ग्रामथानको उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा, शनिबार बिहान ७ बजेदेखि मतदान
शनिबार, १५ मंसिर, २०८१,
न्यूज विराट
विराटनगर । मंसिर १६ गते हुने मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको सबै तयारी सकिएको छ । उपनिर्वाचनअन्तर्गत भोलि मतदान गर्ने दिन हो । सबै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका भोली हुने उपनिर्वाचनका लागि १२ वटा मतदानस्थ र २९ वटा मतदान केन्द्र कायम गरिएको छ । जसमा ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।
संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको प्रजिअ भट्टराईले बताए । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिले अनुसार उपनिर्वाचनको सुरक्षाका लागि ग्रामथानमा डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । समग्र निर्वाचन सुरक्षालाई लक्षित गरेर मोरङ प्रहरीका डीएसपी मदन केसीको नेतृत्वमा टोली खटाइएको हो ।
मतदानस्थलमध्ये संवेदनशीलमा प्रहरी निरीक्षक सामान्यमा वरिष्ठ सइ र सइको नेतृत्वमा प्रहरी परिचालन हुने एसपी चिमरियाको भनाइ छ । उनका अनुसार मतदानका दिन सिनियर प्रहरी अधिकृतको नेतृत्वमा ४ वटा मोबाइल गस्ती परिचालन गरिने छ । त्यसबाहेक रिजर्ब र स्ट्राइकिङ टोली पनि रहने जानकारी एसपी चिमरियाले दिए ।
उनका अनुसार उपनिर्वाचनलाई लक्षित गरेर सूचना संकलन गर्ने तथा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको छ। अध्यक्षमा विभिन्न दलका १५ र स्वतन्त्र १ सहित गरेर १६ जनाको उम्मेदवारी परेको छ । चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दल नै सुरक्षाको प्रमुख चुनौतीका रूपमा देखा परेको सुरक्षा विश्लेषण छ ।
स्थानीय तह उपनिर्वाचन, २०८१ ग्रामथान गाउँपालिका एकीकृत सुरक्षा योजना बनेको छ। मतदाता, मतदानस्थल, मतपेटिकाको सुरक्षादेखि मतपेटिकाको ढुवानी, मतगणनास्थल र विजय जुलुससम्मलाई लक्षित गरेर रणनीतिक हिसाबले सुरक्षा योजना बनाइएको छ ।
ग्रामथानको अध्यक्षमा १५ जना पाटी र १ जना स्वतन्त्र गरि १६ जनाले उम्मेदवारी दिएका छन् । १६ जनाले उम्मेदवारी दिएपनि तीन राजनैतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार र नेकपा माओवादी केन्द्रबाट नमोनारायण माझीबीच प्रतिस्पर्धा हुने देखिएको हो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट नवीनकुमार विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट दिनेशकुमार थन्दार, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाबाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।
२०७९ को निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । असार ३ गते उनको निधन भयो । रिक्त रहेको अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) परीक्षणको दायरा बढाउन आग्रह गरेको छ । कांग्रेसले छिमेकी राष्ट्र चीनको सफलताबाट पाठ सिकेर अन्य देशको झैँ व्ययावहको स्थितिको प्रतीक्षा नगर्न आग्रह गरेको छ । कैलालीका एक...
विराटनगर, ३० माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा १२७ जनामा...
विराटनगर । नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ बिराटनगर ईकाईले एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा पहिलोपटक संघले आफ्ना सदस्यहरुको लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । संघले औषधि प्रतिनिधि एमआर पेशासंग...
विराटनगर । नेपाल खेलकुद महासंघ (नेकोस)राष्ट्रिय आईटीएफ तेक्वान्दो संघ भोजपुरको अध्यक्षमा मानबहादुर खत्री निर्वाचित भएका छन् । भोजपुरको षडानन्द नगरपालिकामा सम्पन्न भएको नेपाल खेलकुद महासंघ (नेकोस)राष्ट्रिय आईटीएफ तेक्वान्दो संघ भोजपुरको प्रथम सम्मेलनले खत्रीलाई अध्यक्षमा निर्विरोध...
काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक ९एसपी०हरू र १२० जना नायव प्रहरी उपरीक्षा ९डीएसपी०हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा...
काठमाडौं, १ भदौ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सर्कुलरको आधारमा आजेखि मुलुकभर स्मार्ट लकडाउनको कार्यविधि लागू भएको छ । यही कार्यविधिको आधारमा जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय निकायहरुमा स्मार्ट लकडाउनको आदेश लागू गर्न सक्नेछन् ।...
विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण मावि फाइनलमा पुगेको छ । विराटनगरमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इटहरीको सहिद...