हरेक वर्ष ५ प्रतिशतले लागूऔषध प्रयोगकर्तामा वृद्धि, दण्ड हैन उपचारको विकल्प खोजौँ

 न्यूज विराट
हरेक वर्ष ५ प्रतिशतले लागूऔषध प्रयोगकर्तामा वृद्धि, दण्ड हैन उपचारको विकल्प खोजौँ

काठमाडौं । हरेक वर्ष ५ प्रतिशतका दरले नेपालमा लागूऔषध प्रयोगकर्ताको संख्यामा वृद्धि आएको सरकारी तथ्यांकले देखाएको छ । लागूऔषध प्रयोगकर्तामा कमी आउनुको अलवा प्रत्येक वर्ष ५ दशमलब ६ प्रतिशतले बढ्नुमा गरिबी मुख्य कारक रहेको अधिकारीहरुले बताएका छन् ।

काठमाडौंमा रिकभरिङ्ग नेपालले आयोजना गरेको नेपालमा लागूऔषध प्रयोगकर्ताहरुलाई फौजदारी मुद्दा÷दण्डका विकल्पहरु विषयक पत्रकार अन्तक्रिया कार्यक्रममा सस्थाका कार्यक्रम व्यवस्थापक विकास गुरुङले प्रयोगकर्ता बढ्नुमा देशको गरिबी र बेरोजगार मुख्य कारक रहेको बताए ।

लागूऔषध प्रयोग दुव्र्यसन एक मानसिक स्वास्थ्य समस्या भएको र यसको उपचार सम्भव रहेको भन्दै गुरुङले लागूऔषध प्रयोगकर्ताहरुलाई फौजदारी मुद्दा÷दण्डका विकल्पहरुका बारेमा सोच्नु पर्ने बताए । उपचार विधि अपनाएको खण्डमा राज्यलाई वार्षिक रुपमा करोडौं रुपैँया जोगिने गुरुङको तर्क रहेको छ ।

नेपालमा अधिकाशं अदालत लागूऔषध प्रयोगकर्ताले भरेका छन् । यस्तो अवस्थामा लागूऔषध सेवनको अवस्था र मात्रा हेरेर मात्रै दण्ड र साजय दिनु उपयुक्त हुने अधिकारीहरुको भनाई छ ।

नेपालको लागूऔषध ९नियन्त्रण० ऐन, २०३३ र लागूऔषध नियन्त्रण राष्ट्रिय नीति, २०६३ ले लागूऔषध प्रयोग ९दुव्र्यसन० लाई स्वास्थ्य समस्याको रुपमा मान्यता दिएको छ । फौजदारी मुद्दा ÷ दण्डको विकल्पको रुपमा उपचार सिफारिस गरेको छ ।

गुरुङ् भन्छन् , लागूऔषध प्रयोगकर्ताहरुको उपचार गर्नाले लागूऔषध प्रयोग, व्यक्ति र समुदायलाई हुने क्षति, र लागूऔषध सम्बन्धी अपराधहरु न्युनिकरण हुन्छ । साथै, उपचारलाई प्राथमिकता दिनु भनेको लागूऔषध प्रयोगकर्ताहरुको स्वास्थ्य, सामाजिक सुधार र व्यक्तिको उत्पादकतामा सुधार गर्नको लागि प्रभावकारी रणनीति पनि हो ।

सरकारी तथ्यांक अनुसार नेपालमा ७५ प्रतिशत भन्दा बढी लागूऔषध प्रयोगकर्ताहरु १५ देखि २९ वर्ष उमेर समूहका किशोर किशोरी छन् । उनीहरुलाई फौजदारी मुद्दा वा दण्डको सट्टा लागूऔषध उपचार सेवाहरुमा पहुँच प्रदान गर्नाले उनीहरुलाई कुनै पनि फौजदारी रेकर्ड बिना आफ्नो जीवन पुनर्निमाण गर्ने मौका मिल्ने कार्यक्रममा सहभागीहरु बताउँछन् ।

गृह मन्त्रालयको तथ्यांक हेर्दा नेपालको जेलहरुमा हरेक पाँच मध्ये एक जना लागूऔषध मुद्दाका छन् । कुल लागूऔषध प्रयोगकर्ताहरु मध्ये ९७ प्रतिशतलाई कम्तीमा एक पटक प्रहरीले पक्राउ गरेको र पक्राउ परेकाहरु मध्ये ३२ प्रतिशतलाई फौजदारी मुद्दा लगाइएको गृह मन्त्रालयकै तथ्यांक छ ।

