दुई वर्षदेखि लेखा समिति सभापतिविहीन

 न्यूज विराट
दुई वर्षदेखि लेखा समिति सभापतिविहीन

जनकपुर, माघ २२–प्रदेश २ को प्रदेशसभा गठन भएको दुई वर्ष पूरा हुँदा पनि सार्वजनिक लेखा समितिले पूर्णता पाएको छैन । दलहरूको आन्तरिक द्वन्द्वका कारण समितिको सभापति चयन हुन सकेको छैन । समितिको सभापतिमा पूर्वमाओवादी र पूर्व एमाले दुवैका सांसदले दाबी गरेपछि सभापति चयन विवाद नसुल्झेको सांसदहरू बताउँछन । अन्य समितिको नेतृत्व चयनमा सर्वसम्मति भए पनि लेखा समितिमा नेकपाका सांसद भरतप्रसाद साह र शत्रुधन महतोले उम्मेदवारी दर्ता गर्दा विवाद चुलिएको थियो । साह पूर्वमाओवादी र महतो पूर्व एमाले हुन् ।

नेकपाको भागमा परेका दुईमध्ये प्राकृतिक स्रोतसाधन समितिको नेतृत्व चयन भइसकेको छ । २०७५ मंसिर २३ मा बसेको नेकपा पदाधिकारी बैठकले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डललाई सर्वसम्मत चयन गरेको थियो । सोही बैठकले प्राकृतिक स्रोत साधन समितिको सभापतिमा रामचन्द्र मण्डल र लेखा समितिको सभापतिमा साहलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तर लेखा समितिको सभापति चयनका क्रममा नेकपाकै अर्का सांसद महतोले बागी उम्मेदवारी दिएपछि विवाद चर्केको थियो । प्रदेशसभामा लेखा समितिको सभापति नहुँदा महालेखा परीक्षकको प्रतिवेदनमाथि छलफल हुन नसकेको संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए ।

सम्बन्धित समाचार

मध्यराती क्वारेन्टाइनबाट भागेका कोरोना संक्रमित भेटिए

बाँके, १० जेठ-बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका १ संक्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । नरैनापुर-३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शंकरनगर कोटियाको क्वारेन्टाइनमा रहेका १२ संक्रमितमध्ये कोरोना पुष्टि भएसँगै गएराती फरार भएका १ जनालाई...

आज रातीबाट मोवाइलमा रिचार्ज बराबरकै वोनस व्यालेन्स आउने

नेपाल टेलिकमले आज राती १२ बजेबाट जति रकम रिचार्ज गरेको हो सोही बरावरको बोनस रकम दिने घोषणा गरेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई रिचार्ज बराबर बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएपछि उसले...

२४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना पुष्टि

काठमाडौं, १६ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजासर ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

पूर्वाञ्चल विद्या सदनमा स्वास्थ्य शिविर, चार सय बढी विद्यार्थीले गरे स्वास्थ्य परीक्षण

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । स्कुल परिसरमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा ४ सय...

१६ एसएसपीकाे सरुवा र १९ काे पदस्थापन

काठमाडौं, १८ वैशाख- नेपाल प्रहरीका १६ एसएसपीको सरूवा गरिएको छ । साथै, आज नै १९ एसएसपीको पदस्थापन पनि भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकले १७ वैशाखदेखि लागू...

राष्ट्रियसभामा कांग्रेसको अवरोध

काठमाडौं, फागुन ८–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको राष्ट्रियसभा बैठकमा अवरोध गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले सदनमा अवरोध गरेको हो । कांग्रेसको...

नेपाल अग्रवाल युवा मञ्चले मनायो स्थापना दिवश

विराटनगर । नेपाल अग्रवाल युवा मञ्च विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरि ३० र्औ स्थापाना दिवश मनाएको छ । मञ्चले आज आइतबार विराटेश्वर विद्धाआश्रममा रहेको विद्ध–विद्धाहरुलाई विहानको भोजन गराएको थियो । सोही अवसरमा विराटेश्वर विद्धाआश्रमका अध्यक्ष...

अरनिको कलेजद्धारा विद्यार्थी विदाइ

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विद्यार्थीहरुलाइ विधाई गरेको छ । कलेज परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको हो । कलेजमा अध्यनरत करिव ८ सय ५०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्