६८औं राष्ट्रिय सहकारी दिवस दीप प्रज्वलन कार्यक्रमको आयोजना भव्य रुपमा सम्पन्न

 न्यूज विराट
६८औं राष्ट्रिय सहकारी दिवस दीप प्रज्वलन कार्यक्रमको आयोजना भव्य रुपमा सम्पन्न

विराटनगर, चैत १९ – “मर्यादित सहकारीः समुन्नत समाज” नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवस दीप प्रज्वलन कार्यक्रमको आयोजना भव्य रुपमा सम्पन्न भएको छ। दिवसको पूर्वसन्ध्यामा चैत १९ गते साँझ विराटनगर महानगरपालिका, महेन्द्रचोकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरियो।

दीप प्रज्वलन कार्यक्रम उपसमिति संयोजक सीता लामिछानेको संयोजनमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले दीप प्रज्वलन गरेका थिए। कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

यसैक्रममा, चैत १८ गते सोमबार साँझ ४ बजे विराटनगरको पुष्पलाल चौकबाट बृहत् मोटरसाइकल र्याली निकालिएको थियो। उक्त र्याली पुष्पलाल चौकबाट सुरु भई रोडशेष चौकमा पुगेर समापन भएको थियो। सहकारी अभियन्ता, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको यस र्यालीले सहकारी अभियानलाई थप ऊर्जा प्रदान गरेको छ।

चैत २० गते ६८औं राष्ट्रिय सहकारी दिवसका अवसरमा कोशी प्रदेश सरकारको समन्वयमा मूल समारोह समिति मोरङले झाँकी र्याली तथा मूल समारोह आयोजना गरेको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मत कुमार कार्की रहनेछन्।

मुख्य कार्यक्रम विराटनगरको पान्चालीस्थित कञ्चनजङ्घा पार्टी प्यालेसमा चैत २० गते बिहान ११:३० बजे सुरु हुनेछ। कार्यक्रममा सहकारी क्षेत्रका विशिष्ट व्यक्तित्व, प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, सहकारी अभियन्ता तथा सरोकारवालाहरूको उपस्थिति रहनेछ। मूल समारोह समिति-२०८१ मोरङका संयोजक डा. डिल्ली पोखरेलका अनुसार सहकारीको सशक्तीकरण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरू प्रभावकारी हुने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

विराटनगर कञ्चनबारीमा माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड, एक जना पक्राउ

विराटनगर, १२ पुस । विराटनगरमा बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–३ कञ्चनबारी स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले मोरङको रतुवामाई नगरपालिका–५ का २१...

हरेक वर्ष ५ प्रतिशतले लागूऔषध प्रयोगकर्तामा वृद्धि, दण्ड हैन उपचारको विकल्प खोजौँ

काठमाडौं । हरेक वर्ष ५ प्रतिशतका दरले नेपालमा लागूऔषध प्रयोगकर्ताको संख्यामा वृद्धि आएको सरकारी तथ्यांकले देखाएको छ । लागूऔषध प्रयोगकर्तामा कमी आउनुको अलवा प्रत्येक वर्ष ५ दशमलब ६ प्रतिशतले बढ्नुमा गरिबी मुख्य कारक रहेको अधिकारीहरुले...

बामदेव गौतमको घोषणा : म कुनैपनि गुटमा छैन

दाङ, मंसिर ६–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कार्यकर्ता माझ पुगेपछि भने आफु कुनै गुटमा नरहेको स्पष्टिकरण दिएका छन् । सचिवालय बैठकमा दोस्रो वरियताका अध्यक्षको पक्षमा लागेको भनिएका उपाध्यक्ष गौतमले आफू पार्टीको कुनै गुटमा...

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १२ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि बस्ने बैठकले मुलुकका लागि ठोस एवं दूरगामी निर्णय लिने अपेक्षा गरिएको छ । स्थायी...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुईका दरले वृद्धि गरेको हो ।...

दुई वर्षदेखि लेखा समिति सभापतिविहीन

जनकपुर, माघ २२–प्रदेश २ को प्रदेशसभा गठन भएको दुई वर्ष पूरा हुँदा पनि सार्वजनिक लेखा समितिले पूर्णता पाएको छैन । दलहरूको आन्तरिक द्वन्द्वका कारण समितिको सभापति चयन हुन सकेको छैन । समितिको सभापतिमा पूर्वमाओवादी र...

पक्राउ पछि पूर्वमन्त्री अधिकारीले भने, ‘अनुसन्धानलाई सहयोग गर्छु ’

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् ।आइबार निवासबाटै प्रहरीको नियन्त्रणमा परेपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘म अनुसन्धानलाई सहयोग पु–याउन हिँडे । अनुसन्धानलाई सहयोग पुर्याउनु...

विराटनगरमा आज एकैदिन ६० जनामा कोरोना पुष्टि

विराटनगर, साउन २९–विराटनगर महानगरपालिकामा गएको २४ घण्टामा ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । बिहीबार महानगरमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन् । विराटनगर महानगरपालिकाका अनुसार संक्रमितमध्ये...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्