लागूऔषध नियन्त्रण ब्यूरोले मात्रै ०८० अषाढ देखि चैत्र महिनासम्म लागूऔषध सम्बन्धी कसुरमा जम्मा ३ हजार १ सय ५७ फौजदारी मुद्दाहरु अदालतमा दायर भएको जानकारी दिएको छ । लागूऔषध प्रयोगकर्ताहरुको हकमा गरिएका व्यवस्थाहरु बारे सरोकारवालाहरुमा सचेतना नहुनुले मुख्य चुनौती थपेको छ ।

लागूऔषध प्रयोगकर्ताहरु बाग्मती र कोशी प्रदेशमा सबै भन्दा बढी देखिएका छन् ।

गृह मन्त्रालयको प्रतिवेदन अनुसार २०७६ मा देशभर अनुमानित १ लाख ३० हजार ४ सय २४ जना लागूऔषध प्रयोगकर्ताहरू रहेका थिए । कुल लागूऔषध प्रयोगकर्ता मध्ये ७ प्रतिशत महिला प्रयोगकर्ताहरू पाइएको थियो । प्रयोगकर्ताहरू मध्ये पनि ६९ प्रतिशत अर्थात ९० हजार भन्दा बढी प्रयोगकर्ताहरूले सुईद्वारा लागूऔषध प्रयोग गरेको देखिएको छ ।

यता २००७ मा ४६ हजार ३०९ जना लागूऔषध प्रयोगकर्ता भएकोमा सन् २०१३ मा बढेर ९१ हजार ५ सय ३४ पुगेको थियो । उक्त संख्या सज् २०२० मा १ लाख ३० हजार ४२४ पुगेको छ । यो दर हरेक वर्ष ५. ०६ प्रतिशतले भएको वृद्धि हो ।

सम्बन्धित समाचार

शिक्षादीप कलेजमा जलवायु सम्मेलन, फरक विषयहमा खोज अनुसन्धान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एक दिवसीय जलवायु सम्मेलन सम्पन्न गरेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा कलेजले शुक्रबार जलवायु सम्मेलन गरेको हो । उक्त सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

मोरंगको धनपालथानमा उखुबारीमा गाडिएको अवस्थामा भेटिएका दुबै शवको पहिचान खुल्यो

विराटनगर, १६ माघ । मोरङको धनपालथान गाउँपालिकास्थित उखुबारीमा गाडीएको अवस्थामा शव फेला परेका दुई पुरुषको पहिचान खुलेको छ । मोरङको धनपालथान गाउँपालिका-७ बोर्डीङ टोलस्थित उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा दुई जनाको शव फेला परेको थियो...

इप्रका रामपुरले एकै दिन १३ फरार अभियुक्त पक्राउ, प्रहरी निरीक्षक ढकाल आएपछि फरार अभियुक्त धमाधम पक्राउ

विराटनगर । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरले एकै दिन विभिन्न अपराध गरी फरार १३ जना प्रतिवादीहरु पक्राउ गरेको छ । प्रहरीले ‘फरार पक्राउ’ अभियान सुरु गरि विभिन्न अपराध गरी फरार भएका प्रतिवादीहरु धमाधम पक्राउ...

पशुपति लगायत देशभरका शिवालयमा भक्तजनको भीड

साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख...

बलात्कार गरेर भारत लैजान खोज्ने दुई भारतीय नगरिक पक्राउ

विराटनगर । जबरजस्ती करणी गरेर भारत लैजान खोज्ने दुई जना भारतीय नागरिकलाई प्रहरी र साना हातहरू नामक संस्थाले पक्राउ गरेको छ । भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगीरलाई पक्राउ गरेको हो...

फागुन २ को संसद बैठक सार्न एमालेको आग्रह

काठमाडौं, माघ २७ । नेकपा (एमाले) ले प्रतिनिधिसभाको फागुन २ गते बोलाइएको बैठक सार्न आग्रह गरेको छ ।एमालेको प्रदेश १ मा फागुन १ र २ गते कार्यक्रम रहेकाले २ गतेको बैठक सार्न आग्रह गरेको हो...

लकडाउनमा पनि भीमफेदी–कुलेखानी सडक विस्तार तीव्र

मकवानपुर, ११ वैशाख-मकवानपुरबाट काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी सडकखण्डको विस्तार कार्यलाई मानवीय र सुरक्षाको संवेदनशीलतालाई अपनाई तीव्रता दिइएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदीबाट कुलेखानीसम्मको साढे १५ किलोमिटर सडकखण्डलाई बोलपत्र आह्वान गरी सडक विस्तार...

प्रधानमन्त्रीले प्रमाण पुर्याएर बोल्नुपर्छ : डा. शेखर कोइराला

विराटनगर, साउन १–नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तीले प्रमाण पु¥याएर मात्र बोल्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले जति कम बोल्यो त्यति राम्रो हुने भन्दै राम नेपालमा जन्मेको विषय सहि हो भने त्यसलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्