार्वजनिक सुरक्षा (पब्लिक सेक्युरिटी)ले आफ्ना श्रमिकलाई अरुको लागि काम गर्न पठाएमा कडा कारबाही गरिने चेतावनी दिएको हो । यस्तै, श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम...

विराटनगरबाट लागुऔषध सहित दुई जना पक्राउ

विराटनगर, १४ माघ । विराटनगरबाट प्रतिवन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । विराटनगर–१६ स्थितबाट लागुऔषध सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरी धरान–१६ का २४ बर्षीय मनिस भुजेल र सोही स्थानकी...

प्रदेशलाई चाँडै कोरोनामुक्त बनाइन्छ : मन्त्री घिमिरे

विराटनगर, जेठ ३१–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोरोनामुक्त बनाईने बताएका छन् । प्रदेश सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रुपमा काम गरिरहेकाले बढीमा ४ महिना भित्रमा कोरोना मुक्त बनाईने...

प्रदेश सरकारले कोरोना जित्दै: मन्त्री घिमिरे

विराटनगर, असार १०–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना नियन्त्रणमा आउँदै गएको बताएका छन् । पछिल्ला दिनहरुमा देखिएको संक्रमण भन्दा पनि निको भएर जानेको संख्या बढ्दै गएको उनले बताए । प्रदेश सरकारले कोरोना...

नोवेलमा बालबालिकाको कार्डियोलोजी सेवा सुरु, ५ वर्षीय बालकको शल्यक्रिया नगरी उपचार

विराटनगर । विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बालबालिकाहरुको लागि कार्डियोलोजि सेवा सुरु गरेको छ । १० जना चिकित्सक सहितको कार्डियोलोजि विभागमा पेडियाट्रिक कार्डियोलोजिष्ट डा. प्रतिमा यादवको नेतृत्वमा कार्डियोलोजि सेवा सुरु भएको हो । केही...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्