फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

 न्यूज विराट
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुईका दरले वृद्धि गरेको हो ।

मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६७ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटरर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा छ । अर्धमासिक रूपमा करिब ८६ करोड ७८ लाख घाटा नै रहने छ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवसथापन गरिनेछ । मूल्य समायोजनपश्चात् पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ २९ पैसा र डिजल प्रतिलिटर ४१ रुपैयाँ ४३ पैसाले नेपालतर्फ सस्तो रहेको निगमका प्रवक्ता उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि पनि २८ माघमा आयाल निगमले पेट्रोल र डिजेल/मट्टीतेलमा २ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य बढाएको थियो ।

सम्बन्धित समाचार

सनसिटीका २ कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं, ११ वैशाख-पाटन अस्पतालमा उपचार गराई रहेका सनसिटी अपार्टमेन्टका २ जना घर फर्किएका छन् । उनीहरू संक्रमण मुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उक्त अपार्टमेन्टमा बस्ने एकै...

प्रदेश १ मा ३५७ संक्रमणमुक्त, २०३ संक्रमित थपिए

विराटनगर, २७ असार । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७३१ पुगेको छ ।...

अध्यादेबाट बजेट ल्याउन प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर । अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउन प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको छ ।बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुनेगरि...

एमाले सांसदहरुद्वारा १४ जनालाई पदमुक्त गर्न सभामुखलाई दबाब

काठमाडौं, ४ भदौ । सदीय दलको ह्वीप उल्लंघन गरेको अभियोगमा निष्कासनमा परेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न एमालेले आज पनि सभामुख अग्नि सापकोटालाई दबाब दिदैछ । आज कार्यालय समय शुरु हुनासाथ...

स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने उत्तम कार्की थुनामुक्त

काठमाडौं, ८ जेठ-स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने चन्द्रगिरिका उत्तम कार्की थुनामुक्त भएका छन् । जेठ ४ गते स्वास्थकर्मीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । अदालतले गम्भीर अपराधको मुद्दाबाहेक सामान्य सार्वजनिक अपराध मुद्दामा...

अस्पतालबाट शिशु गायब प्रकरण , डाक्टर कर्ण र बच्चाको बावुविरुद्ध ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ म्याद थप

विराटनगर । विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा एकदिनकोे नवजात शिशु हराएपछि पक्राउ परेका उपचारमा संलग्न चिकित्सकसहित दुई जनालाई प्रहरीले म्याद थप गरेर अनुसन्धान सुरू गरेको छ । पक्राउ परेका उपचारमा संलग्न स्त्री तथा प्रसूती रोग विशेषज्ञ विराटनगरका...

कर्णाली प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिए । प्रतिष्ठानको लक्ष्य...

भारतका दुई खोपलाई कोरोनाविरुद्ध आपतकालीन प्रयोगका लागि अनुमति

एजेन्सी, १९ पुस-भारतमा बनाइएका कोरोना भाइरसविरुद्धका दुईवटा खोप प्रयोगका लागि अनुमति दिइएको छ । भारत बायोटेकको कोभ्याक्सिन र सिरम इन्स्टिच्युटको कोभिशिल्डलाई आपतकालीन प्रयोगका लागि ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले स्वीकृति दिएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्